कांग्रेसभित्रको किचलो

सुभाष न्यौपाने

नेपाली कांग्रेस देशको पुरानो र ठूलो पार्टी हो ।
त्यो लथालिङ्गमा छ अहिले त्यसकै हरिविजोक भयो ।।
कांग्रेस भनेकै पपहिचान विश्वमा प्रजातन्त्र हो ।
युरोप अमेरिकाले बुझ्ने नेपालको डेमोक्रेशी हो ।।
कांग्रेस कै विभान अनुसार सदस्य नभएकाहरु ।
कांग्रेस कब्जा गर्न अझै खोज्दै छन् उनीहरु ।।

नेपाली कांग्रेस आन्दोलनबाट गठन भएको पार्टी हो । नेपाली कांग्रेसले प्रजातन्त्रको निम्ति आन्दोलन र क्रान्ति गरेको राजनैतिक दल भएको कारण पनि यो पार्टी प्रजातन्त्रवादी मानिएको हो । मुलुकमा स्थापित भएको जहानिया शासन जसलाई नेपाली जनताले राणा शासन भनेर चिन्ने गर्छन् । राणाहरुको शासनकाल पारिवारिक शासनकाल थियो । त्यो शासन सत्ता जनताका निमित्त उपयुक्त र आवश्यक थिएन ।

त्यसकै विरोधमा जननायक विपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको अभियानमा रेडियो प्रजातन्त्र स्थापना भएको थियो । सोही रेडियो कै कारण नेपाल नागरिक सचेत र सुसूचित हुँदै गएको पाइन्छ । सचेतना कै कारण नेपाली कांग्रेसले पहिलो आम निर्वाचन २०१५ मा दुई तिहाई बहुममत प्राप्त गर्न सफल भयो । त्यसपछि क्रमश २०४८ को निर्वाचनमा बहुमत सदस्य, सङ्ख्या सदनमा हासिल गर्न सक्यो ।

नेपाली कांग्रेसको आपसी किचलोका कारण नेपाली कांग्रेस २०५१ को मध्यावधि निर्वाचनमार्फत् दोस्रो तहको राजनैतिक दलको स्तरमा ओर्लिक पुग्यो । त्यतिबेला पार्टीका शिर्ष नेताहरु नै नेतृत्वमा थिए । कसैले कसैलाई अरोप लगाउनु उयुक्त हुँदैन । त्यसैले नेपाली कांग्रेस नेतृत्व पंक्तिबाट नै विछ्रिङ खलित हुँदै गएको हुँदा आजको यो अवस्थामा आइपुगेको हो । नेपाली जनताले नेपाली कांग्रेसलाई त्यसै माया गरेका हैनन् । जब–जब कांग्रेसले आफ्नो धर्म छोड्दै जान थाल्यो नेताहरु बिचमा विवाद र टकराव सुरु भयो ।

त्यसपछि नेपाली कांग्रेसप्रति जनताको आकर्षण घट्दै गएको जस्तो पनि देखिन थाल्यो, तैपनि जनताले प्रजातन्त्रको मर्म मान्यता र मायालाई बिर्सेनन् । नेपाली कांग्रेसको इतिहासमा पार्टी गठन गर्ने, पार्टी जोड्ने काम विपी सुवर्ण गणेशमानहरुले जसरी गरे त्यसैगरी अहिलेका इतर समूहमा रहेका नेता भन्नेहरुको इतिहास छैन । यिनीहरु शक्तिमा आएपछि पार्टी फोड्नेमा भन्दा जोड्नेतर्फ कहिले पनि सोँच बुद्धि लगाएनन् । जसको फलस्वरुप नेपाली कांग्रेस फोडेर शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गरेको पनि नेपाली कांग्रेसको इतिहास बोलिरहेको छ ।

विशेष महाधिवेशनको प्रस्ताव महामन्त्रीहरु कै नेतृत्वमा पेस भयो रे ठिक छ । पार्टी सभापतिले म पनि पार्टी कार्यालय मै छुँ दुई महामन्त्रीहरुले पार्टी कार्यालयमा बोलाएर हस्ताक्षर गराउनु भन्ने आदेश गर्न नसकेका हामी संस्थापन पक्ष हाम्रो साठी प्रतिशत भन्ने अभिमान र अहंकार पालेर कांग्रेस कार्यकर्ता र महाधिवेशन प्रतिनिधहरुको अपमान गरेको कारण नै नेपाली कांग्रेसभित्र आजको अवस्था सिर्जना भएको हो । नेपाली कांग्रेस सत्ता र शक्तिमा गइसकेपछि नेताका पछि लाग्नेहरु कमाऔँ र खाऔँ भन्नेतर्फ उन्मुख भए ।

