हाम्रो चिनारीको समीक्षात्मक चर्चा

 

खगराज न्यौपाने

आज मेरो हातमा नेपाल निवृत्त शिक्षक समाज दाङद्वारा प्रकाशित हाम्रो चिनारी स्मारिका रजत विशेषाङ्क आइपुगेको छ । यो २०८२ साल वर्ष २० अङ्क ४ को हो । कभर पृष्ठमा हातमा माला पुस्तक र दुई हातले विणा समाएकी पद्मासनमा विराजमान भएकी सरस्वतीको सुन्दर चित्र रहेको छ ।

भित्रतिर हेर्दा दाड जिल्लाको स्थानीय तह विभाजन गरेको मान चित्र रहेको छ यसको तलबाट विवरण दिएको छ । यसमा तीन किसिमका सम्पादन समितिहरू राखिएकाछन्।मूल सम्पादन समितिमा संरक्षक गोविन्द पौडेल, प्रधान सम्पादक पद्मप्रसाद शर्मा सदस्यमा रामप्रसाद जैशी रहनुभएको छ । विशेष सम्पादन सहयोग समितिमा संयोजक बलदेव अधिकारी, सचिव ज्ञानेन्द्र गौतम सदस्यहरूमा तीनजना रहनुभएको छ । भेषराज आचार्य, केशवराज पोख्रेल र पुस्कर बस्नेत रहनुभएको छ ।

सम्पादन सहयोग समितिमा पाँचजना रहनुभएको छ । चेतराम चौधरी, प्रेमबहादुर केसी, मोहन वली, दामोदर न्यौपाने र मदनकुमार पौडेल रहनुभएको छ । त्यसपछि वर्तमान कार्यसमितिको नामावली छ गोविन्द पौडेल अध्यक्ष, पद्मप्रसाद शर्मा उपाध्यक्ष, सीता पौडेल महिला उपाध्यक्ष, दामोदर पाण्डेय सचिव, विद्या लम्साल सहसचिव, शिव रेग्मी कोषाध्यक्ष, सदस्यहरूमा ११ जना शालिकराम यादव, चेतराम चौधरी, राजकुमार थापा, कृष्ण पौडेल, चन्द्रबहादुर वली, प्रेमबहादुर केसी, मोहनलाल वली, वृन्दा योगी, सोमबहादुर वली, योगबहादुर यादव, विनोद राना केन्द्रीय प्रतिनिधिमा ७ जना हुनुहुन्छ ।

शंकर दिवस मजगैया, गोविन्द न्यौपाने, हरिप्रसाद गौतम, शशिधर ज्ञवाली, शशिधर केसी, जगतराम यादव, विष्णुप्रसाद आचार्य, शंकर दिवस मजगैया केन्द्रीय वरिष्ट उपाध्यक्ष, गोविन्द न्यौपाने केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ भने सल्लाहकारहरूमा विष्णुप्रसाद अधिकारी, लालमणि पन्त, पुरुषोत्तम खनाल, माधव न्यौपाने, खगराज न्यौपाने, राजेन्द्रप्रसाद चौधरी, भीमकान्त दहाल, कपिलदेव खनाल, खुमानन्द अधिकारी, डिल्लीराज खनाल, गरी १० जना रहनुभएको छ ।

यसमा केन्द्रीय अध्यक्ष ईश्वरबहादुर श्रेष्ठ र केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर दिवसको शुभकामना सन्देश रहेको छ । यसपछि सम्पादकीय र प्रकाशकीय छुट्टा छुट्टै पेजमा रहेका छन् । यसपछि विषय सूची छ । यसमा ७३ सङ्ख्या रहेको छ । अब पेज १ देखि २२८ सम्म विविध सामग्रीहरू रहेका छन् । १ पेज देखि १०९ पेजसम्म स्रष्टाहरूका सिर्जनाहरू छन् ।

