डिजिटल प्रविधि : चुनौती र सुरक्षा

भुवन पोख्रेल

सामाजिक सञ्जाल भनेको इन्टरनेटको माध्यमबाट मानिसहरुलाई एकअर्कासँग जोड्ने अन्तरक्रिया गर्न मद्दत गर्ने र विचार, सूचना तथा सामग्रीहरु फोटो, भिडियो आदानप्रदान गर्ने डिजिटल प्लेटफर्म हो । यसले भौगोलिक दुरीलाई मेटाएर संसारभरका मानिसहरुलाई एउछै मर्चुअल समुदायमा गोलबद्ध गर्छ ।

विश्वभरीका मानिसलाई एउटै मञ्चमा उभ्याउने माध्यम हो सामाजिक सञ्जाल । अहिलेको विज्ञान र प्रविधिको युगमा सर्वोत्तम आविस्कार भनेकै सामाजिक सञ्जाल हो । सूचना र प्रविधिको तीव्र विकासले गर्दा फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, टिकटक जस्ता सामाजिक सञ्जालका प्लेफर्ममा मानिस सक्रिय भएका छन् । सामाजिक सञ्जालले व्यक्ति, समाज, व्यापार, रोजगारीलाई गहिरो प्रभाव पारेको छ ।

सामाजिक सञ्जालको प्रयोगले विश्वको जुनसुकै कुनामा बसोबास गर्ने मानिससँग अन्तरक्रिया गर्न सकिनछ । ट्वीटर, फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालले आफूलाई मनमा लागेको भावना व्यक्त गर्न फोरम दिएको छ । युट्युव र टिकटक जस्ता सञ्जाले आफ्नो प्रतिभा निखार्ने अवसर दिएको छ । सामाजिक सञ्जालको सही ढङ्गले प्रयोग गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहुँच कायम गर्न सकिन्छ ।
यसैबाट सर्वसाधारणलाई जनचेतना फैलाउन सकिन्छ । सामाजिक सञ्जाललाई सही रुपमा उपयोग गर्ने सोच हुँदा यसले व्यक्तिको मानसिक तनाव, अवशाद मात्र होइन अनेकन किसिमका विग्रहरुबाट पार पाउने ठाउँ बन्न पुगेको पनि देखिन्छ ।

यसको ठिक विपरित सामाजिक सञ्जालको नकारात्मक प्रयोग वा दुरुपयोग समेत भएका छन् । यही सञ्जालबाट मानिसहरु ठगिएका छन् । शोषित भएका छन् र अन्ततः आत्महत्या समे गर्न बाध्ष्य भएका छन् । कहिले त आत्महत्याको लाइभ ब्रोडकाष्ट समेत गर्ने गरेका छन् । सामाजिक सञ्जाल अहिले सुखदुःखका चौतारी हो, जहाँ हामी आफ्ना भावना अभिव्यक्त गर्दछौँ र कहिले काही जायजै कुरा व्यक्त गरिएको भए पनि त्यो समाजका लागि अपाच्य भइदिन्छ जसको कारण गालीका वर्षाले प्रताडित बन्नु पर्ने अवस्था पनि आउँछ ।

अरुको व्यक्तिगत मान मर्यादामा आँच आउने कुराहरु बिना प्रमाण अपलोड हुँदा आत्महत्याका घटनाहरु पनि घट्ने गरेको देखेका छौँ । पछिल्लो समय त फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल कतिले नियतबश ह्याक गरिदिन्छन् यसले त झनै ठूलो सास्ती व्यहोर्नु पर्दछ ।

सूचना प्रविधिको दु्रततर विकाससँगै सामाजिक सञ्जाल प्रतिको आकर्षण बढिरहेको छ । बालबालिका किशोरकिशोरीदेखि वृद्धवृद्धामा समेत सामाजिक सञ्जालप्रति मोह जागेको छ । पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सामाजिक जीवनलाई नै अक्रान्त तुल्याएको छ ।
डिजिटल दिनचर्याले सङ्कट निम्त्याएको छ । प्रविधिको प्रयोग मानिसले आफ्नो सहजताका लागि गरेको तर प्रविधिले नै मानिसका रुची, विचार, चेतना, भावना र सामाजिक मूल्यमान्यता र आस्थाहरुमा नियन्त्रण गर्न विडम्बना हो । डिजिटल प्रविधिको तीव्र विकास र विस्तारसँगै समाजमा परम्परागत सम्बन्ध दिनचर्या मर्चुअल दुनियामा रुपान्तरण भइ मानसिक स्वास्थ्यमा गम्भीर असर देखिएको छ ।

