आयुर्वेद विधिबाट उपचार गर्ने बानी बसालौँ

एकराज शर्मा अधिकारी

आधुनिक समाजमा मानिस धेरै रोगी भएका छन् । डाक्टरहरु पनि धेरै छन्, तैपनि रोग नलागेका मानिस भेट्न गाह्रो छ । यसको कारण हो, स्वास्थ्यप्रति लापरवाही । स्वास्थ्य नै धन हो भन्ने कुरा बिर्सेका छौँ ।

खानपान ठिक भएन भने औषधीले पनि काम गर्दैन । अहिलेका मानिस समस्त प्रकृतिबाट टाढा हुँदै गएको छ । प्रकृतिबाट मानिसले शक्ति पाउन सकेका छैनन् । उहिलेका मानिस जडिबुटी खाएर निरोगी हुन्थे, आर्युेदमा विश्वास गर्थे । मन र आत्माको गहिरो सम्बन्ध हुन्छ । मन शुद्ध भए आत्मा शुद्ध हुन्छ । आर्युेदमा स्थानीय जडिबुटीको प्रयोग हुन्छ । नेपालमा आर्युेद अस्पताल पनि छन् । त्रिभुवन विश्वविद्यालयमा आर्युेवेदको पनि पढाइ हुन्छ ।

नेपालमा आर्युेवेद राजा प्रताप मल्लका पालादेखि चलेको हो । मानव शरीर पञ्चमहाभूतबाट बनेको छ । पञ्चमहाभूतमा गडबडी भए रोग लाग्छ । सन्तुलित आहारविहार गरे रोग लाग्दैन । ब्रहम मुहर्तमा उठेर धर्मको चिन्तन गरे रोग लाग्दैन । व्याम गर्नुपर्छ, स्नान गर्नुपर्छ र पच्ने कुरा खानुपर्छ । धुवा धुलोबाट बच्नु पर्छ । मानिस सुखी हुनलाई धर्म गर्छन् । शास्त्रमा आचार परमोधर्म भनेको छ । सुख प्राप्तीको लागि सदाचारको पालना गर्नुपर्छ । सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।

सामाजिक कार्य गर्नुपर्छ । ब्रहमचर्य पालना गर्नुपर्छ । कलियुगका मानिसको अन्नमा प्राण हुन्छ, अरु युगमा जस्तो लामो आयु हुँदैन । छोटो आयुमा पनि विध्न बाधा धेरै हुन्छन् । त्यसैले दिनचर्यामा विशेष ध्यान दिनुपर्छ । शरीर दिनदिनै परिवर्तन हुन्छ । मौसम अनुसारको खाना खानुपर्छ । योगको अभ्यास गर्नुपर्छ । दिनमा सुत्नु हुँदैन, सात्विक आहार गर्नुपर्छ । सामान्य रुपमा पेटको एक तिहाई भाग अन्नले, एक तिहाई भाग पानीले बाँकी अरु भाग खाली राख्नुपर्छ । आफ्नो कल्याण चाहने मानिसले मनमा अनावश्यकता चिन्ता गर्नु हुँदैन ।

आहार निन्द्रा मैठुनको उचित प्रयोग गर्नुपर्छ । आजभोलि धेरै रोग फैलिएको छ । कुनै रोग सर्ने रोग छन् कुनै नसर्ने रोग छन् । प्राय धेरैजसोमा सुगर छ, प्रेसर छ । खानपानको लापरबाहीले सुगर हुन्छ । गुलियो पदार्थको उचित मात्रामा प्रयोग गर्नुपर्छ । प्रेसरले धेरै मानिसको गएको छ । यो हृदय रोग हो । यो रोग क्रोध, शोक र इष्र्या गर्नेलाई लाग्छ । धुम्रपान बढी गर्नेलाई यो रोग लाग्छ । यो नियन्त्रण गर्ने आयुर्वेद विधि हो– प्राणायाम । शुद्ध आहार र शाकाहारी खाना खानुपर्छ । आजभोलिका मानिस धेरैजसो मांसहारी छन् ।

यो नियन्त्रण गर्न कठिन छ । शाकाहारी मानिस कम पाइन्छन् । निरोगी मानिस कम पाइन्छन् । रोग आफै आउँदैन । हामीले निम्त्याउँछौँ र आउँछ । आजकाल दमको रोगले पनि मानिसलाई सताएको छ । पिरो, अमिलो, चिल्लो, मसला हालेको, तारेको खाना धेरै खान्छौँ । यसले ग्याष्टिक बढाउँछौँ तर मानिसले यसलाई मन पराउँछन् । मानिसले होश पु¥याउँदैनन् । मानिसलाई मिठो खाना चाहिन्छ । त्यसैले खानपिनमा ध्यान पु¥याउनुपर्छ । आयुर्वेद पद्धतिबाट पनि यसको उपचार हुन्छ ।

हामीले आयुर्वेदमा विश्वास गर्दैनौँ । यो हाम्रो भुल हो । त्यसैले हामी रोगी भएका छौँ । सर्ने रोगभन्दा नसर्ने रोगबाट धेरै मानिस मरेका छन् । कोरोनाको महामारी रोग आउँदा हामीले होश पु¥याएका थियौँ । आयुर्वेद चिकित्सबाट धेरै बचेका थियौँ । आजभोलि त्यो नियमलाई पालना गर्न छोडेका छौँ । हाम्रो देशमा विश्व दाँजमा धेरै जडीबुटी छन् । हामी त्यसको अनविज्ञ छौँ ।

हाम्रो जस्तो विकासोन्मुख देशले मृत सञ्जीविनी बुटिकको अनुसन्धान गर्नुपर्छ । रामरावणको युद्धमा लक्ष्मण मुर्छा पर्दा हाम्रो हिमालमा पाइने मृत सञ्जीविनी बुटिकले बचाएको कथा हामीले सुनेका छौँ । अब हामीले आयुर्वेद पद्धतिबाट उपचार गर्ने बानी बसाल्नुपर्छ । एकातर्फ कम खर्च लाग्ने अर्कोतर्फ जडैबाट रोग निको हुने । यो भन्दा राम्रो पद्धति कुनै छैन । सकभर दिनचर्यालाई पालना गरी आफ्नो देशको जडीबुटीलाई प्रयोग गरी निरोगी हुने कोशिस गरौँ । आयुर्वेद पद्धतिबाट उपचार गर्ने बानी बसाल्यौँ भने सबैको कल्याण हुन्छ ।