मार्क कलेजका विद्यार्थीद्वारा गुरुलाई गमलासहितको फूल उपहार

दाङ, १३ साउन । दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज बुधबार ब्यास जयन्ती तथा गुरु पूर्णिमा विशेष कार्यक्रम गरिएको छ ।

कलेजमा बिबिएस तहमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले गुरुहरुलाई टीका लगाइनुका साथै उपहार दिएर सम्मान गरेका थिए ।सो अवसरमा विद्यार्थीले गुरुलाई गमला सहितको फूल उपहार दिएका थिए । साथै गुरुहरुले पनि विद्यार्थीहरु आर्शिवादका साथै जीवनमा प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।

आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने गुरु पूर्णिमामा आफ्ना गुरु, शिक्षक, आमा–बुबा तथा ज्ञान दिने सबै व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने चलन अनुसार कलेजमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने विद्यार्थी हरुले गुरुले अज्ञानरूपी अन्धकार हटाई ज्ञानको उज्यालो दिनु भएको र आफूहरु गुरुहरुप्रती सदैव ॠणि भएको धारणा राखेका थिए ।महर्षि वेदव्यास को जन्मजयन्तीका रूपमा पनि यो दिन लाई यसलाई व्यास पूर्णिमा पनि भनिन्छ ।

क्याम्पस प्रमुख लालमणी बसेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमका बिशिस्ट अतिथी कलेजका पूर्व प्रमुख बामदेव लामिछाने, रिसर्च कोर्डिनेटर प्राध्यापक नौलाबहादुर खड्का, कलेजका कोर्डिनेटर प्राध्यापक कृष्ण केसी, प्राध्यापकहरु पृयवर्त आचार्य, यज्ञ केसी, सन्दिप न्यौपाने,हेमराज शर्मा, तिलक पाण्डेय, नवीन कुमार गौतम, सुरज गुप्ता, विद्यार्थीहरु भूपेश खड्का, शर्मिला बुढाथोकी,स्मारिका कार्की,आर्यन घिमिरे,अनिल बिक, बिपना रिजाल मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरु ूगुरु बिना ज्ञान सम्भव हुँदैन, गुरुले जीवनलाई सही बाटो देखाउनुहुन्छ, त्यसैले गुरु पूर्णिमा गुरुहरूको सम्मान, कृतज्ञता र आशीर्वाद प्राप्त गर्ने पवित्र पर्व हो भन्ने सन्देश समेटिएका गीत, कविता,गजल प्रस्तुत गरेका थिए । बिबिएस र एमबिस कार्यक्रम संचालनमा रहेको मार्क इन्टरनेसनल कलेजले दाङकै पुरानो र लोकप्रिय कलेजका रुपमा आफूलाई स्थापित गरेको छ ।