‘श्रावण महिना किन सबैको प्यारो’

गुरुप्रसाद शर्मा रेग्मी

हाम्रो देशमा विभिन्न जातजाति र भाषाभाषीहरुको भिन्न भिन्नै सांस्कृतिक संरचना भए पनि सबैको उद्देश्य आत्मशुद्धि, पुनर्मिलन, मनोरञ्जन सामाजिक उत्थान, आर्थिक समृद्धि हुने भएकाले नै अनेकतामा एकता गाँसिएको हुन्छ । ज्योतिष शास्त्रका अनुसार यसै श्रावण महिनादेखि सूर्य मिथुन रासी छोडेर कर्कक राशीमा जानेर उतरायण सकेर दक्षिणायणमा जादु छ ।

त्यसैले यो श्रावण महिना केवल प्राकृतिक दृष्टिले मात्र महत्व नराखेर आर्थिक सामाजिक धार्मिक दृष्टिले पनि महत्व राख्दछ । यो श्रावण महिना सरकार व्यापारीउद्यमी कर्मचरी किसान जस्ता सबै पक्षको लागि हितकारी र फलदायी हुन्छ । साथै हाम्रो समाजमा रहेका सम्पूर्ण चाडपर्वलाई निम्त्याउने महिना पनि यही नै भएकले सबै पक्ष र क्षेत्रले यस महिनाको पर्खाइ बडो आनुरताका ासथ गर्दछन् । हाम्रा चाडपर्वले हामीलाई व्यक्त गर्न नसकिने अनुभव मात्र गर्न सकिने खालको मनोरञ्जन दिने मात्र हैन यिनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा हिंसा नगर, सत्यको अनुशरण गर, पवित्र विचार राख, दान, क्षमा र जस्तै विषम परिस्थितिमा पनि धैर्य धारणा गर भन्ने उच्च आदर्श र शिक्षा दिने भएकाले नै मान्छेले चाडपर्वलाई बढी आनन्ददायी बनाउन प्रयत्नशील हुन्छन् ।

१२ महिनामध्ये श्रावण महिना विशेष स्थान ओगेटेको हुन्छ किनभने यही एउटा यस्ते महिना छ जसले आर्थिक सामाजिक धार्मिक त्रीमुखी आदर्श प्राप्त गराउन कटिबद्ध हुन्छ त्यसैले अरु महिनाको भन्दा यस श्रावण महिनाको उपयोगिता र उपादेया भिन्नै खालको हुन्छ भन्ने सम्बन्धमा निम्रतथ्यहरु प्रस्तुत गर्न सकिन्छ ।

क) आर्थिक दृष्टिले श्रावण महिना

हामी नेपालीको आर्थिक वर्षको सुरुवात यही श्रावण महिनादेखि हुन्छ । त्यसैले सरकार, उद्यमी व्यापारी, कर्मचारी, किसान सबै पक्ष र सबै समूहले यस महिनाको प्रतिक्षा गरिरहेका हुन्छन् । किनकि राजस्व परिचालनको केन्द्रविन्दु यही श्रावण महिना नै हुन्छ । आर्थिक दृष्टिकोणले यस श्रावण महिनाको के कति महत्व राख्दछ भने…

– देशको विकास निर्माणको बजेट निर्माण, पारित र बजेटको बाटफेर यही श्रावण महिनामा गरिन्छ । त्यसैले सम्पूर्ण अर्थ व्यवस्थाको मेरुदण्ड नै साउनमा गाडिएकोले यसको महत्व बढ्न गएको छ ।

– उद्यशी र व्यापारीले वर्ष दिनको नाफा नोक्सान लेखाजोखा गर्ने र आउदा दिनमा निर्माण हुने नीति नियमले आफ्नो अनुकुल बाटो लिन्छन् वा प्रतिफूल बाटो भनेर व्यापारीले यही साउनको महिनालाई पर्खिबसेका हुन्छन् ।

– कर्मचारीलाई तलब वृद्धि भत्ता वृद्धि, सरुवा बढुवा गर्ने समय पनि यही श्रावण महिना भएकाले कर्मचारी यसको प्रतिक्षा गरेर बसेका हुन्छन् ।