स्रष्टाहरूको सङ्ख्या भने ५६ मात्र रहेको छ । यसमा कविता, कथा, बिवन्ध, संस्मरण संस्कृति, गजल, चुड्किला, गीत, गणितीय लेख, अङ्ग्रेजी भाषाका लेखहरू छन् । ईश्वरीप्रसाद पाण्डेयको गृहकार्य जाच्दा ध्यान दिनु पर्ने कुराहरू, उद्धव न्यौपानेको शिक्षा क्षेत्रमा टेडयुनियनको भूमिका, करिस्मा विकको विद्यार्थीको दृष्टिमा गुणस्तरीय शिक्षा, कुलराज घिमिरेको गणितका कुराहरू, कृष्णगिरी खकनको नक्कली फादर्सडे, कृष्णप्रसाद आचार्यको आपसी सहयोग, कृष्णबहादुर बस्नेतको विद्यार्थीको रोजाइ तीनकुने दह, कृष्णराज पौडेलको राजनीतिक जागरण, केवल प्रसाद आचार्यको मेराअप्रत्यक्ष गुरु सर्बपल्ली राधाकृष्ण खगराज न्यौपानेको स्वाभिमान, खगेश्वर शर्माको आमाको पीडा, खेमराज शर्माको सरहामीलाई विदेश जाने कुरा सिका उनोस्, गिरिराज खनालको सत्कर्म नै ईश्वरप्रतिको आधार गंगानाथ कोइरालाको छैटीको महत्व, डा गोविन्द आचार्यको स्वर्गद्ववारी, गोविन्द पौडेलको सकारात्मक चिन्तन र आनन्दित जीवन रहेको छ ।

गोविन्दप्रसाद न्यौपानेको सेवा निवृत्त शिक्षक र योग साधना, गोविन्दराज रिजालको कस्तो शिक्षक, चन्द्रकान्त लम्सालको माता पवित्रादेवी साङ्गवेद विद्यालय शुक्रवार दाङ चन्द्रबहादुर वलीको शैक्षिक अवस्था र चिनारी, जगतबहादुर बस्नेतको सत्यतातिर लागौँ, जगतराम यादवको युग–युगका सारथी गुरुवर्ग ढुण्डिराज पाख्रेलको मेरो जीवन कथा र निवृत्त समय, दीपबहादुर खत्रीको मनको भाव, दुर्गाबहादुर बस्नेतको घर, देवीराम शर्माको चुट्किलाहरू, नवराज रजौरेको हाम्रो पहिचान र कर्तव्य, नुमाकान्त न्यौपानेको निवृत शिक्षक तिमी महान छाँै, पद्मप्रसाद शर्माको अन्तर्वार्ता, पुस्कर बस्नेतको जीवनको यथार्थ, पोमाकान्त भण्डारीको नोकरीका तीन अक्षर, बलराम ज्ञवालीको उत्तरार्धजीवीहरूको जीवनमार्ग रहेको छ ।

बोधिराज घिमिरेको गुणस्तरीय शिक्षा, मधुसूदन गौतमको इङ्गलिस लिट्रेचर असर्भे एन्ड एडभेन्ट इन् नेप्लिज लिटेचर, मदनकुमार आचार्यको जीवनको यथार्थ, मदनकुमार पौडेलको शिक्षक पेसा र निवृत्त जीवन, माधवनाथ योगीको दर्पण, मोहनलाल वलीको निवृत्त जीवनका समस्याहरू, मंगल पि चौधरीको, समइम्पारटेन्ट लाइन्स एन्ड पाइट्स लिप्स योगबहादुर यादवको सत्य कुरा, राजेन्द्रप्रसाद चौधरीको शिक्षाको गुणस्तर घट्यो कि बढ्यो, रामहरि रिजालको हाउ इङ्लिस किभ्स इभोल्भीड एभ्री इएर, लुमाकान्त भण्डारीको गंगा मलाई भुल्ने छैनौँ, लोकमणि शर्मा ज्ञवालीको हाम्रो आफ्नै स्वभाव, लोकराज आचार्यको सपना पनि सत्य सावितसम्वन्धी लेख रहेको छ ।

