भुवन पोख्रेल
सबै जातजाति भाषा, संस्कृति, धर्म मिलेर बस्ने नेपाली समाजको विशेषता हो । विविधता एकता आजको देशको आवश्यकता हो । सदियौँ देखिको नेपालको धार्मिक सहिष्णुता विश्वमा उदाहरणीय बनेको छ । देशको सद्भावलाई सबै तह तप्काका व्यक्तिहरु एकजुट भई सद्भाव भट्कन दिनु हुँदैन । धर्म, संस्कृति हाम्रा पहिचान हुन् । समाजका धरोहर हुन् । यसको संरक्षण, संवर्धन, विकास र हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।
हामी नेपाली बहुभूमिका नागरिक भएको हुनाले विश्वभर शान्तिको विगुल फुक्नुपर्छ अझ यो बहुभूमि साम्प्रँदायिक दंगा, आगजनी, तोडफोड, हिंसा, हस्या शोभनीय कदापी हुँदैन । हालैका दिनामा तराई मुलुकमा नेपालमा हिन्दु, मुस्लिम धार्मिक सम्प्रदायबिच झड्का हत्या, हिंसा जस्ता अराजक गतिविधि देश नै स्तब्ध बनेको छ । हरेक घटनालाई राजनीतीकरण गर्ने नेपालको पहिले कै प्रवृति हो । वास्तवमा यस्ता घटनाहरु दोहरिन नदिन सरोकारवाला पक्ष गम्भीर भएर सोच्न ढिला भइसकेको छ ।
गौतम बुद्धको देश भनेर शान्ति सुरक्षा आफै हुने होइन यसमा सुरक्षा निकाय, सुरक्षा संयन्त्रत्र बलियो बनेर बस्नुपर्छ । द्वन्द्व जतिबेला पनि भड्कन सक्छ यसलाई सामान्य आंकल गर्नु भनेको परिस्थिति अनुसार चल्न नसक्नु हो । सामान्य अवस्थामा राज्य सञ्चालन गर्न सजिलो हुन्छ । जब परिस्थिति जटिल मोडमा पुग्छ त्यस्तो अवस्थामा राज्य सत्ता र आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न सरकार अहोरात्र खट्नुपर्छ । तनाव र द्वन्द्व न्यूनीकरणका लागि संयम र उत्तरदायी भूमिकामा नागरिक र राज्य एकजुट भई अघि बढ्नुपर्छ ।
समाजमा सुरक्षा र सद्भावको अभिवृद्धि गर्ने काम सरकारको पहिलो प्राथमिकताको सूचीमा पर्नुपर्छ । सरकारको एकल प्रयासबाट सम्भव नभए सर्वद.लीय र सर्वपक्षीयसंवाद, छलफल र बहस थाल्नुपर्छ । सुनसरीको देवानगञ्जमा भएको हिन्दु, मुस्लिम बिचको साम्प्रादायिक झडप र त्यसबाट सृजित तनावले मुलुकका अन्य क्षेत्र पनि आक्रोशित भिड र द्वन्द्वले अशान्त भएका छन् । यसरी द्वन्द्वको स्थिति र मुडभेडको स्थितिबाट शान्ति सुरक्षा प्रदान वा स्थिति थप बिग्रन नदिन सरकार, राजनीतिक दल, नागरिक समाज, मिडिया, कलाकार, स्थानीय संघसंस्थाको संयमितता र विवेकपूर्ण
अग्रसरता तत्काल देखाउनु पर्ने आवश्यकता पर्दछ । सद्दाव र सहअस्तित्व जोगाउन सबै पक्ष जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्छ । मुलुकको दक्षिणी तराई भेगमा दुई पक्ष हिन्दु, मुस्लिमबिच झडप, आगजनी र र तोडफोडका घटनाले अशान्ति, डर, त्रास बढेको छ । तीनजना युवाको ज्यान जानु र कयौँ युवाहरु घाइते हुनु अत्यन्त दुःखद् घटना हो । परिस्थितिलाई काबु बाहिर गएपछि गम्भीर क्षति नहोला भन्न सकिँदैन । डिलै भए पनि प्रधानमन्त्री बालेन्द्र शाहले देशबासीका नाममा संयम, शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।
