‘आशीर्वाद केयर’को सेवालाई राजधानी बाहिर विस्तारको योजनामा छौँ : डा. रोहित [अन्तर्वार्ता]

चिकित्सा क्षेत्रमा अघि बढ्दै गर्दा दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१० सौडिकुलाका स्थानीयबासी डा रोहित रावत अहिले आशिर्वाद केयर प्रालिका सहव्यवस्थापकका रुपमा परिचित छन् । करिब एक दशकदेखि नै डिजिटल हेल्थको एडभोकेसी गर्दै आएका डा रावत जब पाटन अस्पतालमा बिरामीको उपचारमा जोडिए ।  त्यसपछि उनलाई महसुस भयो कि अब हामीले बिरामी वा अशक्तहरुलाई घरमै गएर सेवा दिन सक्छौँ भन्ने ।  त्यसपछि रोहितकै नेतृत्वमा चिकित्सा क्षेत्रका साथीबिच छलफल हुँदा बिरामीहरुलाई होम केयर सर्भिस होस वा अस्पताल मै भर्ना भएका बिरामीलाई कुरुवाको सेवा समेत उपलब्ध गराउन एउटा संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भयो ‘आशिर्वाद केयर प्रालि’ ।  आशिर्वाद केयर प्रालिका सहव्यवस्थापक डा रोहित रावतसँग संस्थाका गतिविधि र भावि कार्यक्रमका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

 स्वागत छ तपाइलाई गोरक्ष स्वास्थ्य वार्तामा ।

 धन्यवाद, तपाई अनि तपाईको घोराहीबाट प्रकाशित हुने लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । मलाई यस दैनिकको स्वास्थ्य वार्तामा केही विषयवस्तुका बारेमा जानकारी लिन आमन्त्रण गर्नुभएकोमा ।

 तपाई अहिले जोडिएको ‘आशिर्वाद केयर’ संस्थाका विषयमा केही कुरा जानकारी गराइदिनुस् न ?

 आशिर्वाद केयर एउटा स्वास्थ्य सेवासँग जोडिएको एउटा निजी लगानीको संस्था हो । खासमा यो एउटा सूचना प्रविधिसँग जोडिएको इल्डर्ली होमकेयर प्रोभाइडर संस्था हो । यो संस्थाले खासमा घरमै गएर ज्येष्ठ नागरिकको शारीरिक एवम् मानसिक सम्पूर्ण कुरामा हेरचाहको सेवा उपलब्ध गराउँछ । साथै गर्भवती महिलाको हेरचाहदेखि नवजात सुत्केरीहरूको पनि स्वास्थ्य परामर्श तथा केयर गिभर सेवा उपलब्ध गराउँछ । यो संस्था अघिल्लो अक्टुवरमा दर्ता भएर विधिवत रूपमा काम थालेका छौँ । संस्थासँग हालकोर जनशक्ति करिब ५० जना केयर गिभर, क्रिटिकल केयर नर्स १० जना, फिजियो थेरापिष्ट पाँचजना, डाक्टरको एक्सपर्ट टिम सबै विभागी–२० जना आवद्ध छौँ । जसलाई जुन कुराको आवश्यकता पर्दछ हामीले त्यही सेवा प्रदान गर्ने हो ।

 तपाई यो संस्थामा कसरी जोडिनु भो ?

 यो संस्थामा आवद्ध हुनु अघि मैले पाँच सात वर्ष अघिदेखि नै डिजिटल हेल्थको एडभोकेसी गर्दै आएको थिएँ । जब म एमविविएस पूरा गरेपछि पाटन एकेडमी फर हेल्थ साइन्सेजमा बिरामी उपचारमा जोडिएँ, त्यहाँ फिल भो कि अब धेरै बुवाआमाहरू अभिभावकविहीन हुनुुहुन्छ । उहाँका सन्तान विदेशिएका छन् । उहाँहरूलाई अस्पतालमा ल्याएर स्वास्थ्य परिक्षण गराउनेदेखि घरमा पुुगेपछि औषधी खुवाउनेदेखि खाना खुवाउने सेवकको समेत नितान्त आवश्यक छ भन्ने बुुझ्न थाल्यौँ । अब यस्ता आमाबुवाहरूलाई घरमै पुुगेर पनि सेवा दिनुपर्दछ भन्ने सोँचका साथ मेरै इन्निशिएसनमा कुरा अघि बढायौँ । स्टार्ट अप विज्नेसका लागि केही विज्ञ अनुुभविहरूसँग पनि सरसल्लाह भो । अनि यो संस्था सञ्चालनको अभियानमा जुटेर हामीले अघिल्लो वर्षदेखि केयर गिभर सेवा विधिवत रूपमा सञ्चालन गर्दै आएका छौँ ।

 अहिले यो संस्थामार्फत् के कसरी सेवा प्रदान गरिरहनुभएको छ ?

