‘समयमै मल उपलव्ध गराउन नसक्ने सरकारसँग अपेक्षा के गर्ने’
दाङ,६ मंसिर । नेपाली कांग्रेसका नेताहरुले किसानलाई मल दिन नसक्ने सरकारसँग जनताले बिकासको अपेक्षा गर्न नसक्ने बताएका छन । तुलसीपुर ११ र १२ का विभिन्न गाउँमा आयोजना गरिएको चुनावी सभालार्इ सम्बोधन गर्ने काग्रेसका नेताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा सम्वोधन गर्दै नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले बर्तमान सरकारले किसानलाई समयमै मल उपलव्ध गराउन समेत नसकेको बताए । किसानलाई समयमै रासायनिक मल उपलव्ध गराउन नसक्ने सरकारसँग जनताले विकासको अपेक्षा गर्न नसक्ने उनको भनाई थियो । कांग्रेस गत निर्वाचनमा पराजित हुदाँ विकास हुन नसकेको बताए । गत निर्वाचनमा कांग्रेसले हारेकै कारण २ बर्ष देखि बिकास निर्माणका काम रोकिएको बताए ।
त्यस्तै कार्यक्रममा अर्का केन्द्रिय सदस्य तथा पूर्व मन्त्री देबेन्द्रराज कँडेलले यो सरकारले किसानहरु पीडित बनाउने काम भन्दा अरु गर्नै नसकेको बताए । साथै उनले यस पटकको उपनिर्वाचनमा नेपाली कांग्रेसलार्इ बिजयी बनार्इ सरकारका गलत क्रियाकलापका बिरुद्धमा अडिन जनतालाई अपिल गरेका थिए । कांग्रेसका उम्मेदवार केशवराज आचार्यले सुशासन स्थापना र नेकपा नेतृत्वको सरकारलाई सहि बाटोमा हिडाउन दबाबका लागि कांग्रेसलाई बिजयी बनाउन आग्रह गरेका थिए ।
साथै उनले आफुलार्इ बिश्वास गर्न जनतासँग आग्रह गर्दै त्यो बिश्वास कहिल्यै पनि डगमगाउन नदिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन पार्टी जिल्ला सभापति किर्ति बहादुर खड्काले अन्य पार्टीका उम्मेदवार भन्दा सिनियर र संघर्शशिल ब्यक्तित्वलाई काग्रेसले अहिलेको उपनिर्वाचनमा उम्मेदवार बनाएकाले जनताले समेत विश्वास गर्ने बताएका थिए ।
पूर्व सांसद गेहेन्द्र गिरीले कांग्रेसको पालामा भएको बिकासमा कम्युनिष्टहरुले केही पनि थप गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए । संविधान सभा सदस्य बुद्धिराम भण्डारीले कम्युनिष्टहरुले झुठो बोलेरै बिगतमा निर्बाचन जितेको भन्दै अहिले कम्युनिष्टको झुटको सिकार जनता नहुने समेत बताए ।
कार्यक्रममा महिला नेतृ शुस्मा गिरि, तुलसीपुर उपमहानगरपालिका–११ का वडा अध्यक्ष चित्र बहादुर वलीलगायतले अब मुलुकमा का्रग्रेसको बिकल्प नभएको धारणा राखेका थिए । नेपाली कांग्रेस इकाई सभापति बोधिलाल भण्डारीको स्वागत मन्तब्यबात शुरुभएको कार्यक्रमको सहजीकरण इकाइ सचिब बिरबहादुर बस्नेतले गरेका थिए । तुलसीपुर–११ को कार्यक्रम इकाइ सभापति टोपेन्द्रराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा १५ जना नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । तुलसीपुर–१० पढ्डाको कार्यक्रमको संचालन हेमकर्ण केसीले गरेका थिए ।