इन्टरनेट र स्मार्ट फोनको लतले बालबालिका तथा किशोरकिशोरीमा डिप्रेसन, चिन्ता र अनिद्रा जस्ता समस्या बढ्दै गएका छन् । सामाजिक सञ्जाल र कृत्रिम वृद्धिमत्ता एआइको अत्यधिक प्रयोगले ध्यान, धीरता र विवेकमा सङ्कट ल्याएको छ । जसलाई रोक्न बलियो डिजिटल सुरक्षा नीति आवश्यक छ ।

हामीले अहिले व्यस्त सार्वजनिक स्थल, चिया पसल, चौतारी वा घरपरिवारलगायत संसद भवनसम्म नियाल्दा कोही मानिस प्रत्यक्ष आमुनेसामुने भएर एकअर्कासँग बोलिरहेका हुँदैनन् बरु सबैका हात–हातमा एक–एक थान मोवाइल हुन्छ र सबै मोवाइलको चम्किलो पर्दाभत्रि घोत्लिँदै औंलाहरु चलाइरहेका हुन्छन् । वास्तविक संसारभन्दा मर्चुअल दुनियामा डुबेर घोत्लिनु नै आधुनिक दिनचर्या बनिसकेको छ र यही नै समाजका आधुनिक रुपात्न्तरणको ऐना बनिरहेको छ । बिहान ओछ्यानबाट ब्यूझिँदादेखि बेलुका विस्तारमा नसुतुन्जेल हामी सामाजिक सञ्जालमा अत्यधिक व्यस् हुन्छौँ ।

मोवाइलमा घोप्टीने संस्कृतिले हाम्रो चेतना सामाजिक मूल्य र संस्कार तथा राजनीतिक सचेतनालाई कता लैजाँदै छ । पहिलेको परम्परागत मूल्यमान्यतामा घरपरिवार छरछिमेक आफन्त इष्टमित्रलाई प्रत्यक्ष भेटेर गफगाफ र कुराकानी गर्ने, सुखदुःख साट्ने आड र भरोसा दिने साझ, बिहान चौतारीमा भेला हुने सामाजिक जीवनको अभिन्न अङ्ग थियो ।

समाज सुरक्षित लाग्दथ्यो तर जब डिजिटल दुनियामा समाज प्रवेश ग¥यो त्यही समाजमा दिनचर्या मर्चुअल दुनियामा रुपान्तरण बन्न पुग्यो । आमाबुबाले छोराछोरीलाई फकाउन वा खाना खुवाउनका लागि मोवाइल दिने प्रवृति बढ्दो छ । जसको फलस्वरुप सामाजिक सञ्जालको लतको सिकार बालबालिका र किशोरकिशोरी बन्न पुगेका छन् । बालबालिका तथा किशोरकिशोरी डिप्रेसन, चिन्ता जस्ता मानसिक समस्याहरु देखिन पुगेका छन् ।

हिजोका किशोरकिशोरीमा जस्तो आजकालमा धर्यता र ध्यान छैन । सोच्ने र ध्यान दिने क्षमतामा गम्भीर सङ्कट देखिएको छ । पहिले जस्तो लामा संवाद सुन्ने, उपन्यास पढ्ने क्षमता ह्रास आएर रिल्स र भिडियो मात्र हेर्न मन पराउने भइसकेका छन् । परीक्षा हलमा पनि विद्यार्थी नोट, पुस्तक सहित होइन स्मार्ट फोन सहितत समातिने घटनाहरु विकृत बनेको मात्र होइन अबको पुस्ता महिनौँ वर्षौ लगाएर पढ्ने स्मृतिमा राख्ने धैर्यता गुमाएर कृत्रिम वौद्धिकताको आत्मघाती शरण परीक्षा हलमा खोजेको छ यसलाई चुनौती नै ठान्नुपर्छ । ज्ञान आर्जन गर्ने कठिन यात्रा होइन सजिलो र तुरुन्त नतिजा खोज्ने स्क्रिन संस्कृतिको उपज हो । एआईको छिटो र व्यवस्थित काम गर्ने दक्षताले हामी आफ्नो मानिसक दक्षता गुमाउँदै छौँ । एआईले शब्द त दिन्छ तर मानवीय भावनालाई समेट्न सक्दैन । किनकि उ कृत्रिम बुद्धिमत्ता हो । अधिकारी सूचना कुन हो भन्ने भ्रम सामाजिक सञ्जालका भाइरल उत्तेजित हेडलाइनले समाजमा डर, आक्रेशको वातावरण फैलाइदिन्छन् ।

