थप १८ संक्रमी थपिए, कर्णाली प्रदेशमा पहिलो पटक संक्रमण

काठमाडौ ५ जेठ । नेपालमा भर्खरै १८ जना नयाँ सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नदेखिएको कर्णाली प्रदेशमा पहिलो पटक संक्रमण देखिएको छ । सो प्रदेशको दैलेखमा १ जनासंगै धनुषामा २ जना, खोटाङमा १ जना, बाँकेमा १२ जना, झापामा १ जना र सुनसरिमा १ जना थपिएका हुन् ।

नेपालमा कुल संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।