नेपाली समाज आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भाषिक र धार्मिक विविधता भएको मुलुक हो । विविधतामा एकता भएको समाज हो, विविधतामा पनि एकतार सद्भाव कायम हुनु नेपाली समाजको विशेषता हो । यसलाई जीवन्तता कायम गर्न नेपाली नागरिक सहिष्णुताको उदाहरणी बन्नुपर्छ । यो विविधा र सामाजिक विशेषतालाई मर्म र शक्ति मानेर जीवन्त तुल्याउनु र पुस्ता अन्तरण गर्नु हामी सबै नेपाली समाजको नागरिकको दायित्व हो । यदि तनाव बढ्दै गयो भने हामी भोलिको पुस्ताले शान्तपूर्वक धर्ती बाच्न नपाउने लज्जा र संशयपूर्ण अवस्थातर्फ धकेलिनुपर्छ ।
राजनीतिक माग पूरा गर्न र सत्ता परिवर्तन गर्नका लागि मुलुक राप, ताप, झडपको स्थ्तििबाट भर्खरै बामे सर्दैछ । मुलुकलाई पटक–पटक स्वार्थ समूहको झुण्डमा पारेर खरानीको थुप्रो बनाउँदाको स्थ्तिि अब नागरिकले थेग्न सक्दैनन् । कहिले जातका नाममाm कहिले धर्मका नाममा, कहिले प्रान्तका नाममा आन्दोलित हुनु अब शोभनीय ठहरिँदैन । मुलुकले पटक–पटक राजनीतिक व्यवस्था परिवर्तनका आन्दोलनका लप्का झलेर आहत बनेको छ । हामी नागरिक कहिले राजनीतिक आँडमा, कहिले धर्मको आँडमा त कहिले जातको आँडमा राजनीति ग¥यो तर यस्ता कुकार्यले समग्र देश र जनताको भलाई कदापी गरेनन् । केवल स्वार्थ समूहले मात्र लाभ लिए । अब हामी जनता एक ढिक्का भएर देश र नागरिकका पक्षमा लाग्नुपर्छ । फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ ।
नेपालका तराई क्षेत्रमा हिंसा भड्किरहँदा त्यहाँबाट निर्वाचित राजनीतिक दलका जनप्रतिनिधि काठमाडौँको संसद भवनमा बसेर हुँदैनथ्यो । उनीहरुलाई विश्वास गरेर त्यहाँ जनताले चुनावमा जिताएका थिए । जनमतको सम्मान गर्दै आफ्नो सक्रियता उक्त क्षेत्रमा बढाएको भए दायित्वबोध गरेको ठहर्दथ्यो । उनीहरुले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई अपिल गर्न चुकेको देखियो । यस्तो काबु बाहिर जान लागेको परिस्थितिमा त्यहाँका नागरिकलाई सम्हाल्न, संयमित र धैर्यता कायम गराउन शक्ति भएको जनप्रतिनिध पो वास्तविक जनप्रिय प्रतिनिधि हो ।
सद्भाव भड्कियो ठाउँ वा देशभरीका जिल्लाहरुमा नागरिकबिच सद्भाव र सहअस्तित्व कायम राख्न, वातावरण शान्तिपूर्ण बनाउन सद्भाव ¥याली निकाल्नुपर्छ । विगतमा बाँके, कपिलवस्तुतिर भड्किँदा तनाव कम गर्न सद्भा ¥याली निकालिएको थियो र द्वन्द्व पनि नियन्त्रणमा आएको थियो ।
