घोराही,१५ असार । मेला महोत्सवका स्टेज पाउन बिन्ती बिसाउनु पर्ने, नत गीतमा मोडलिङ गर्ने उपद्रो चाहना उजागर हुन पायो । केबल टिकटक भिडियोमा आफ्नो नृतत्य कौशल प्रस्तुत गरेर मन बुझाउँथे दाङका बालकलाकार युनिश घिमिरे । उत्कृष्ट मोडल बन्ने छोराको चाहना साकार पारिदिने चिन्तनमा रहेको उनको परिवार युनिषको नृत्य क्षमतामा निखार ल्याउन संघर्षमा रह्यो ।
उनको क्षमतामा निखार ल्याउन नृत्य प्रशिक्षण, अवसरका लागि भनसुन, विन्ती, अनुरोध सबै प्रयास अन्ततः व्यर्थ भएनन् । नामी मोडल बनेर आफ्नो पहिचान दिलाउने लक्ष्य सहित संघर्षपूर्ण मोडलिङ यात्रामा बामे सरेका युनिशले यो मार्गमा महत्वपूर्ण पाईला राख्न भ्याएका छन् । युनिश म्यूजिक खवर अवार्डको सम्मानका लागि हिस्सेदार बनिदिएका छन् ।
काठमाडौँमा आयोजित समारोहमा युनिश बाल प्रोत्साहन सम्मानबाट सम्मानि भए । उनलाई प्रथम उपराष्ट्रपति परमानन्द झाँले अवार्ड सहित सम्मान गरे । अवार्ड प्राप्त पछि बालकलाकार युनिशले भने ‘अवार्ड पाएँ, अब डान्समा अझ धेरै मेहनत गर्छु ।’ युनिश मात्रै हैनन्, उनको मोडल बन्ने यात्रामा अनवरत प्रयासरत उनको परिवारलाई समेत यो अवार्डले अस्वाभाविक खुशी दिलाएको छ । युनिशका बुवा धिरज घिमिरे भन्छन् ‘छोराको यो सफलताले खुशी दिलाएको छ, तर यो अन्त्य हैन, नत प्रस्थान बिन्दु नै हो, यो त अझ धेरै मेहनतका प्राप्त जिम्मेवारी हो ।’
सानो उमेरमै उपद्रो नाच्ने शौखले अध्ययनलाई प्रभावित पार्ने होकि भन्ने चिन्ता थियो नै । फलतः नृत्य भन्दा अध्ययन प्रतिको लगाव बढाउन परिवार सल्लाह दिन्थ्यो । तर नृत्य प्रतिको उधुम चिन्तनले युनिशलाई बाबु आमाको सल्लाहको सिमा घेरा पार गरिदियो । युनिशको बचन थियो ‘पढाई कुनै पनि हालतमा बिगार्दैनँ ।’ युनिशको नृत्य प्रतिको यो मोहलाई निर्णायक बनाईदिने अभियानमा युनिशसंग उनकी आमा लीला अधिकारी जोडिईन् । नृत्यमा सम्भावना देखेपछि लीलाले घोराही स्थित एक नृत्य प्रक्षिण केन्द्रमा प्रशिक्षणका लागि युनशको नाम दर्ता गरिदिईन् ।
नृत्य प्रशिक्षणबाट प्राप्त सीपले युनशलाई झन पछि झन नृत्य प्रति मोहित पार्दै लगे । ‘उसको नृत्य गर्ने उपद्रो चाहनालाई रोकेर राक्न सकेनौँ,’ युनिशकी आमा लीला भन्छिन् ‘अध्ययनलाई प्रभावित नहुने गरि डान्स क्लासमा भर्ना गरिदिएँ, त्यसपछि युनिषलाई नृत्य प्रतिको मोहले झन जित्दै लग्यो ।’ परिवारले पनि मोडलका रुपमा परिचित गराउने अभिभारा थपिएको महशुस गर्यो । फलतः स्टेज कार्यक्रमहरुको खोजीमा युनिश अनि उनको परिवार लाग्न थाल्यो ।
जिल्लामा मेला महोत्सवहरु चल्थे । तर युनशले आफ्नो प्रस्तुतीका लागि ठाउँ पाउँदैनथे । यसले बाल मनोविज्ञानमा केहि असर पार्लाकि भन्ने चिन्तामा परिवार हुन्थ्यो । ‘बाबुको डान्स गर्ने अधिकतम चाहनालाई साकार पारिदिने हाम्रो थप जिम्मेवारी बनिसकेको थियो, तर उसले मेला महोत्सवमा ठाउँ नपाउँदा उसको मन खिन्न हुने, आफूलाई असफल महशुस गर्ने होकि भन्ने चिन्तामा हामीमा हुन्थ्यो,’ युनिशका बुवा धिरज घिमिरे भन्छन् ‘हामीले उसलाई यो महशुस हुन दिएनौँ, स्टेजका लागि भनसुनमा लाग्यौँ, बिन्ती बिसायौँ ।‘
