साविक राप्तीभरिलाई केरा पु¥याउने तयारीमा छौँ : व्यावसायिक किसान पण्डित [अन्तर्वार्ता]

लमही नगरपालिका–५ का विक्रान्त पण्डित विगत एक दशकदेखि पूर्ण राजनीतिक जीवनबाट व्यवसायिक कृषि कर्ममा जोडिए । सुरुवातीमा बेमौसमी तरकारी खेतबाट व्यवसायिक किसान बन्न खोजेका पण्डित त्यसमा सोँचेजस्तो सफलता हासिल गर्न सकेनन् । धेरथोर कमाएको पैसाले व्यवसायिक तरकारी खेती छाडेर बिउ बिजन उत्पादनतर्फ लागे । त्यससँगै पोल्ट्री फर्म पनि सञ्चालनमा ल्याएका छन् ।
त्यसपछि पछिल्ला केही वर्षदेखि उनी केही सहकर्मीका साथ व्यवसायिक केरा खेतीलाई दाङ जिल्लामै नमुना प्लट स्थापनाको सुरसारमा छन् । दाङ जिल्लामा कम्तिमा पाँच सय विगाह जमिनमा केरा फलाउने लक्ष्यका साथ उनी अघि बढिरहेका छन् । घोराही–३ वनखेतमा पोल्ट्रि फर्म उज्यालो कृषि उद्यम फर्म लमहीमा सुशान्त कृषि फर्म र गढवामा सिग्मा सिड फर्मसमेत सञ्चालन गरिरहेका छन् । एकै पटक तीनवटा कृषि फर्म सञ्चालन गर्दै आएका व्यवसायिक किसान विक्रान्त पण्डितस“ग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।
 स्वागत छ, तपाईलाई गोरक्ष किसान वार्तामा ।
 धन्यवाद, तपाई अनि तपाईको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । किसानका समस्या र भोगाइका विषयमा केही कुरा राख्न मलाई यहाँ आमन्त्रण गर्नुभएकोमा ।
 अहिले तपाई दाङ जिल्लामै नाम चलेको व्यावसायिक किसानका रूपमा चिनिनुहुन्छ, तपाईको व्यावसायिक पृष्ठभूमिका विषयमा केही कुरा बताइदिनुस् न ?
 सक्रिय राजनितिलाई थाति राख्दै मैले २०६८ सालदेखि नै कृषिलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने भित्रैदेखि अठोट गरे । अनि गाउँघरमै केही जग्गा लिजमा लिएर बेमौसमी तरकारी खेती सुरु गरे । सानो स्केलमा सुरु गरिएको बेमौसमी तरकारी खेती त सुरु गरियो, तर त्यसबाट अपेक्षित प्रतिफल हासिल हुन सकेन । चार विगाहा जग्गामा सुरु गरेको व्यावसायिक तरकारी खेतीले भारतबाट अबैध रूपमा आयात हुने तरकारीसँग मूल्यका हिसाबले हामीले प्रतिस्पर्धा गर्न सकेनौँ । यसमा मुनाफा सोचेजस्तो नभएपछि हामीले पार्टनरसिपमा व्यवासायिक रूपमै मुख्य बालीको बिउ उत्पादन र बजारीकरणको थालनी ग¥र्यौँ । यसले हामीलाई अघि बढ्न केही सहज भयो । हामीले लमही नगरपालिकामै जग्गा लिजमा लिएर मकै, धान, गहुं र केराउको बिउ उत्पादन गरी बजारमा बेच्न थाल्यौँ ।
कृषि क्षेत्रमा फरक–फरक काम गरिरहँदा त्यसबाट हामीलाई लगानीको झण्डै दोब्बर मुनाफा भयो । फेरि पेसालाई पृथकीकरण गर्दै हामीले २०७७ सालदेखि व्यावसायिक रूपमा केराखेतीको सुरुवात ग¥र्यौँ । जसमा हामी अहिले पनि निरन्तर लागिरहेका छौँ । केरा खेतीमा बजारीकरणको समस्यालाई मध्यनजर गर्दे हामीले फलफूल व्यवसायीलाई पनि संस्थाको पार्टनर बनाएर लमही, राप्ती र गढवा गाउँपालिकामा विभिन्न स्थानमा जग्गा जिलमा लिएर व्यवसायी केरा खेती सुरु गरेका छौँ र केही प्लटमा उत्पादन समेत सुरु भइसकेको छ भने केहीमा फसल दिन बाँकी छ । हाम्रो अहिलेको मार्केट भनेको साविक राप्तीका सबै जिल्ला तथा बुटवल पनि हो । हामी सबै क्षेत्रका फलफूल व्यापारीसँग प्रत्यक्ष रूपमा सम्पर्कमा छौँ । त्यसैले बजारीकरणको समस्या छैन तर हामीले अहिल्यै केरा बाहिर निर्यात गर्ने सोँच भने बनाइसकेका छैनौँ ।
 केरा खेतीतर्फ लाग्ने प्रेरण कताबाट पाउनु भो ?