देश यस्तो मुडभेडको परिस्थितिमा गुज्रिरहेको अवस्थामा सरकारले शंकास्पल गतिविधि गर्ने अफवाह फैलाउने, सामाजिक सञ्जालमा गलत सूचना संप्रेषण गर्ने, हिंसा भड्काउनेलाई निगरानी राखेर सजायको व्यवस्था गर्नुपर्छ । केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य, सहजीकरण र सहअस्तित्वको रणनीति चाल्नुपर्छ । राजनीतिक र अन्य उद्देश्य प्राप्तिका लागि देशलाई तनावग्रस्त र अस्थिर बनाउन खोज्ने योजनाकारसँग सरकार सचेत बन्नुपर्छ । व्यक्तिका अनेकौँ पहिचान हुन्छन्, अशान्ति र हिंसाबाट कुनै पहिचान स्थापित गर्न खोज्नु कुत्सित मानसिकताको उपज हो ।
नेपालमा राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार १० प्रकारका धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । हिन्दु ८११९ प्रतिशत, बौद्ध ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किरात ३.१७ प्रतिशत, क्रिश्चियन १.७६ प्रतिशत, प्रकृति ०.३५ प्रतिशत, बोन ०..२३ प्रतिशत, जन ०.०१ प्रतिशत, सिख ०.०१ प्रतिशत र बहाई ५३७ जना छन् । नेपालमा धर्मले विभिन्न समूह र विश्वासलाई समेट्छ । नेपाल धर्म निरपेक्ष राष्ट्र हो । नेपालको संविधानमा धर्म निरपेक्षता छ ।
नेपालको संविधानको मौलिक हकको धारा २६ मा धार्मिक स्वतन्त्रताको हक उल्लेख छ । मानव जीवनमा आन्तरिक अनुशासन कायम गर्न धर्मले लगाम लगाउँछ । धार्मिक स्वतन्त्रता भनेको प्रत्येक व्यक्तिको आफ्नो इच्छा अनुसार कुनै पनि धर्म रोज्ने, मान्ने, अभ्यास गर्ने र परिवर्तन गर्ने मौलिक अधिकार हो । यसमा कसैको दबाबबिना आफ्ना धार्मिक आस्था र संस्कार पालना गर्न पाउने छुट हुन्छ ।
नेपाल धर्म निरपेक्ष राष्ट्र हो । धर्म निरपेक्ष राष्ट्र भन्नाले धर्मका बारेमा राज्य अलग रहनु वा राज्यको काममा कुनै धर्मको प्रभाव पर्न नदिनु भन्ने बुझिन्छ । नेपाल सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्ने माग देशको अन्तर्राष्ट्रिय पहिचानसँग सम्बन्धित छ । नेपाल सनातनी हिन्दुहरुको यो तपोभूमि नै हो । यहाँ हिन्दु धर्मका धार्मिक पवित्र स्थल पशुपतिनाथ, मुक्तिनाथ लगायतका अवस्थित छन् ।
यहाँ कसैले हिन्दु धर्ममाथि बन्देज गर्ने कल्पना पनि गर्नु हुँदैन अन्य धर्मालम्वीहरु पनि आफ्नो धर्म अभ्यास गर्न स्वतन्त्र छन्, यस्तो परिस्थितिमा धर्मको आडमा कुनै पनि धार्मिक सप्रदायले हिंसा भड्काउनु हुँदैन । सबै धर्मको सार, करुणा, दया, शान्ति र मानव जातिको भलाई नै हो भन्ने मूल मर्मलाई कुनै पनि धर्मालम्वीले आत्मसात् गर्न सक्ने हो भने यस्ता झडपका घटना घट्न पाउँदैनन् ।
धर्म निरपेक्ष हुनु भनेको आफ्नो धर्म मान्नु हो, धर्मका नाममा घृणा फैलाउनु, मारकाट गर्नु, अरुलाई दुःख दिनु, सताउनु, अपमानित गर्नु कदापी होइन । नेपाल धार्मिक र धर्म निरपेक्षा दुई किसिमको अतिवादमा फस्दै गएको देखिन्छ । यही अतिवादको उदाहरण मधेशमा हिन्दु, मुस्लिम दंगाको दलदलमा नागरिक फसिरहेका छन् ।