 हामीले फस्ट स्टेपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर बेस सेवा सुरुवात गरेका छौँ । हामीसँग आवद्ध जनरल केयरगिभर, स्टाफ नर्स, फिजियो थेरापिष्ठ र चिकित्सकहरूबाट आवश्यकताअनुसार सेवा दिँदै आएका छौँ । हामीले जिरोआवर पेमेन्टको सर्तमा सेवा सुरु गरेका छौँ । अर्थात सामान्य केयर गिभरको सेवामा प्रति घण्टा एक सय रूपैयाँ हो । प्यारामेडिक्स, फिजियो थेरापी तथा चिकित्सकीय सेवाका लागि केही थप शुल्क लिने गरेका छौँ ।

अहिले हामीहरूले यो संस्थामार्फत् हाल हामीले काठमाडाँै भक्तपुर र ललितपुर गरी २० जना होमकेयरमा हुनुहुन्छ, अस्पतालहरूमा १० जना जति छन् कुरुवाका रूपमा । हामीले पाटन अस्पताल, टिचिङ अस्पताल, विपी स्मृति अस्पताल, मनमोहन अस्पताल, भक्तपुर क्यान्सर अस्पताललगायतले यो केयर गिभरको सेवा उपलब्ध गराइरहेका छौँ । कुन बिरामीलाई कस्तो सेवा चाहिने हो सोही अनुसारका जनशक्तिहरू अनकलबाट बोलाइन्छ र कामको जिम्मा दिइन्छ । जब काम सुरु हुन्छ, त्यही समयदेखि केयर गिभरको पारिश्रमिक सुरु हुन्छ, प्रति घण्टाको दरमा । दर मैले पहिले नै भनिहाले ।

 अहिले यो सेवा काठमाडौँ उपत्यकामा मात्रै छ । नेपालमा अन्य जिल्लामा पनि यो सेवा विस्तार गर्दे हुनुहुन्छ कि ?

 हो, यो समस्या काठमाडौँमा मात्र होइन, गाउँघरहरू पनि अहिले युवाविहीन अवस्थामा छन् । वैदेशिक रोजगारी वा उच्च शिक्षाका लागि विदेशिने क्रम गाउँघरमा पनि उत्तिकै छ । घरमा रहेका वृद्ध बुवाआमा एकल जस्तै हुनुहुन्छ । उहाँहरूलाई अस्पताल लैजान समेत छोराछोरी छैनन् । विदेशमा पैसा कमाएर मात्र के गर्ने घरमा बुवाआमा बिरामी पर्दाको समस्यामा कसरी हामी जोडिएर उनीहरूका छोराछोरीलाई उहाँहरू कै घरमा पुुगेर स्याहार सुसारको सेवा दिन सक्छौँ भनेर उपत्यका बाहिर पनि रिसर्च गरिरहेका छौँ । मलाई लाग्छ छोटो समयमै हामीले यो सेवालाई काठमाडौँ बाहिरका प्रमुख सहरहरूमा विस्तार गर्ने छौँ ।

 तपाईको संस्थाले उपलब्ध गराउने स्वास्थ्य सेवासंँगै केयर गिभरको सेवामा प्प्यारेन्ट विश्वस्त हुुने केही आधारशीलाहरू पनि छन् कि ?

