नेपाली काँग्रेस क्यालिफोर्निया दाङ सम्पर्क समिति गठन

अमेरिकी राज्यको क्यालिफोर्नियामा नेपाली काँग्रेस क्यालिफोर्निया दाङ सम्पर्क समिति गठन गरिएको छ ।


नेपाली काँग्रेसका दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगी काे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले अमेरिकी राज्यको क्यालिफोर्नियामा हाल बसाेबास गर्दै आउनुभएका शान्तिनगर गाउँपालीका वडा नम्बर २ सिम सुन्दरपुर का नेपाली काँग्रेसका युवा नेता डिल्लीराज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।


समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सुनिल अधिकारी ,सचिव रविन भण्डारी ,काेषाध्यक्ष देव बहादुर वलि,सह सचिव धुर्ब विश्वकर्मा र सदस्यहरुमा गिरिराज बुढाथोकी ,दुर्गा घर्ती ,शंकर खड्का ,जित बहादुर सुनार ,कुशल राणा ,सन्ताेष गिरी र दिपक केसी रहनुभएकाे छ ।
त्यसैगरी भेलाले ५सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।समितिका सल्लाहकारहरुमा बेग बहादुर हमाल(शुरेस),बल बहादुर केसी ,युवराज कँडेल ,रुक प्रसाद पुलामी रहनुभएकाे छ ।


सम्पर्क समितिले आवश्यकता अनुसार सदस्य थप गर्न सकिने निर्णय गरेको छ ।


पार्टी संगठन बिस्तार एंव सुदृढीकरण गर्ने उदेश्यका साथ गठित कार्यसमितिले आगामी दिनमा अमेरिकामा रहनुभएका नेपाली काँग्रेस प्रती आस्थावान व्यक्तिहरु बिच एकता कायम गर्ने कुरामा बिश्वास ब्यक्त गरेको छ ।