सर्लाही, जनकपुर, विरगञ्ज, नेपालगञ्ज जस्ता तराई मुलुकमा चाडपर्वका नाममा वा व्यक्तिगत रिसइवीलाई अर्को समूहसँग जुधाउने वा भिडाउने प्पञ्च रचिएको छ । मधेशलाई हिन्दु घृणाको रंगले पोतेर हिन्दु अतिवादसँगै भारतमा झै नेपालमा हिन्दु राष्ट्रवाद कायम गर्ने सोचले पनि भिडन्त भएको हुनसक्छ । धार्मिक अतिवाद हिन्दु, मुस्लिम, क्रिश्चियन लगायत कुनै पनि धर्मका लागि हितकर छैन । कुनै पनि अतिवादबाट नेपाललाई जोगाउनु पर्ने आजको आवश्यकता हो ।
धार्मिक हुनु भनेको आफ्नो आस्थाअनुसार आफ्ना आराध्य देवप्रतिको भक्तिभाव व्यक्तिगत रुपमा घरमा मठमन्दिरमा, मस्तिदमा, गिर्जाघरमा वा चर्चमा गएर व्यक्त गर्नु हो । सो आस्था अनुसार आफ्नो परिवार, समुदायलाई व्यवस्थित पार्नु हो । नेपाल अहिले आन्तरिक होस् वा बाह्य उक्साहटमा मन्दिर, मस्जिद र चर्च बिचको लडाई गर्दै आफ्नै नागरिकबिच काटमार र मुडमडेको स्थितिमा धकेलिँदै छ । यसलाई विडम्बना ठान्नुपर्छ । त्यही हिंसा भट्काउने वा उक्साउने उत्तेजक व्यक्रि समूह कुन–कुन हुन् तीनको पहिचान गर्न र कारबाही गर्न जरुरी छ । आफ्नो पहिचानभन्दा भिन्न पहिचान भएकालाई पराही ठान्ने, व्यक्तिगत वा सामूहिकरुपमा क्षति पु¥याउने, दुःख दिने सर्किण मानसिकता हट्नुपर्छ ।
घृणार पूर्वाग्रह फैलाएर राजनीतिक लाभ उठाउने स्वार्थ समूहलाई बेलैमा पहिचान गर्न सक्नुपर्छ । सङ्लो पानीलाई धमिलो पारेर आफ्नो राजनीतिक स्वार्थ सिघ गर्न खोज्ने व्यक्तिलाई पाखा लगाउन मधेशका जनताहरुले सक्नुपर्छ । खुला सीमानाका कारण मधेशमा कहिले हिन्दु धर्मको रक्षा त कहिले मुस्लिम धर्मको रक्षा गर्ने बहानामा धार्मिक द्वन्द्वलाई बढवा गर्ने गरेको देखिन्छ । धर्मको रक्षाका नाममा जस्तो खालका गतिविधि वा मानिसहरुको अग्रसरता देखिन्छ । त्यही वास्तवमा स्वार्थ समूहको झुण्ड हुन भन्ने बुझेर मधेशका नागरिक त्यस्ता गतिविधिबाट अलग भई बच्नुपर्छ ।
आज धार्मिक कहरताका नाममा अर्ध शिक्षित र अर्ध बेरोजगार युवाहरुलाई फेरि अतिवादी शैलीमा सडकमा उतारिएको छ । हिजो मधेश आन्दोलनका नाममा कयौँ युवाले साहदत प्राप्त गरे तैपनि मधेशको अवस्था फेरिएको छैन । धार्मिक अतिवादी कुनै पनि धार्मिक समूहकालाई लाभको विषय होइन, यो त समस्याको विषय हो । ढिलो चाडो यस्ता गतिविधिले पुरै समाजलाई आक्रान्त बनाउने प्रायः निश्चित छ ।