 मेरा नजिकैका मित्रहरू फलफूल व्यापारी थिए । उनीहरूकै सल्लाहमा म केही सहकर्मीका साथ केरा खेतीमा जोडिएँ । नेपालीहरू सबैले मन पराउने फल नै केरा हो । हरेक नेपालीले आफन्तकोमा लैजाने साझा पाहुर भनेकै केरा हो । नेपाली जनजिव्रोको फलको कसो व्यापार नहोला भनेर पनि केरा खेतीलाई व्यवसायीककरण गर्न पर्छ भनेर हामी अहिले बृहत व्यावसायिक केरा खेतीको अभियानमा छौँ । उत्पादन भएर मात्रै पनि हँुदैन भन्ने हामी सुक्ष्म विश्लेषण गरिरहेका छौँ । त्यसैले त पहिले बजार बनाएर उत्पादन सुरु गरिरहेका छौँ । हाम्रो आपूर्ति बजार बढ्दै जाँदा हामीले खेतीको दायरा पनि क्रमश बढाउँदै एउटा निश्चित गन्तव्यमा पुग्ने हाम्रो साझा अठोट छ । केरा खेती यद्धपि सिस्क भएको व्यवसाय पनि हो तर पनि हामी यसमा हौसिएका छौँ ।
 अहिले तपाईहरूको व्यवसायी केराखेती कहाकति क्षेत्रमा भइरहेको छ ?
 हामीले व्यवसायीक केरा खेती एक सय ९७ विगाहा क्षेत्रफलबाट सुरु गरेका छौँ । गढवा, राप्ती र लमहीमा हाम्रा केरा खेती प्लट छन् । उत्तरः हामीले यो खेती १९७ विगाहामा प¥यो । हामलिे व्यवसायी केरा खेतीको सुरुवात ३५ विगाहाबाट गर्दा यसबाट मुनाफा पनि राम्रै हुने निष्कर्षसहित यसलाई विस्तार गर्दै लगेका छौँ । कुल एक सय ९७ विगाहा जग्गामध्ये हामीले आगामी भदौदेखि एक सय २३ विगाहा जग्गामा लगाइएको केरा खेतीबाट फसल स्याहार्ने छौँ । अबको एक वर्षपछि हामीले पुरै एक सय ९७ विगाहा जग्गाकै केराबाट फसल भित्राउने छौँ । अझ भन्नु पर्दा हाम्रो लक्ष्य त कम्तिमा पाँच सय विगाहामा व्यावसायिक केरा खेती गर्ने हो ।
 हामीले यो व्यवसायमा हालसम्म झण्डै सात करोड रूपैयाँ जति लगानी गरिसकेका छौँ । थप प्लटमा खेती थाल्दा यो लगानी अझै बढ्न सक्ने छ । किनकि अझै हामीले उत्पादन बेच्न सुरु गरिसकेका छैनौँ । यसमा हामी चारजना पार्टनर छौँ । पोल्ट्रिमा छुट्टै एकजना हुनुहुन्छ । यो हाम्रो साझेदारी व्यवसाय हो ।
 अहिले पो भारतबाट केरा आयात ठप्प छ, यदि भारतबाट छ्याप्छ्याप्ती केरा आउन थाल्यो भने तपाईले यसमा प्रतिस्पर्धा गर्न सक्नु हुन्छ ?
