गुरु पूर्णिमामा हिन्दू विद्यापीठमा विशेष कार्यक्रम

दाङ,१३ साउन । हिन्दू विद्यापीठ नेपाल घोराही दाङले गुरुपुर्णिमाका अबसरमा विशेष कार्यक्रम गरेको छ । विद्यालयका प्रधानाध्यापक पिताम्बर रिजालको सभापतित्व तथा प्रबन्ध निर्देशक डा भोलानाथ योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी बक्ताले बालबालिकाले किताबी ज्ञानसँगै आफ्नो संस्कार र संस्कृती बुझ्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

गुरु पूर्णीमा जस्ता चाडपर्वले मान्यजन तथा गुरुप्रति सम्मान गर्न सिकाउने भन्दै सहभागीले बालबालिकालाई अनुशासित बन्न आग्रह गरेका थिए । त्यस अबसरमा गुरुसंग सम्बन्धि कविता प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा विभुती गौतम प्रथम, आरध्या न्यौपाने द्वितीय र प्रभा बेल्बासे तृतीय भएका थिए ।

प्रतियोगिताको निर्णायकमा शिक्षक खडग शर्मा र सरस्वती वली रहेका थिए । कार्यक्रममा विद्यालयका संयोजक मधुसूदन पन्त,परीक्षा कोर्डिनेटर बामदेव पोख्रेल, शिक्षक केशव खडका, निमा बुढाथोकी, पुष्पा रावत, आकाश अधिकारीलगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको संचालन कक्षा ९ का विद्यार्थी सुहाना बिक र शिशिर केसीले गरेका थिए ।