बेलव्यास उत्तरवैद्धिक युगका प्रसिद्ध कवि हुन् । वेद शाखाका प्रवर्तक हुन् । श्रीमत् भागवत् महापुराण, ब्रहम शुत्र र महाभारतका रचयिता हुन् । अरुलाई पनि दिव्यदृष्टि दिन सक्ने सर्वश्रेष्ट कवि हुन् । उनलाई कवि मात्र नभनेर साक्षत नारायण कै अवतारको रुपमा मान्ने गरिएको छ । राजा युधिष्ठरले त बेलव्यासलाई भगवान् नै मानेका छन् । श्री भागवत् महापुराणले त बेलव्यासलाई विष्णुका सत्रौँ अवतारको रुपमा मानेका छन् । ती को हुन् भन्ने जिज्ञासा हुनसक्छ ? ती बेलव्यास परासर ऋषिका पुत्र हुन् । उनलाई पारासर्य पनि भनिन्छ । यमुना नदीको तटमा जन्मेको हुँदा द्वेबपायन पनि भनिन्छ ।
बदरिकाश्रममा साधना गरेको हुँदा बादरायण पनि भनिन्छ । कालो वर्णका भएको हुनाले कृष्णद्वयपायन पनि भनिन्छ । यी सत्य गतिका गर्भबाट जन्मेका हुन् । बेलव्यास कुनै व्यक्ति विशेषको नाम होइन । यो वंश परम्पराबाट आएको पदही हो । बेलव्यासकी आमाको नाम निशादकी पुत्री मत्स्यगन्धा हुन् । यी माछाको गर्भबाट जन्मेको हुनाले उनको नाम मत्स्यगन्धा राखेको हो । अध्रिका नाम गरेकी अप्सरा ऋषिको श्रापबाट माछो भएकी थिइन् ।
मत्स्यगन्धाको पिताको नाम उपरिसर हो । मत्स्यगन्धाको पालन पोषण दासराज नामको माँझीले गरको थियो । ती माँझीले पालन पोषण गरेर हुर्काएका हुन् । मत्स्यगन्धालाई जन्माएपछि अध्रिका नाम गरेकी अप्सरा स्वर्ग गइन् । मत्स्यगन्धा अत्यन्त सुन्दरी थिइन् । उनको रुप देखेर यमुना नदी पार गर्न गएका परासर ऋषिले कामशक्त भएर यौन सम्बन्ध राख्न प्रस्ताव राखे तर त्यसबेला दिउँसोको समय भएकोले यमुनाको किनारमा कयौँ माँझी र ऋषिहरुले ती दुईको प्रेमलीला हेरिहरेका थिए । त्यसकारण मत्स्यगन्धाले लाज मानिन् र ऋषिले कुइरो सृष्टि गरेर अँध्यारो बनाइदिएर यौन सम्बन्ध राखे ।
त्यति मात्र होइन उनलाई कुमारी नै रहने र चार कोशसम्म सुगन्ध आउने बनाइदिए । त्यसपछि मत्स्यगन्धा सत्यवतीको रुपमा परिवर्तन भइन् । समय आएपछि पुत्र जन्माइन् । नदीको टापुमा जन्मेको हुनाले उनको नाम कृष्णद्वयपायन नाम रह्यो । उनले वेदलाई बाडेको हुनाले उनको नाम बेलव्यास भयो । आमा सत्यवतीलाई भने– आमा तपाईले बोलाएको बेला म आउने छु भनी जन्मिँदा साथ तपस्या गर्न गए । तपस्या गरेर फर्केर आइसकेपछि उनले पुराण बनाउन सुरु गरे ।
बेलव्यास सत्यवादी थिए, त्रिकालदर्शी थिए, दीर्घजिवी थिए, अष्ठचिरञ्जीमध्येमा उनको नाम पनि आउँछ । बेलव्यासले वसिष्ठका नाति जातुकर्णबाट शास्त्रको अध्ययन गरेका थिए । उनले चार शिष्यलाई पढाए । ऋकवेद पैल भन्ने शिष्यलाई पढाए, यजुवेद वैशमपायन शिष्यलाई पढाए, सामवेद जैमिदि शिष्यलाई पढाए, अथर्ववेद सुमत्तु शिष्यलाई पढाए । सुत जातिका लोपहर्षणलाई इतिहास पुराण पढाए । बेलव्यास ब्रहमबाट प्राप्त पुराणलाई मानिसले सजिलै बुझ्न सकुन् भनेर चार लाख श्लोक भएको पुराणलाई १८ भागमा विभाजन गरे ।