 हामीले उत्पादनसँगै मार्केट समेत बनाएका छौँ । केही प्रतिस्पर्धा होला, तर बिक्री नै नहुने भन्ने होइन । किनकि हामीले उत्पादन गरेको केरा विषादी रहित नेपाली ब्रान्डेड हुन्छ । यहाँ उत्पादन भएको केराको स्वादै फरक हुन्छ । पौष्टिकतानै फरक हुन्छ भन्नेमा हामी विस्त पनि छौँ । विचौलियाको मलमलाईलाई रोक्न सक्ने हो भने हामीले अहिले व्यापारीलाई बोटबाटै दिने मूल्य भनेका मालभोग केरा प्रति कोषाको मुल्य ११ रूपैयाँ हो । हरिसाल केराको मूल्य त प्रति कोषा सात रूपैयाँ मात्रै छ तर बजारमा कहिले दुई सय पचासको हल्ला हुन्छ त कहिले दुई सय रूपैयाँ दर्जनको त्यो यथार्थ होइन ।
 सामान्य तया केराको उत्पादकत्व र केरा खेती गर्ने तौरतरिकाका विषयमा जानकारी गराइदिनुस् न ?
 केरा खेती गर्न केही प्राविधिक ज्ञान पनि चाहिन्छ नै । बेला–बेलामा केरा खेतीमा देखिने गवारो र पात सुक्ने रोग हुन् । त्यसैगरी केरा खेतीलाई आवश्यक पर्ने मल, पोटास, युरीया, डिएपीलगायतको मात्रा पनि मिलाउन आवश्यक नै हुन्छ । हामीले त विशेषगरी केरा खेतीमा चल्लाको मल प्रयोग गछौँ । त्यसमा पोटास थपे पुग्छ । गवारो लगायतका सङ्क्रमण नियन्त्रणको व्यवस्थापन हामी बिचकै पार्टनर कृषि प्राविधिक पनि हुनुहुन्छ । उत्पादकत्वको कुरा पनि सोध्नु भो । खासमा केरा खेती रोपेको सोह्र महिनामा फल स्याहार्ने अवस्था हुन्छ । एक विगाहामा एक हजार आठ सय बोटसम्म रोप्न सकिन्छ ।
मालभोग केरा एउटा घरीमा ४० कोषासम्म फल्छ भने हरीसाल केरा भने एउटा घरीमा ७० कोषासम्म फल्छ । खेतीका लागि सिँचाइको पनि आवश्यकता हुन्छ । बेला–बेलामा गोडमेल पनि । हामीले अहिले केरा खेती राप्ती गाउँपालिका—५ को छोडकि सिसहिनिया र राप्ती गाउँपालिका—७ भगवानपुर, लमही नगरपालिकाको ८ र ९ वडामा तथा गढवा गाउँपालिकाको गोवर्डिया र हरैया भन्ने ठाउमा केरा खेती सुरु गरिसकेको पनि तपाईको यस लोकप्रिय गोरक्ष दैनिकमार्फत् आम उपभोक्तालाई जानकारी पनि गराउन चाहन्छु ।
 अन्तमा व्यावसायिक कृषि गरिरहँदा सरकारी पक्षबाट पनि केही अनुदान अथवा सहयोग पाउनु भएको छ कि ?
 हामीले व्यावसायिक कृषिको थालनी गर्दादेखि नै कृषि ज्ञान केन्द्रको आवश्यक परामर्श र समन्वय गर्दै आएका छौँ । कृषि ज्ञान केन्द्रले हामीलाई प्राविधिक ज्ञानसँगै कृषिलाई यान्त्रिकरण गर्न केही कृषि औजार पनि सहयोग गरेको छ । वेलावेलामा ज्ञान केन्द्रका प्राविधिक खेती प्लटमा समेत आएर हामीलाई सरसल्लाह दिने गर्नुभएको छ ।