‘त्यतिबेला अहिले जस्तो यातायातको सहज पहुँच थिएन्, रा १ ख एक सय २७ नम्बरको बस मैले किनेर सल्यान–रुकुम सेवा दिए । मैले मेरो यातायात क्षेत्रको यात्रा रा १ ख एक सय २७ नम्बरको बसबाट सुरुवात गरेको हो ‘यातायात व्यवसायी धनविर डाँगीले भने ।’
आफै सोच्नुहोस् त त्यो बेला बिहान हिडेको बस कपुरकोट साढे १२ मा बल्ल तल्ल पुग्ने गथ्र्यो । विगत दुई दर्शकदेखि यातायात क्षेत्रमा लागेका यातायात व्यवसायी धनवीर डाँगीले मुस्कुराउँदै आफ्ना विगतका पलहरू र विगतका खुसीहरू साट्दै आफू अहिले पनि यातायात क्षेत्रमा नै लागि रहेको सुनाए ।
उमेरले ६२ वर्ष भएका उनी अहिले पनि उत्तिकै सक्रिय छन्, चाहे त्यो यातायातको क्षेत्रमा होस् वा गाउँघरमा हुने साना ठुला कार्यक्रमदेखि मानवीय सहयोग सहकार्यमा निःस्वार्थ भावले लागि रहेको बताउँछन् । सल्यान जिल्लाको रिममा जन्मिएका डाँगीले २०५८ सालदेखि यातायात क्षेत्रमा लागेको र आफू यसैमा खुसीका साथ कर्म गरेको सुनाए । ‘म निरन्तर २०५८ सालदेखि यातायात क्षेत्रमा छु म यसैमा खुसीका साथ रमाएको छु’ उनले भने ।
तुलसीपुर यातायात प्रालिको तुलसीपुर –सल्यान रुटको संयोजकको जिम्मामा समेत पाएका डाँगीले दुर्गम क्षेत्रमा जनतालाई यातायात सेवा प्रवाह गर्न पाउँदा आफू निकै खुसी भएको सुनाए । ‘मैले हुनेसँग लिने र नहुने सयौँलाई सहयोग गरेको छु, चाहे त्यो भाडा नहुने होस् वा अन्य दुःख बिरामी परेकालाई मैले विगतदेखि सेवा गरिरहेको छु म यसैमा खुसी छु’ डाँगीले भने । मानवीय सेवा आफ्नो धर्म भएको भन्दै यात्रुहरूको सेवानै आफ्नो ठुलो सेवा भएको बताए ।
डाँगीले आफू सधै आफ्नो पेसामा सन्तुष्टी र अरूलाई मर्दा पर्दा सेवा सहयोग गर्न पाउँदा खुसी हुने गरेको बताए । नेपाल स्वतन्त्र मजदुर सङ्गठन दाङ जिल्ला कमिटिको सदस्य समेत रहेका डाँगीले आफ्नो पेसा व्यवसायीहरूका समस्या सामाधानका लागि लाग्न पाउँदा अर्को खुसी मिलेको सुनाए ।
त्यस्तै उनले अहिले आफूले ७ वटा गाडीहरू विभिन्न दुर्गमदेखि सुगम रुटमा सञ्चालन गरेको भन्दै यातायात नपुगेको दुरदराजमा समेत सेवा प्रवाह गर्दा निकै खुसी लाग्ने गरेको सुनाए । ‘मैले अहिले साना गाडीहरू विभिन्न रुटमा सञ्चालन गरेको छुँ त्यो पनि दुरदराज र अलि फरक ठाउँमा त्यहाँका जतनालाई सहज यातायात सुविधा दिन पाउँदा म खुसी छु’ उनले भने ।
डाँगीले आफ्ना ४ भाई छोराहरूलाई स्वदेशमै बसेर काम गरिरहेकाले पनि त्यसमा अर्को खुसी मिलेको सुनाए । ‘म २०५८ सालदेखि ४ दिनमात्र यातायात क्षेत्रविहीन भए अहिले पनि मेरा ३ भाइ छोराहरू यातायात क्षेत्रमा नै लागेका छन्’ उनले भने । डाँगीले छोराहरूले पनि स्वदेशमै आफ्नो क्षेत्रलाई समातेर कर्मगरी रहेकाले पनि आफू त्यस्मा खुसी भएको सुनाए ।
‘मेरा छोराहरू पनि एउटा नेपाल आर्मीमा छ, तीन भाइ यातायात क्षेत्रमा नै छन् त्यसमा पनि म खुसी छु’ डाँगीले भने । उनले अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा छोराहरूले यातायात सेवा प्रवाह गरेकाले पनि खुसी मिलेको सुनाए । डाँगीले आफू यातायात क्षेत्रका लाग्दा घरपरिवार र सबैबाट सहयोग मिलेकोमा पनि खुसी व्यक्त गरे । ‘मलाई यो क्षेत्रमा लाग्दा सबैले सहयोग गर्नुभएको छ म अहिले पनि सबैको साथ सहयोग पाइरहेका छुँ यो पनि मेरो लागि खुसीको कुरा हो ।
इन्द्रा डाँगी उनको श्रीमतीले पनि आफू यो क्षेत्रमा लाग्दा सहयोग साथ दिएको बताए । ‘मेरो श्रीमती पनि खुसी छन् मैले श्रीमती कै नाम गाडीमा राखेको छुँ डाँगीले भने ।’ सबैका सहयोग र सबैका मनमा बस्न सफल सहज र विजासीला डाँगीले पुराना यातायात व्यवासी हुन् ।
प्रस्तुति : बालाराम खड्का