विष्णुप्रसाद घिमिरे को दुई कविता, वीरबहादुर रावतको नयाँ वर्ष, शशिधर ज्ञवालीको जेन–जी आन्दोलन प्रति मेरो दृष्टिकोण, शेषमणि शर्मा घिमिरेको स्वावलम्बन, श्रीधर शर्माको म र मेरो स्मृति, सन्तोष जैशीको विद्यार्थीको दृष्टिमा गुणस्तरीय शिक्षा, सीता अधिकारी पौडेलको पिता माताजीले सोचे जस्तो हुन गयो, सूर्यप्रसाद पौडेलको होसियार बनौ सबै उनको मनमा छैनन् हरि, हरिप्रसाद गौतमको सर्ट टिक्स मल्टिपिकेसन, ज्ञानेन्द्र गौतमको निवृत्त शिक्षक र योग साधना, ज्ञानेन्द्रप्रसाद पाण्डेयकोे नैतिक शिक्षाको महत्व, रुद्रमणि शर्माको राप्ती गापा देउखुरीको प्रतिवेदन, कपिलदेव खनालको गढवा गापाको प्रतिवेदन, तुलसीराम अधिकारीको लमही नगरसमितिको प्रतिवेदन, पूर्णवहादुर चौधरीको राजपुर गाउँपालिकाको प्रतिवेदन, दामोदर न्यौपानेको तुलसीपुर नगर समितिको प्रतिवेदन, टेकबहादुर पाण्डेको शान्तिनगर गाउँपालिकाको प्रतिवेदन, लक्ष्मण देवकोटाको दंगीशरण गाउँपालिकाको प्रतिवेदन, गोपालप्रसाद शर्माको बबई गाउँपालिकाको प्रतिवेदन, बलदेव अधिकारीको घोराही नगर समितिको प्रतिवेदन, सोमबहादुर वलीको बंगलाचुली गाउँपालिकाको प्रतिवेदन, पेज १ देखि १०९ सम्म विभिन्न विधाका लेख रचनाहरू रहेका छन् भने ११० देखि १३१ पेजसम्म विभिन्न स्थानीय तहका प्रतिवेदनहरू रहेका छन् । १३२ पेजदेखि १६५ पेजसम्म आजीवन सदस्यहरूको विवरण रहेको छ ।

२०७५ देखि २०८० सम्म १६६ पेजदेखि २०४ पेजसम्म नयाँ आजीवन सदस्यहरूको विवरण छ । यसमा प्रत्येक पालिकाको आजीवन सदस्यहरूको विवरण छुट्टा छुट्टै मिलाएर राखिएको छ । यसभित्र रहेका ५६ वटा लेखमध्ये ३ वटा अङ्ग्रेजी भाषामा छन्, दुईवटा गणितमा छन् भने बाँकी ५१ वटा लेखहरू नेपाली भाषामा लेखिएका छन् । कुल ५६ लेखमध्ये २ वटा मात्र महिलाका छन् भने बाँकी ५४ वटा पुरुषका छन् । यसरी हेर्दा लेखन कलामा नारीहरूको उपस्थिति एकदमै कम देखिन्छ । २०५ पेजमा २०८०÷१२÷७ देखि हालसम्म दिवंगत शिक्षकप्रति श्रद्वाञ्जली व्यक्त गरिएको छ ।

२०६ देखि २०८ पेजसम्म २०५९÷१२÷३ देखि हालसम्म विभिन्न समयमा भएका अधिवेशनको क्रमबद्ध इतिहास पद्मप्रसाद शर्माको लेख रहेको छ । २०९ देखि २१० पेजमा नेपाल निवृत्त शिक्षक समाज दाङको पालिकास्तरीय समितिको विवरण रामप्रसाद जैशीको आलेखमा रहेको छ । २१२, १३ पेजमा नेपाल निवृत्त शिक्षक समाज दाङको प्रतिवेदन सचिव दामोदर पाण्डेको रहेको छ । २१५ पेजमा आर्थिक प्रतिवेदन आयव्यय रहेको छ । पेज २१६ देखि २२५ सम्म विद्यालयबाट प्राप्त शुभकामनाहरू रहेका छन् । २२६÷२७ मा संस्था दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर राखिएको छ । २२८ पेजमा हाम्रो चिनारी अङ्क १ देखि ३ अङकसम्म । चौथो अङ्क तयारी गर्दाका चित्रहरू रहेका छन् ।

हाम्रो चिनारी स्मारिका रजत विशेषङ्कको कभर पृष्ट बाहेक अगाडि १० पेज र पछाडि २२८ पेज रहेको छ । यो कृतिमा ऐतिहासिक दस्तावेजले भरीपूर्ण सुन्दर इतिहास सुरक्षित रहेको छ । कभर पृष्ट ज्यादै सुन्दर र आकर्षक रहेको छ । गुणस्तरीय कागजले कृतिलाई वजनदार देखाएको छ । समितिका साथीहरूको मेहनतको कारण विज्ञापनबाट राम्रो आम्दानी भएको देखिन्छ । यति ठुलो कृतिमा शुद्धता पुर्याउन सकेकोमा सम्पादक मण्डललाई मुरी का मुरी धन्यवाद दिन जुनसुकै पाठकको पनि मन खुलेर आउँछ । अन्तमा यो संस्था र यसमा आवद्ध भएका कार्य समिति, सम्पादक मण्डल, आजीवन सदस्य सबैको उत्तरोत्तर उन्नतिको कामना गर्दै समीक्षात्मक आलेखलाई विश्राम दिन चाहन्छु ।