यस्तै भनसुनमा प्राप्त घोराहीमा लागेको एक महोत्सवको स्टेज युनशका लागि उच्चतम अवसर बनिदियो । यो महोत्सवमा युनिशले प्रस्तुत गरेको नृत्यले उनलाई ‘सानो पल शाह’ को परिचयले चर्चामा ल्याईदियो । पल शाहको नृत्य संग मिल्दो जुल्दो उनको डान्स स्टेप अब घोराहीको साँघुरो घेरामा मात्रै सिमित बनेन । उनि बाह्य जिल्लाका लागि समेत अतिथि कलाकार बन्दै गए ।
सल्यानको एक महोत्सवमा अतिथी कलाकार बनेर प्रस्तुतीका लागि पुगेका युनिशले स्टेजमा आफ्नो प्रस्तुती दिए । स्टेजमै रहेकी चर्चित गायिका सुनितामी परियारको नजरमा उनी परे । उनले त्यहि बेलै बचन दिईन् ‘मेरो एउटा गीतमा बाबुलाई मोडल राख्छु ।’ नभन्दै सुनितामीले बचन पुरा गरिदिईन् । लाजको पर्दा बोलको उनको गीतमार्फत युनिशले २०८२ मा मोडलिङको अवसर पाए ।
अझ महत्वपूर्ण अवसर त के भने खेम सेन्चुरी र सुनितामी परियारको आवाजमा रहेको गीतमा युनिश पल शाहसंगै कैद बन्ने अवसर पाएका थिए । यो गीतमा पल शाह,जुना विश्वकर्माले अभिनय गरेका थिए भने बालकलाकारका रुपमा युनिश र आरुषी कार्कीले भूमिका निर्वाह गरेका थिए । यो गीतमा युनिशले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । यो गीतबाट चुलिँदै गएको चर्चा र स्टेजमा आफूलाई खुलेर प्रस्तुत गरिदिने उनले अब भने कलाकारीताको यात्रामा पकड बनाएर राख्ने सम्भावना बढ्दै गइरहेको थियो ।
विगतमा मेला महोत्सवमा स्टेज मात्रै पाउनका लागि विन्ती गर्नु परेका युनिशको अब बाह्य जिल्लामा अतिथी कलाकारका रुपमा सशूल्क सहित उपस्थिती बाक्लिन थाल्यो । यहि दौरान दाङका कलाकार नरेश खातीले युनिशलाई दोस्रो ‘टेक’ दिए । पैसा फल्ने बुटो बोलको लोक दोहोरी गीतमा दोस्रो टेक पाएका युनिशले यो गीतमा पनि पल शाहको झल्को दिलाईदिए । नरेश खाती र रचना रिमालको आवाजमा रहेको यो गीतमा युनिशसंगै आरुषी कार्किर सुजल रसाईलीले अभिनय गरेका थिए ।
यसैगरि केहि दिन अघि मात्रै मकै ‘बारी दर्याम दर्याम’ बोलको बाल भर्जन गीतमा उनी उत्कृष्ट डान्सका साथ सार्वजनिक भएका छन् ।
घोराही स्थित दिपशिखा बोर्डिङ स्कुलमा ५ कक्षामा अध्ययनरत १० बर्षिय युनिश अब विगतमा जस्ते विद्यालयमा हुने कार्यक्रमका मात्रै कलाकारका रुपमा सिमित छैनन् ।
सल्यान, रोल्पा, रुकुम, प्यूठान लगाएतका जिल्लाहरुमा अतिथी कलाकारको रुपमा दमदार प्रस्तुती दिँदै आएका उनि यहि अथक प्रयास , मेहनतका कारण आज महत्वपूर्ण अवार्डका हकदार बनेका छन् । यो यात्रालाई अझ उकालोमा लम्काईदिन खोजिरहेको उनको परिवार भन्छ ‘उसको पढाईलाई प्रभावित नहुने गरि उसको कलाकार बन्ने चाहनालाई साकार पारिदिन हाम्रो भूमिका सदैव रहिरहने छ ।’