पाँचौँ दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप हुने

दाङ,१७ असार । दाङमा पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप हुने भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा भदौ १९ देखि २१ गतेसम्म घोराहीमा पाँचौँ दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०२६ हुने भएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न हाप्किडो डोजाङका खेलाडी सहभागी हुने दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष बिशाल थापाले जानकारी दिएका छन् । अध्यक्ष थापाका अनुसार प्रतियोगितामा स्प्यारिङ), ह्युङ (फम्र्स), डेमोटेसन, विशेष प्रदर्शन, हाई फल तथा लङ फल लगायतका विधामा प्रतिस्पर्धा गराइनेछ ।

जिल्लामा हाप्किडो खेलको विकास, विस्तार तथा नयाँ प्रतिभावान् खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ । प्रतियोगिताले खेलाडीमा अनुशासन, आत्मविश्वास, आत्मरक्षा सीप र खेल भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

आयोजकका अनुसार प्रतियोगिता केवल पदक जित्ने प्रतिस्पर्धामा सीमित नभई सक्षम, अनुशासित र जिम्मेवार नागरिक निर्माण सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आगामी प्रदेश तथा राष्ट्रिय प्रतियोगिताका लागि छनोट र तयारीमा समेत प्राथमिकता दिइने संघले जनाएको छ ।