जनता कार्यकर्ताप्रति नेताहरुे दृष्टि दिन सकेनन् । जसको कारण कांग्रेसले दोस्रो विशेष महाधिवेशन बोलाउनु परेको र सम्पन्न गर्नु परेको हो । हिजो आफूलाई संस्थापन भनेर इतर पक्षलाई हेप्नेहरु आफ्नै बुद्धि, विवेक नपुग्नाको कारण इतर पक्षमा जानु परेको हो । साच्चै भन्ने हो भने नेपाली कांग्रेसको सदस्य समेत नभएकाहरु इतर हैनन् । उनीहरु त विपक्षी हुन् । व्यक्ति स्वीकार्ने कि विधान स्वीकार्ने ? यति पनि ख्याल नगरेर हिड्नेलाई नेपाली कांग्रेसमा नेता मान्नु पर्ने ? गोपालमान श्रेष्ठ वरिष्ठ नेता भएर गए नेपाली कांग्रेस उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्छ ।

त्यस्तै हिजोका हामी साठी प्रतिशत भनेर म पाई गर्नेहरु कोही कसैको देहावसान भयो भने श्रद्धाञ्जली, समवेदना प्रकट गरिनछ तर त्यहाँ हिजोका भन्ने शब्द प्रकट गर्नुपर्छ । उहाँहरु विशेष महाधिवेशन पश्चात नेपाली कांग्रेसको सदस्यता अध्यावधिक नगरेका कारण नेपाली कांग्रेसको नेता मानिँदैन । नेपाली कांग्रेसको सदस्यता अध्यावधिक नगरिकन नेपाली कांग्रेसमा विद्रोह र सङ्घर्ष हुन सक्दैन । नेपाली कांग्रेस स्थापना र गठन सँगसँगै होडबाजी र तिगडमसँगै द्वन्द्व पनि सुरु नभएको हैन । उतिबेलाको द्वन्द्व प्रतिस्पर्धामा हुन्थ्यो र स्वस्थ हुन्थ्यो । तर अहिलेको द्वन्द्व अस्वस्थतामा आधारित छ अमर्यादित छ त्यसैले आजको अस्वस्थ छ ।

कुनै पनि राजनैतिक दलमा विद्रोह र सङ्घर्ष गर्नलाई त्यो दलको सदस्य बन्नैपर्छ । अहिले कांग्रेसको विद्रोही पक्षको अवस्था त्यस्तै छ । जसले कांग्रेसको सदस्यता नवीकरण वा अध्यावधिक गरेको छैन । त्यसैले आफूलाई कांग्रेसको ठूलो नेता बताउन वा बनाउन खोज्छ । व्यक्ति सबैले सबैलाई चिनेका छन् तर यो प्रवृतिको कुरा हो । पहिले आफू अनुशासनमा बसेपछि अरुलाई अनुशासनको पाठ पठाउन पाइन्छ, सकिन्छ । आफूले विधान अनुसार काम र कर्म नगर्ने अरुलाई विधाव पठाउने ? नेपाली कांग्रेस भनेपछि नेपालमा डेमोक्रेशी बुझ्छ, अन्तर राष्ट्रले ।

अधिनायकवादीका पछि लागेर विश्वको प्रजातन्त्रलाई कब्जामा लिएर मास्ने अनि प्रजातन्त्रको व्याख्या गर्ने ? त्योत प्रजातन्त्रको नाममा उजागर गरिएको अधिनायकवाद हो । जसले कांग्रेसको नाममा वा गरिम वा गरिम भने उनीहरु नै नेपाली कांग्रेस र प्रजातन्त्रका निमित्त घातक हुन उनीहरु सकेसम्म आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छन् । स्वस्थ प्रतिस्पर्धा न त गर्न सक्छन् न त गर्न चाहन्छन् । रुख र चार तारा नेपाली कांग्रेसको पशिचान हो । यसले आफ्नो प्राकृतिक न्यायिक र सामाजिक र धार्मिक पहिचान समेत दिएको छ ।

यदि वर्तमान नेतृत्व पनि अधिनायकवादी तथा जनविरोधी प्रवृत्तिको रुपमा आफूलाई अभ्याउन कम्सियो भने जनताले यसलाई पनि नकार्ने छन् । जनताबाट तिरस्कृत हुनेछन् । राम्रोसँग गुलाम र दलाल नभएर काम गरे, नेपाली जनताले फेरि नेपाली कांग्रेसलाई रोज्ने छन्, म त दिनेछन् । त्यसैले हरेक राजनैतिक दलमा अस्वीकारको प्रवृत्ति भनेको घातक हो । राजनीतिमा स्वार्थ प्रतिस्पर्धा हुनु जरुरी छ, गर्नु पनि पर्छ । वर्तमान सन्दर्भमा अधिनायकवादीहरु एककृति हुँदैछन् । एक हुँदै छन् त्यो पनि विश्वमा नेपालमै होला । यस्तो परिस्थितिमा नेपालमा नेपाली कांग्रेस हरेक आन्दोलनको नेतृत्वकर्ता हो, त्यो पार्टी किम कर्तव्य विमुढ भएर विचलित अवस्थामा छ, त्यति मात्रै कहाँ होर नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको लागि सदस्य नभएकाहरु समेत विद्रोहको नेतृत्व गरेर आइरहेका छन्, लाजै छैन ।