तुलसीपुर,१७ असार । लायन्स क्लव अफ स्वर्गद्धारी तुलसीपुर–४ रक्षाचौरको पदहस्तान्तरण कार्यक्रम भएको छ ।
लायन बर्ष २०२५÷०२६ का अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा लायन्स क्लव अफ ३२५ एनका सिनियर एक्जुकेटिभ चिफ ध्रुव गौतमको प्रमुख आतिथ्यता एव सम्मानित डिष्ट्रिक सल्लाहकार कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा लायन बर्ष २०२५÷०२६ का अध्यक्ष कृष्णबहादुर खड्काले लायन बर्ष २०२६र२७ का अध्यक्ष कुमार गौतमलाई पदहस्तान्तरण गरेका हुन् ।
त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा बालाराम खड्का, द्वितीय उपाध्यक्षमा बसन्तकुमार खड्का र तृतीय उपाध्यक्षमा सालिकराम गौतम, सचिवमा सुष्मा जिसी र कोषाध्यक्षमा डा। रन्जितकुमार साह चयन भएका छन् । अन्य पदाधिकारी भने पछि चयन हुने छन् । पदहस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले लायन्स क्लवले विभिन्न सामाजिक सेवाहरु गदै आएको बताए । उनले लायन्स क्लव स्वर्गद्धारी तुलसीपुर क्षेत्रको दोस्रो क्लव भएको भन्दै क्लवले स्थापना कालदेखि हाल सम्म विभिन्न सेवा गदै आएको बताए ।
त्यस्तै विशिष्ट आतिति गिरीले लायन्स क्लवले शिक्षा स्वास्थ्यका साथै मानविय कार्यमा उत्कृष्ट काम गरेको बताए । उनले अन्तराष्ट्रिय रुपमा स्थापीत संस्थाको उचाईलाई उच्च राख्न सवै लाग्नु पर्ने भन्दै नयाँ पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरे । त्यस्तै लायन बर्ष २०२५र२६ का अध्यक्ष कृष्णबहादुर खड्काले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा बर्ष २०२६ र२७ का अध्यक्ष गौतमको अध्यक्षतामा आगामी कार्यक्रम प्रस्तुत गरेका थिए । पदहस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ ३२५ एनका डिएसआइसी प्रणवकुमार खड्का, डिष्ट्रिक एडभाईजर सुरेन्द्रबहादुर खड्का, डिष्ट्रिक एक्जुकेटिभ को चिफ ताराप्रसाद पोख्रेल, डिष्ट्रिक डिपुटी चिफ लोकमणि गौतमलगायतले शुभकामना व्यक्तगरेका थिए । बर्ष २०२५र२६ का कोषाध्यक्ष सुष्मा जिसीले धोजाको अभिवादन गरेकी थिइन भने कार्यक्रम सहजिकरण सचिव सालिकराम गौतमले गरेका थिए ।