सामाजिक सञ्जाल केवल मनोरञ्जनको थलो मात्र नभई, हजारौँ युवाहरुका लागि स्वरोजगार र आर्थिक आत्मनिर्भरताको माध्यम पनि बनेका छन् । यसले दुरदराजमा लुकेका प्रतिभालाई सिधै विश्व बजारसँग जोडेको छ । यसको अर्को पाटो उत्तिकै चिन्ताजनक पनि देखिन्छ । भ्यूज र लाइक कमाएर पैसा र प्रतिष्ठा प्राप्त हुन्छ भन्ने भ्रामक प्रचारमा बाचेकाहरुलाई उत्तेजित सतही सामग्री बनाएर पैसा कमाउने होडबाजी पनि हुन्छ जसले गर्दा आम नागरिक सत्यतथ्यभन्दा भ्रामक प्रचारको पछि दौड्न्छन् ।

नेपाल जस्ता विकासोन्मुख मुलुकले पनि प्रविधिको प्रयोगबाट सिर्जित मानसिक तनाव, विकृत परीक्षा प्रणाली, फेक न्यूजको महामारीबाट समाजलाई जोगाउन बलियो र स्वायत्त डिजिटल सुरक्षा नीति निर्माण गर्नु आवश्यक छ । आजको विज्ञान र प्रविधिको युगमा प्रविधिको विरोध होइन नियमन आवश्यक देखिन्छ । सामाजिक सञ्जाल आधुनिक युगको बरदान मात्र नभई अभिसाप पनि बन्न पुगेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग समाजका लागि चुनौती बन्न पुगेको छ । सामाजिक सञ्जालको प्रयोग गरी समाजमा हुने घटनाले मानिसमा त्रास फैलाउने, धम्की, फिरौती लगायतका घटना बढिरहेका छन् । अपराधीहरुलाई मोवाइल फोन, कम्प्युटरु इत्यादीको प्रयोगल सहयोग पनि पुगेको छ । महिलाको चरित्र हत्या गर्ने, यौनजन्य विकृति फैलाउने नितान्त व्यक्तिगत सूचना सार्वजनिक गर्ने जस्ता डिजिटल क्राइम घट्ने गरेको देखिन्छ । अश्लिल भिडियो बनाएर बार्गेनिङ गर्ने, अपहरण गरेर फिरौती माग्ने जस्ता कार्यमा ठिजिटल प्रविधिको व्यापक प्रयोग भइरहेको छ ।

कम्प्युटर, मोवाइल, इन्टरनेट र डिजिटल नेटवकएको प्रयोग गरेर वा यिनीहरुलाई लक्ष्य बबनाएर गरिने कुनै पनि गैरकानुनी तथा अपराधिक गतिविधि नै साइबर क्राइम हो । यसमा व्यक्तिगत डेटा, ठगी, अनलाइन दुव्र्यवहार र प्रणालीमा अनाधिकृत पहुँच जस्ता कार्यहरु पर्छन् । सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने वा धम्क्याउने कार्य पनि अपराध हुन् ।

इन्टरनेट, कम्प्युटर र ठिजिटल प्रविधिको प्रयोग गर्दा देखा पर्ने विवाद, विद्युतीय अपराध र साइवर सुरक्षालाई व्यवस्थित बनाउन बनेको कानुन नियम साइवर कानुन हो । यसले डिजिटल डेटाको सुरक्षा, अनलाइन कारोबार र सामाजिक सञ्जालको सही प्रयोगलाई नियमन गर्दछ । इन्टरनेट र डिजिटल प्रविधिको प्रयोग गर्दा अपनाउनु पर्ने नैतिक सिद्धान्त र आचरणलाई साइवर नैतिकता भनिन्छ । यसले अनलाइनमा अरुलाई सम्मान गर्ने गोपनीयताको ख्याल राख्ने र डिजिटल संसारमा जिम्मेवार नागरिकको रुपमा सही र गलत छुट्याएर व्यवहार गर्न सिकाउँछ ।

डिजिटल प्विधको दु्रततर विस्तारसँगै अन्य देशहरुमा जस्तै नेपालमा पनि साइव अपराध बढ्दो प्रचलित र जटिल मुद्दा बनेको छ । पछिल्ला वर्षहरुमा नेपालमा साइवर अपराधमा उल्लेख्य वृद्धि भएको छ । यस अअवैध गतिविधिहरु जस्तो कि ह्याकिङ, पहिचान चोरी, अनालइन जालसाजी, फिसिङ घोटाला, साइवर बुलिङ र दुराशाययुक्त सामग्रीको प्रचारलगायतमा सीमित छैन, यो गम्भीर प्रकृतिका डेनियल अफ सर्भिस अट्यो जस्ता साइवर अपराध समेत देखिएका छन् ।

कुनै पनि क्षेत्र सूचना प्रविधको अधिनमा पुगेको छ । आधुनकि सञ्चार सेवा तथा व्यवासय र डाटा भण्डारणका लागि डिजिलट प्लेफर्महरुमा बढ्दो निर्भरतासँगै समाजका विभिन्न क्षेत्रहरुमा भएको दु्रत डिजिटलीकरणले व्यक्ति, व्यवसाय र समाजमा साइवर खतराहरुको सभ्भावित प्रभावलाई बढाएको छ ।

