तुलसीपुर, १३ साउन । प्रतिनिधि सभा सदस्य कमल सुवेदीले आँखा उपचार सेवालाई प्रभावकारी बनाउ आफुले सहयोग गर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत राप्ती आँखा अस्पतालमा गरेको स्वागत सम्मान तथा आँखा स्वास्थ्य सम्वन्धि छलफल कार्यक्रममा सो कुरा बताएका हुन ।
सुवेदीले कहिले काहि जाँदा जान्दै बुझदा बुझदै पनि आँखामा समस्या आउने गरेको भन्दै समयमै उपचार आवश्यक पर्ने बताए । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले उत्कृष्ट सेवा प्रवाह गदै आएको बताए । उनले राप्ती आँखा अस्पताल लगायतका अन्य आँखा अस्पतालको सेवा पनि उत्कृष्ट रहेको भन्दै यसको विकास र विस्तारमा आफुवाट हुन सक्ने सवै सहयोग हुने बताए ।
“ तपाईहरुले दृष्टिविहिन्ता न्यूनिकरणका लागि तपाईहरुले लिएको लक्ष्य उद्देश्य भावि योजना राम्रो छ यसमा हामीहरुले गर्न सक्ने सहयोग हामी बाट हुने छ – सुवेदीले भने ।’ उनले यस्ता सेवा मुखि संस्थाहरुको विकास विस्तारमा आफ्नो क्षेत्रबाट पनि सहयोग रहने बताए । नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा सांसद सुवेदीले अस्पतालको विस्तृत योजना अनुसार आफ्नो क्षेत्रबाट हुन सक्ने सवै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्तगरे ।
‘अस्पतालको विकास विस्तारका लागि राम्रो गुरुयोजना बाउनुभएको रहेछ जानकारी पाए त्यसमा के सहयोग गर्नुपर्छ गर्न तयारछु’, उनले भने । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको भावि योजना, हाल सम्म दिएका सेवाको बारेका जानकारी गराएका थिए । डा. थापाले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतका अस्पतालहरुले दिएका सेवा र विभिन्न दातृनिकाय स्थानीय पालिका र सरकार संगको साझेदारी र दृष्टिविहिन्ता न्यूनिकरणका लागि स्थापना काल देखि हाल सम्मका गतिविधि र भावि योजनाको लक्ष्य उद्धेश्यको विषयमा जानकारी गराएका थिए । उनले राप्ती आँखा अस्पतालको करिव ६५ करोडको भावि योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखा सभापति कृष्णकुमार गिरीले आँखा अस्पतालको विकासका विस्तारका लागि आफुहरु लागेको बताए । उनले नेपाल नेत्रज्योति संघ गैरनाफामुलक सेवा मुखि संस्थाले हुने संग लिने र नहुनेलाई सेवा दिने गरेको बताए । गिरीले नेपालभरी सर्वसुल्भ आँखा स्वास्थ्य सेवा प्रवाह गरि सरकारको दायित्व पुरा गरि रहेको बताए । उनले प्रदेश केन्द्र सरकारले थोरै सहयोग गरेको भन्दै अझै थप सहयोग आवश्यक रहेको बताए । त्यस्तै युवा नेता तथा अफिनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष हरि रिजालले राप्ती आँखा अस्पलाले यस क्षेत्रका जनतालाई गुणस्तरीय आँखा स्वाथ्य सेवा दिएको भन्दै अस्पतालको सेवा उत्कृष्ट रहेको बताएका थिए ।
सो अवसरमा दाङ क्षेत्र नं. ३ बाट रास्वपा पार्टि बाट निर्वाचित सांसद सुवेदीलाई रेटिना सेवा विस्तारका लागि आवश्यक सहयोगका लागि मागपत्र समेत बुझाएको थियो । स्वागत कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका सह–सचिव प्रणवकुमार खड्का, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतम संघका सदस्य ताराप्रसाद पोख्रेल, राप्ती आँखा अस्पतालका मेसु सहायक प्रा.डा रन्जितकुमार साह, वरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्मा, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगमन तथा मूल्याङकन अधिकृत सालिकराम गौतम, वरिष्ठ दृष्टि विशेषज्ञ ओम यादवलगायतका कर्मचारीहरुले बधाईज्ञापन गरेका थिए ।