तुलसीपुर, ६ साउन । लायन्स क्लव अफ स्वर्गद्धारी रक्षाचौर दाङको आयोजनामा राप्ती आँखा अस्पताल परिसरमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लवले एक कार्यक्रमको आयोजना गरि नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल भित्र विभिन्न जातका विरुवाहरु बुधवार रोपेको हो ।
लायन्स क्लव अफ स्वर्गद्धारीका अध्यक्ष कुमार गौतमको अध्यक्षतामा भएको वृक्षारोपन कार्यक्रममा लायन्स क्लव अफ ३२५ एनका सिनियर एक्जुकेटिभ चिफ ध्रुव गौतम, नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा डिष्ट्रीक सल्लाहकार कृष्णकुमार गिरी, लायन्स क्लव अफ ३२५ एनका डिएसआइसी प्रणवकुमार खड्का, डिष्ट्रिक एडभाईजर सुरेन्द्रबहादुर खड्का, डिष्ट्रिक एक्जुकेटिभ को चिफ ताराप्रसाद पोख्रेल, लायन्स क्लव अफ स्वर्गद्धारी रक्षाचौर दाङका प्रथम उपाध्यक्ष बालाराम खड्का कोषाध्यक्ष डा. रन्जितकुमार साह ,सचिव सुष्मा जिसीलगायतले वृक्षारोपण गरेरमात्र नहुने भन्दै त्यसको संरक्षण सवैले गर्नुपर्ने बताएका थिए ।
अस्पताल परिसरमा स्वामी,रुदाक्षलगायतका विरुवाहरु लगाएको थियो ।