नेपालमा राजनीतिक अभिष्ट पूरा गर्ने स्वार्थ समूहको झुण्ड पनि छ जो मुलुकलाई अस्थिर बनाएर आफ्नो स्वार्थ सिद्ध गर्दछ । धर्म वा पहिचान जोगाउने भ्रममा स्वार्थ समूहको चंगुलमा नपराँै । हाम्रो सबैभन्दा प्यारो पहिचान नेपाली हुनु हो । नेपाल आमाको मुहार फेर्नका लागि हामी नेपाल आमाका सन्तान एकजुट हुने भाइभाइ फुटे गवार लुटे भन्ने नेपाली उखान बिर्सनु हुँदैन । हामी नेपाली नागरिक एकआपसमा द्वन्द्व, काटमार, झडप, आगजनी गर्दा विदेशीले नेपालमा धावा बोल्न सक्छ ।
आन्तरिक कलह र द्वन्द्व राष्ट्रियता कमजोर हुन्छ । राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता र स्वाधिनताको लडाई लड्न परे हामी हातमा हात काँधमा काँध मिलाएर लड्नुपर्छ । धर्म वा पहिचान जोगाउनु भन्दा पहिले राष्ट्र जोगाउन कम्मर कसौँ । भोलि राष्ट्र नरहे हामी नेपाली भनेर कसले चिन्दछ ।
माधव घिमिरेले लेखेको कविता ‘नेपाली हामी रहौला कहाँ नेपाल नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ भन्ने कवितालाई हृदयंगम गर्दै संयम बनौँ । हिमाल, पहाड, तराई कोही छैनौँ पराई सबै नेपाल आमाका सन्तान हौँ । राष्ट्र जलिरहेको देशक्ति कुनै नेपाली हर्न सक्दैनन् । आफ्नै भाइबन्धुको रगतका े खोलो बगाई होली खेल्न कोही स्वाभिमानी नेपालीले चाहदैन । जीवन सङ्घर्षमा परिवार र समाजको ठूलो देन हुन्छ, धर्म वा पहिचान जोगाउने नाममा राष्ट्रले ठूलो क्षति व्यहोर्नु भावी पुस्ताका लागि समेत लज्जाको विषय हो ।
नागरिकले बाटो बिराए भने सही बाटो देखाउने सरकार र राजनीतिक दलको हो । नेतृत्वले आम जनताको मनोविज्ञान बुझ्न जरुरी छ । सुनसरी घटना राज्यको पूर्वतयारी र जिम्मेवारीको परीक्षा हो । कुनै समाज एकैदिनमा विभाजित हुँदैन, एउटा घटनाले मात्र समाजको चरित्र निर्धारण गर्दैन तर केही घटनाले मात्र समाजको चरित्र निर्धारण गर्दैन तर केही घटनाले हाम्रो सामाजिक सहिष्णुता, संस्थागत क्षमता सार्वजनिक संस्कृतिमा भएका कमजोरीलार्इं उजागर गर्दछ ।
समाजको सामान्य विवाद हिंसामा परिणत हुँदा अन्ततः हार समाजकै हुन्छ । सहअस्तित्व र विविधतानै राष्ट्रिय एकताको आधार हो । सामाजिक सद्भाव स्वतः कायम हुँदैन यसलाई जोगाइराख्नुपर्छ । सुनसरीको घटनाबाट सरकारले आत्मसमीक्षा गरी सामाजिक विश्वास कमजोर भयो भने कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन भन्ने पाठ सिक्नुपर्छ ।
राट्रको सुरक्षा केवल सुरक्षाकर्मी तैनाथ गरेर हुँदैन । नागरिक बिचको विश्वास, सहिष्णुता, सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकताबाट मात्र सम्भव छ । विविधतालाई सम्मान गर्न सिक्दा राष्ट्र बलियो हुन्छ । सुनसरीको घटना केवल सामाजिक सञ्जालका भित्ता रङ्ग्याउने विषय होइन । यो त आम नागरिकले पाठ सिकेर राष्ट्रिय एकता र सामाजिक सद्भाव सहयात्राले नै मुलुकको र जनताको साझा भविष्य कोर्न सकिन्छ ।