पुराणहरुका मूल स्रोत एउटै हो पछि धेरै सम्प्रदाय भएको हुनाले पौराणिक युगमा आएर १८ उपपुराण बने । पुराणको श्लोक संख्या चार लाख छन् । ती निम्न बमोजिक विभाजन गरिएको छ । ब्रहम पुराण श्लोक संख्या १००० एक हजार, पद्म पुराण ५५००० पच्पन्न हजार, विष्णु पुराणको २३०० त्याइ हजार, वायु पुराणको २४००० चौविस हजार, श्रीमद्भागवत्को १८००० अठार हजार, नारद पुराणको २५००० पच्चिस हजार, अग्नि पुराणको १५४०० पन्ध्र हजार चार सय, ब्रहमवैवर्त पुराणको १८००० अठार हजार, बराह पुराणको २४००० चौविस हजार, स्कन्ध पुराणको ८१००० एकासी हजार, मार्कण्र्डय पुराणको ९००० नौ हजार, वामन पुराणको १०००० दश हजार, कुर्म पुराणको १७००० सत्र हजार, मत्स्य पुराणको १४००० चौध हजार, गरुड पुराणको १९००० उन्नाइस हजार, ब्रहमाण्ड पुराणको १२००० बाह्र हजार, लिंग पुराणको ११०० एघार हजार, भविष्य पुराणको १४००० चौध हजार श्लोक छ । माथि उल्लेख गरिएका पुराणहरु सत्वोरज र तम तीन गुणमा विभाजन गरिएको छ ।
सत्वोगुण प्रधान पुराण हुन्, विष्णु नाराद भागवत् पुराण्, गरुड पुराण, ब्रह पुराण हुन् भने रजोगुण प्रधान, ब्रह ब्रहमाण्ड ब्रहमवैवर्त, मार्कण्डेय, भविष्य, बामन पुराणहरु रहेका छन् । तमोगुण प्रधान, मत्स्य कुर्म, लिंग, शिव, स्कन्ध र अग्नि पुराण पर्दछन् । वेदको विभाजन पश्चात शिवपुराण र देवी भागवत् यी सबै पुराणहरु व्यास उपाधि लिएका ऋषिहरुबाट लेखिएका हुन् । बेलव्यासले यी पुराण बनाइसकेपछि उनलाई भारत ग्रन्थ रचना गर्ने इच्छा भयो ।
त्यसैबेला ब्रहमाजी बेलव्यासलाई भेट्न आउनुभयो र ब्रहमाजीसँग निवेदन गर्नुभयो । मलाई भारत ग्रन्थ लेख्ने इच्छा छ लेख्ने मानिस पाइन कसरी लेखु भनेपछि ब्रहमाले गणेश र सरस्वतीलाई ल्याउनुभयो र भन्नुभयो– तपाईले बेलव्यासका साथ बसेर लेख्ने काम गर्नुहोस् भनेपछि बेलव्यासले मन्जुर गर्नुभयो । ब्रहमा आफ्नो धाम जानुभयो । बेलव्यास, गणेश र सरस्वती भएर चार लाख श्लोकको महाभारत ग्रन्थको रचना गर्नुभएको हो । पुराणको श्लोक संख्या पनि चार लाख छन् ।
बेलव्यासका शिष्य हुन् लोमहर्षण, रोमहर्षणका पुत्र उग्रशर्वा सुतजी हुन् । क्षत्रीको विर्य ब्राहमणीको गर्भबाट जन्मिएका सन्तानलाई सुत भन्दछन् । सुतजीले नैमिसारण्य पुन्य तीर्थमा गई ८८ हजार ऋषिलाई यिनै सबै पुराण सुनाएका थिए । हामीले पनि अझै यी पुराणहरु बेला मौका सुन्ने गर्दछौँ । पुराण सुन्नाले मानिसको मन शुद्ध हुन्छ । धर्म प्राप्ती हुन्छ । आयु वृद्धि हुन्छ । सुख र शान्ति हुन्छ । ज्ञानको वृद्धि हुन्छ ।