नेपालमा साइवर अपराधसम्बन्धी कानुनी ढाँचा मुख्यतया विद्युतीय कारोबार ऐन २०६३ हो । यसको परिच्छेद ९ मा केही कसुरु सजाएको व्यवस्था गरिएको छ । त्यही ऐन मात्र वर्तमान अवस्थामा पर्याप्त छैनन् । अभिभावक सचेत हुने हो भने बालबालिकालाई साइवर अपराध गर्ने वा त्यसको सिकार हुने दुवै अवस्थाबाट जोगाउन सकिन्छ ।

कोरोनाको समयमा घरभित्र थुनिएर बस्नु पर्दा समय कटाउने माध्यम सामाजिक सञ्जाल बनेको थियो । देशभरका शैक्षिक संस्था बन्द हुँदा बालबालिकाले बन्द कोठामा इन्टरनेटको माध्यमबाट मर्चुअल कक्षामा रमाउन सिकेका हुन् । मर्चुअल कक्षाका कारण बालबालिकाको इन्टरनेट सितको निकटता बढेको हो । स्मार्ट फोन, कम्प्युटर वा ल्यापटप उनीहरुका अधिकांश विद्यालय तथा कलेजमा विद्यार्थीले लामो समयमसम्म सामाजिक सञ्जालमा बिताउने गरेका छन् । फेसबुकका इमाmे युट्युब, हाट्सअफ, ट्वीटर, इन्स्टाग्राम, टिकटक, स्न्याप आदि सामाजिक सञ्जाल उनीहरुको रमाउने थलो बनेका छन् ।

बालबालिकाले इन्टरनेट चलाउँदा अभिभावकले निगरानी गर्ने, बालबालिकाले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन् । कुन–कुन साइट हेर्छन्, फेसबुकमा के कुरा पोस्ट गर्दै छन् । उनीहरुका साथी कस्ता छन् जस्ता कुरामा सचेत हुनुपर्र्छ । साइवर अपराध र साइवर कानुनको बारेमा पनि सचेत गराउनुपर्छ ।

साथै बालबलिकाले पनि आफू साइवर अपराधबाट पीडित भएको अवस्थामा अभिभावकलाई भन्नुपर्छ र अभिभावकको सहयोगमा प्रहरी कार्यालय गई उजुर गर्नुपर्छ । नेपालमा साइवर अपराध नियमन गर्ने विद्युतीय कारोबार ऐन २०६३ बनेको छ । ऐनको दफा ४७ मा उल्लिखित, विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने भन्ने व्यवस्था अन्तर्गत सामाजिक सञ्जालसम्बन्धी साइवर अपराधको अनुसन्धान गर्ने गरिएको छ ।

जसमा कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सागग्री, कसैप्ति घृणा फैलाउने, महिलालाई जिस्क्याउने, हैरान गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई समेत अपराधिक दायित्वभित्र समेटी अनुसन्धान गरिँदै आएको छ ।

यी कार्य गर्नेलाई हाम्रो कानुनले पाँच वर्षसम्म कैद वा एक लाख रुपयाा जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । विद्युतीय अपराध विरुद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचो देखिन्छ । सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

पछिल्लो समय इन्टरनेटको हवात्तै प्रयोग बढेको छ । यसले मानिसहरुलाई जोडेको पनि छ र टाढा पनि तुल्याएको छ । केही घटनाहरु हेर्ने हो भने नेपालको साइवर स्पेस खतरामा छ । देश विदेशबाट नेपालको साइवर स्पेसमा कम्प्युटर, मोवाइल,र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम रोकिएको छैन । सरकार दुरसञ्चार र इन्टरनेट सेवा प्रदायका बैंक, एयरलायन्स लगायतका कम्पनीका अझै आक्रमण भइरहेका छन् ।

कतिपय अवस्थामा नेपाल साइवर अपराधको हब बन्दै जान सक्ने सम्भाव्यतालाई पनि नर्कान सकिँदैन । साइवर समस्याको मूल जड भने अधिकांश इन्टरनेट तथा कम्प्युटर प्रयोगकर्तामा साइवर थ्रेट बारे आधारभूत जानकारी नहुनु नै हो जसले साइवर सुरक्षाको चुनौती पनि बढ्दै गएको हो । विद्युतीय अपराधका घटनाहरु बढ्नुमा राज्यको विद्युतीय सुरक्षा न्ीति र लगानीको खाँचो देखिन्छ ।

सूचना प्रविधिको प्रयोग उच्चत्तम प्रयोग गरेमा मात्र जोखिम न्यूनीकरण गर्न सकिन्छ । नेपालमा साइवर अपराध विरुद्धको अभियान अहिलेको आवश्यकता हो ।