एकराज शर्मा अधिकारी
अद्धेत संस्थाको उद्देश्य हो जीवलाई जन्ममृत्युको चक्रबाट छुटाउनु । दुःख, चिन्ता भएबाट मुक्त गराउनु । किनभने मनुष्य जन्म ठुलो पुण्यले पाइन्छ । अद्धेव संस्थाले, मोक्षार्थीलाई मोक्षसम्म पु¥याउँछ । संसारमा धेरै किसिमका मानिसहरु छन्, ती मध्ये ज्ञानी मानिस थोरै छन्, ती संसारको दुःख, चिन्ता भएबाट मुक्त हुन चाहन्छन् ।
जन्ममृत्युको चक्रबाट मुक्त हुन चाहन्छन् र गुरु र शास्त्रको वचनमा श्रद्धा राखी आत्मज्ञान, ईश्वर ज्ञान, ब्रहम ज्ञान गरेर मुक्त हुन चाहन्छन् । त्यस्ता मानिसको पुनर्जन्म हुँदैन । कुनै मानिस दुःखी छन् । कुनै मानिस धन मात्र खोज्ने छन्, कुनै ज्ञान गर्न खोज्ने छन् । राजा जनकले याज्ञवल्ग र अष्टाब्रक गुरुद्वारा तत्वो ज्ञान प्राप्त गर्नुभएको थियो । वेद, गीता, उपनिषदले यो ब्रहम ज्ञानको बाटो देखाएका छन् ।
सबैले यो ज्ञान गर्न सजिलो छैन । सामान्य विद्धानहरुले भन्दछन्– फलामको चिउरा खान सजिलो होला तर यो वेदान्त शास्त्रलाई पढ्न सजिलो छैन भनेर त्यतातिर ध्यान दिँदैनन् । संसारलाई प्यारो मान्दछन् । वास्तवमा भन्ने हो भने– आत्म ज्ञान गर्न गाह्रो छैन, सजिलो छ । बरु अज्ञानी हुन, नक्कली हुन गाह्रो होला । आजभोलि वेदान्त शास्त्र पनि नेपाली भाषामा लेखिएका छन् ।
पढ्नलाई कठिन छैन । आफू जस्तो हो त्यस्तै भएर बस्नु नै आत्म ज्ञान हो । सुषुप्ति (निदाएको) अवस्थामा आफूभन्दा अर्को कोही छैन । बिर्सिएको आफ्नो यथार्थ स्वरुपलाई सम्झनु नै आत्म ज्ञान हो । हामीहरुले कति पटक भागवत, रामायण, महाभारत र पुराणहरु सुनेका छौँ । तर, त्यसलाई मनन गर्न र निदिध्यासन (मनमा) राख्न सकेका छैनौँ । त्यसैले हामी अलमलमा परेका छौँ ।
संसारलाई राम्रो मानेका छौँ, संसारमा कसैलाई पनि सुख र आनन्द छैन । हामीले देखिराखेका छौँ । विषयको चिन्तनले शोक सागरमा डुबेका छाँै । व्यास बसिष्ट र शंकराचार्यले हामीलाई उपदेश दिइरहनुभएको छ । संसार मिथ्या हो, देखिन्छ हराउँछ । शिवतत्व नै सत्य हो । अद्धैत संस्थाले आफ्नो यथार्थ स्वरुपको ज्ञान गराउँछ । यो कलियुग हो, अहिले वैदिक धर्म लोप हुँदै गइरहेको छ । त्यसलाई जगाउनु आवश्यक छ ।
यो संसार मिथ्या भए पनि अनादिकालदेखि परम्परागत रुपले चल्दै आइरहेको छ । जहाँ विष छ, त्यहाँ अमृत पनि हुन्छ । यो संसार अज्ञानबाट खडा भएको हो । ज्ञान भए अज्ञान हट्छ । अद्धैत संस्था वेदान्त दर्शनमा आधारित छ । दर्शनहरुमा सबैभन्दा ठूलो दर्शन वेदान्त दर्शन हो । (तावत गर्जन्ति शाश्राणि जम्बुका विपिने यथा । नगजंन्ति महावाक्यम यवत् वेदान्त केशरी) जस्तो बाघ नगर्जिँदासम्म जङ्गलमा स्यालको रजाई हुन्छ ।
बाघ गर्जिए पनि सबै भाग्छन् । त्यस्तै महावाक्यको उदय भए पछि सबै शास्त्रहरु मौन हुन्छन् । वेदान्त दर्शनको महत्व ठूलो छ । वेदान्त दर्शनले जीवको ठूलो कल्याण हुन्छ । ईश्वरको राज्यमा त अद्धैत संस्था होला, हाम्रो देशमा पनि अद्धैत संस्थाहरु छन् । यहाँ पनि ज्ञान महायज्ञ चलिरहेका छन् । सयौँ ग्रन्थहरुको अध्ययन अध्यापन हुन्छ अद्धैत संस्थामा ।
नेपालमा अद्धैत संस्थाको मुख्य केन्द्र काठमाडौँमा छ । यस्ता लोकोपकारी संस्थाको स्थापना नेपालका विभिन्न जिल्लाहरुमा, विभिन्न क्षेत्रमाहरु ब्रहम ज्ञानीहरुले सञ्चालित गरेका छन् । ज्ञानीहरुले वेदान्तका प्रमाणित कुरालाई मात्र सत्य ठान्दछन् । ज्ञानीका दृष्टिमा सृष्टि स्थिति प्रलय सत्य होइनन् । केवल एक परमार्थ अद्धितीय सच्चिदानन्द ब्रहम स्वरुपलाई मात्र सत्य ठान्दछन् । हामी पनि त्यही बाटो हिड्नुपर्छ ।
मरेर जाँदा कसैले पनि साथमा केही लिएर जाँदैन । आफूमा भएको कुरा केही सत्कार्यमा लगाउनुपर्छ । समयलाई, मनलाई, धनलाई, बुद्धिलाई, शरीरलाई परमार्थमा लगाए संस्कार राम्रो हुन्छ । शुभ संस्कारले मानिसलाई ईश्वरका नजिक पु¥याउँछ । हृदय सधै प्रशन्न ह्न्छ । आफूलाई अजर अमर भन्ने बुझ्न सकिन्छ । म शरीर होइन, आत्मा हुँ भन्ने ज्ञान हुन्छ ।
प्रपन्च म होइन, मेरो हो भन्ने ज्ञान हुन्छ । अनाशक्त व्यवहार गरे जीवन मुक्ति र विदेह मुक्ति सहजै हुन्छ । ज्ञान गर्न घर छोड्नु पर्दैन । अद्धैत संस्थाले संग्रह हैन त्याग गर्न सिकाउँछ । हामीले त्याग गर्न सक्दैनौँ । अनित्यलाई नित्य भन्ने गर्दछौँ । त्यसैले दुःख चिन्ताबाट मुक्त हुन सकेका छैनौँ । हामीले अद्धैत संस्थाको रहस्यलाई बुझ्नुपर्छ र मुक्तिको ढोका खोल्नुपर्छ ।