 मैले अघि नै भनिसकेँ हामी डिजिटल हेल्थ सर्भिसको कन्सेप्टबाट यो काम गरिरहेका छौँ । हामीले दिने स्याहार सुसार कस्तो छ ? हामीले उपलब्ध गराउने स्वास्थ्य परामर्श सहितको उपचार सेवा कस्तो छ । उपचारपछि बिरामीमा के कस्ता प्रभावहरू देखिए यी सबै उहाँहरूका प्यारेन्टले देख्न सक्ने गरी डिजिटल ड्यासबोर्ड समेत हामीले निर्माण गरेका छौँ । एम्समार्फत् हामीले डिजिटल ड्यासबोर्ड सबै प्यारेन्टहरूले देख्न र अनुु्भव गर्न मिल्ने गरी राखिदिन्छौँ । ती एप्सहरूमा इम्प्र्भमेन्टहरू ट्र¥याक गरीदिन्छौँ । यसैबाट प्यारेन्टहरूलाई सबथोक जानकारी हुन्छ । हामीले सेवा प्रवाह गरिरहँदा अभिभावकमा के कुराको परिवर्तन आयो सबै प्यारेन्टहरूले छर्लङ देख्न र अनुुभव गर्न सक्नुहुन्छ ।

 तपाईहरूले यो सेवा प्रवाह गरिरहँदा तपाईहरूको संस्थाको कुनै नेश्नल रिकग्नाइजेशन प्राप्त भएको छ कि ?

 हो, यो विषयमा पनि मैले तपाईलाई अघिनै भन्न खोज्दै थिएँ । अमेरिकी दुतावासको सहयोग र अद्यान्त एडभाइजरीद्वारा हालै आयोजित ‘कोड फर इम्प्याक्ट’ ह्याकाथनमा १९० स्टार्टअपले स्वास्थ्य, शिक्षा, पर्यटन र समावेशिताका क्षेत्रमा प्रविधिमार्फत् समाधान प्रस्तुत गरे । प्रतियोगितामा उत्कृष्ट घोषित ७ समूहले ज्येष्ठ नागरिकको घरमै स्याहार, ब्रेल युनिकोड, सीमापार भुक्तानी, एआईमार्फत् कृषि परामर्श, अटिजम बालबालिकाका लागि एआर लर्निङ, औषधी खोज तथा पर्यटनमा एआई प्रयोगजस्ता नविनतम सेवा विकास गरेका छन् ।

प्रविधिलार्ई मानिसका दैनिक समस्या समाधानसँग जोड्ने उद्देश्यसहित गरिएको प्रतियोगितामा ७ वटा समूहलार्ई उत्कृष्ट घोषणा गरिएको थियो । त्यसमा आशिर्वाद केयर पनि उत्कृष्ठ घोषित भयो । हाम्रो संस्थाले डिजिटल हेल्थ सर्भिसको सन्दर्भमा उक्त पुरस्कार पाएको थियो । हामीलाई प्रोत्साहन स्वरूप नगद एक हजार अमेरिकी डलर समेत सो अवसरमा प्रदान गरिएको थियो ।

 अन्तमा केही भन्न चाहनुहुन्छ कि ?

 अहिले नेपाल जस्ता अल्पविकशित मुलुकबाट रोजगारी वा उच्च शिक्षाका लागि विदेश पलायन हुने दर निकै बढी छ । त्यसमा नेपाल पनि अछुतो रहेन । मुलुक युवाविहीन हुने अवस्थामा रहिरहँदा घरमा उनीहरूका बुवाआमालाई उपचारका लागि अस्पताल लैजान र घरमै स्याहार गर्न पनि कोही सहारा नभएको अवस्थामा तपाईको साहारा बनेर आशिर्वाद केयर गिभर संस्था तपाई सामुु आएको छ । तपाईलाई अहिले राजधानीका कुनै पनि अस्पतालमा वा घरमै पनि केयर गिभरको सेवा चाहिएको भएमा आशिर्वाद केयरलाई सम्झन पनि यसै पत्रिकामार्फत् हार्दिक अनुरोध पनि गर्दछु । कतिपय अभिभावकहरूलाई यो विषयमा जानकारी पनि नहुन सक्दछ ।

त्यसैले केयर गिभरको सेवा लिनका लागि कम्पनीको आधिकारीक वेभसाइड www.aashirbadcare.com मा गएर आवश्यकता अनुुसारको सेवा लिन पनि मैले सबैलाई यसै पत्रिकामार्फत् हार्दिक आग्रह पनि गर्दछु । साथै स्वास्थ्य वार्तामा आमन्त्रण गरी मेरो संस्थाका विषयमा धेरै कुरा राख्न स्थान दिनुुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।