गोरखा मावि तुलसीपुरलाई राष्ट्रिय शिक्षा सम्मान पुरस्कार

तुलसीपुर, १५ असार । दाङको तुलसीपुर–६ मा रहेको गोरखा सेकेन्डरी स्कुल ‘राष्ट्रिय शिक्षा सम्मान २०८३’ बाट सम्मानित भएको छ ।

फोकस नेपालले देशभरका हजारौँ माध्यमिक विद्यालयहरूमध्येबाट विभिन्न विद्याको मूल्याङ्कनमा ‘उत्कृष्ट मावि’ घोषित हुँदैे गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले राष्ट्रिय शिक्षा सम्मान २०८३ प्राप्त गरेको हो। गोरखा सेकेन्डरी स्कुल ‘‘विद्याधनं सर्वधन प्रधानम्’’ भन्ने उद्देश्यले स्थापित भई पर्याप्त भौतिक पूर्वाधार, दक्ष र अनुभवि शिक्षक, शिक्षिकाहरुबाट अध्ययन– अध्यापन, समयानुकुल प्रतिस्पर्धात्म र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगतका बर्षहरुको परिक्षाको नजितालाई पनि आधार मानेर देशभरिबाट माविहरुबाट राम्रो माविहरुमा पर्न सफल भएकोहो ।

राम्रो माविमा पर्न सफलभई शिक्षा क्षेत्रबाट दिएको सेवाभाव र त्यसको निरन्तरताको उच्च प्रशंसा गदै फोकस नेपालद्धारा काठमाण्डौमा आयोजित विशेष समारोहमा गोरखा सेकेन्डरी लाई राष्ट्रिय शिक्षा सम्मान २०८३ बाट सम्मानित गरीएकोहो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री तथा संसाद माननीय अर्जुननरसिंह केसीले गोरखा सेकेन्डरी स्कुलका विज्ञान संकाय प्रमुख विष्णुप्रसाद भण्डारी र व्यवस्थापन संकाय प्रमुख डम्वर डाँगीलाई प्रमाणपत्र र अवार्ड प्रदान गरेका थिए । यो सम्मान विद्यालयका संस्थापक, व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा विद्यालय परिवारका सम्पूर्ण सदस्यहरूको संयुक्त मेहनत, समर्पण र विश्वासको परिणाम भएको भण्डारीको भनाई छ ।

यस ऐतिहासिक उपलब्धिले अझ जिम्मेवार, समर्पित र गुणस्तरीय शिक्षा प्रदान गर्न थप प्रेरणा दिएको र आगामी दिनहरूमा पनि विद्यार्थीको सर्वाङ्गीण विकास, नैतिक शिक्षा र उत्कृष्ट शैक्षिक वातावरण निर्माणमा निरन्तर लागिरहने उनले बताए । त्यस्तै गोरखा माविले फोकस नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै विद्यालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र विश्वास गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता समेत व्यक्तगरेको छ ।