– किसानले खाद्यान्न बाली भित्र्याउने र लगाउने दोहोरो खेल बडो उत्साहित भएर खेल्दछ । वर्षभरीको खाद्यान्नको व्यवस्था गर्न एउटा आँखा हलोसा र एउटा आँखा बजारमा लगाउन पठाउने पनि यही श्रावण महिना हो ।

– सरकारी तथा गैर सरकारी क्षेत्रको तर्फबाट नयाँ वर्षको लागि ठेक्का पट्टा गर्ने गराउने, समय पनि यही श्रावण महिना नै हो ।
यिनै कारण गर्दा श्रावण महिनाको आर्थिक महत्व बढेको देखिन्छ ।

ख) सामाजिक दृष्टिले श्रावण महिना

् हामी नेपालीले वर्ष दिनसम्म मनाउने चाडपर्वलाई निम्त्याउने श्रावण महिना नै हो । साउने झरी जब बोट विरुवाका पातमा ढोकिएर अनौठो संगीत निस्कन्छ त्यसले संगीतमा नयाँ आयाम त थपिदिन्छ नै, युगक जोडीलाई अलौकिक आनन्द र मनोरञ्जन पनि प्रदान गर्दछ । विछुडिएका परिवारका सदस्यको मेल हुने पनि यही श्रावण मानिन्छ । वातावरण सन्तुलन गराउन पनि साउनले अहंभूमिका खेल्दछ । सरकार, उच्चपदस्थ प्रशासनिक कर्मचारी वा सामाजिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई खुल्ला रुपमा औंल्याउन पाउने, व्यंग गर्न पाइने, गाइजात्राको दिन यही महिनामा पर्दछ । जहानिया शासन र पञ्चायति व्यवस्था पनि यस दिनको टीका टिप्पणी र व्यंगलाई कानुनले छुन सक्दैनथ्यो ।

सरकार, उद्यमी, व्यापारी, कर्मचारी, किसान सबैलाई आफ्नो आन्तरिक कार्यक्रम पछि आफ्ना इष्टमित्रका साथ बसेर मिठा–मिठा परिकार खान सिकाउने महिना पनि यही हो । यसबेला दुध, दही, फलफूलको पर्याप्ता हुन्छ । मानिसलाई मिलीजुली आपसमा प्रेम र सौहद्रिताका साथ बस्ने पाठ पढाउने पनि यही श्रावण हो ।

ग) धार्मिक दृष्टिले श्रावण महिना

श्रावण सङ्क्रान्ति, नाग पञ्चमी, रक्षाबन्धन, गाइजात्रा, पुत्रदा एकादशी र साउने सोमवार आदि चाडपर्व यही महिनामा पर्दछन् । यी सबै पर्वको उद्देश्य एउटै के देखिन्छ भने बचनरुपी बन्धनलार्य नछोड, सत्कर्म गर, सन्मार्गमा लाग, असत्य नबोल, पवित्र विचार राख, दिनदुःखी असर्मथलाई सेवा गर, दान, क्षमा, धैर्य धारण गर्नु नै धर्म हो । हाम्रा प्रत्येक पर्वले धर्मको यही मूल मन्त्र बोकेको हुन्छ ।

त्यसलै श्रावण सङ्क्रान्तिको दिन सबै नेपालीले लुतो खटिराको नसताओस्, घर गृहस्थी नबिग्रियोस्, घरपरिवारमा कुनै अनिष्ट नहोस् भन्ने उद्देश्यको नयाँ–नयाँ फलफूल र मिठा–मिठ परिकार तयार गरी देवीको पूजा अर्चना गरी, बलेको सल्लाको दाउरो लुतो फाल्ने भनी आफूभित्र रहेका सम्पूर्ण कु फाल्न पठाउँछ र आफू र आफन्तहरु बसेर मिठा–मिठा परिकार खाने र खुवाउने गरिन्छ । यसरी यस श्रावण महिनाको हामी नेपालीको सामाजिक आर्थिक धार्मिक महत्व वस्तुनिष्ट र आत्मनिष्ट दुवै रुपमा राख्ने भएकाले यो महिना सबैको प्यारो बन्न गएको हो ।