मन नै मानिसको मित्र र शत्रु

गुरुप्रसाद शर्मा रेग्मी

हे कृष्ण मैले जीवनमा कतिलाई सताएको हुम्ला । कतिलाई चोट पु¥याएको हुम्ला । ती सबै गलत कर्मको दिनोस् । सबैलाई आफ्नो देख्ने मेरो तेस्रो आँखा खोली दिनोस् र पुण्य कर्म गर्ने तर्फ मलाई उत्प्रेरित गरिदिनुभयो भने पापमा पर्ने छैन ।

खेती गर्ने मानिस कहिले भोको रहँदैन । कुकर्मको महलभन्दा सुकर्मको झोपडी सुन्दर र सुखद् हुने गर्दछ । अर्जुले कृष्णलाई विन्ती गरेपछि कृष्ण प्रसन्न भएर जो ज्ञान जानेका कुरा भन्नुभएको थियो । त्यही ज्ञान जुनको उपदेशलाई पाठकहरुको सामु पस्किने जमर्को गरेको छु ।

हाम्रो यो शरीर पनि एउटा मेसिन नै हो । मेसिनबाट अनेक उर्जा निस्के झै मानिसको शरीरबाट पनि सकारात्मक, नकारात्मक उर्जा प्रभावित भइरहेको हुन्छ । हाम्रो शरीरबाट प्रभावित हुने नकारात्मक उर्जाले (हर्मोन) मानिसको शरीरमा पचहत्तर प्रतिशत रोग व्याधहरु उत्पन्न गराइदिने गर्दछ तर सकारात्मक सोचको हर्मोनले उसलाई सधै स्वस्थ स्वच्छ निरोगी बनाइदिएर जीवन सफल र सार्थक बनाइदिएको हुन्छ । यो संसार वास्तवमा दुनियाको अद्वितीय एवम् सर्वश्रेष्ठ, चमत्कारी मानव मस्तिस्कलाई सदुपयोग गर्नसक्ने हो भने तौर तरिका जान्ने हो भने जुनसुकै कार्य पनि सहजरुपमा गर्न सकिन्छ ।

वास्तवमा भन्ने हो भने उसको लागि असम्भव भन्ने शब्द नै हुँदैन । देवताहरु पनि मानिस भएर जन्म लिन चाहनुको यही कारण हो । मानिसको मस्तिष्कको केवल द्वस प्रतिशत मात्र चेतन मस्तिष्क हुन्छ । नब्बे प्रतिशत अवचेतन मस्तिष्क रहेको हुन्छ ।

दश प्रतिशत चेतन मस्तिष्कले काम गरिरहेको छ भन्ने कुराको तितो सत्य बुझेर आफ्नो अवचेतन मनलाई उजागर गराउनेतर्फ गरेको सानो प्रयासले उसको जीवनमा ठुलो परिवर्तन आउन सक्दछ । वैज्ञानिकहरु ऋषि मुर्तिहरु, दार्शनिकहरु महाप्रभुहरुले यही अवचेतन मनलाई चलायनमान गराएकाले नै उनीहरुको जीवन सफल र सार्थक भएको छ । इतिहासको पानामा सधै जीवित रहेका छन् ।

आजको मानिसमा द्वेष, इष्र्या, वैमनस्यता बढ्दै गएको देखिन्छ । यही अस्वस्थ प्रतिस्पर्धाले मानिस मानिसमा खुट्टा तानातान, मारामार भइरहेको देख्नु परेको छ । यही देखेर त कृष्णले गीतामा भनेको हुनुपर्दछ– मानिसको मन नै मानिसको परमित्र र परशत्रु पनि हो । जब मनभित्र बन्दछन् ।

संसारमा उसले राम्रा–राम्रा कामको अनुभव र अनुभूति गर्दछ । आफूलाई त्यस्तै कार्यमा समायोजित गर्दै जान्छ । आफ्नो पहिचान बनाउँदै जानु एउटा कल्प वृक्ष्य हो । उसको काखमा बसेर मानिसले जे जस्तो राम्रो नराम्रे सोच राख्दछ, त्यही पाउँदछ ।

त्यसैले यो कल्प वृक्ष्यकोमुनि बसेर कसैको माथि द्वेष इष्र्या भाव राख्नु भनेको नकारात्मक सोच हो । यो विष पनि हो । द्वोष भाव अर्थ हुन्छ– एउटा मानिसले अर्को मानिसको स्थूल या शुक्ष्म प्राप्तीलाई स्वीकार नगर्नु उसको राम्रो स्थिति र परिस्थितिलाई स्वीकार गर्न नसक्नु नै दोष हो इष्र्या हो ।

एउटा मानिसलाई सुख सुविधा सहुलियतको कुनै कमी नभए पनि मानिस कहिले पनि सुखी र शान्त हुन सक्दैन । मानिसको काम, क्रोध, लोभ, मोह, अहंकारले कालो पर्दाले उसको शरीर आच्छादित गरिदिएको हुन्छ । उसको जीवन निरर्थक र अस्तित्वहीन बनाइदिएको हुन्छ ।

एउटा मानिसको जस्तो मन हुन्छ । उसको हेर्ने दृष्टि पनि त्यस्तै हुन्छ । मानिसको दृष्टिलाई चलायमान गराउने मन नै भएकाले मानिसको भूत, भविष्य, वर्तमान कस्तो हुन्छ, के हुन्छ भन्ने कुरा पनि राम्रै सोच र चिन्तनमा निर्भर गर्दछ । धान, मकै, गहु जे रोप्यो त्यही फल्छ । मकै छरेर धान फल्दैन भन्ने कुरा बिर्सन हुँदैन ।

जीवनको उन्नती प्रगतिको आधार पनि यही चिन्तन नै हो । यदि मानिसको सोच सकारात्मक भयो भने अरु कसैलाई गलत असर नगरी स्वयम् आफूलाई अनेक अवसर जुटाइदिन्छ तर यदि सोच नकारात्मक भयो भने आफूलाई मात्र हैन, अरुर्ला पनि बिगार्ने र नराम्रो असर दिने गर्दछ । जब त्यही मन शत्रु बन्दछ ।

मानिसलाई नकारात्मक सोचतर्फ क्रियाशील बनाउँदछ । पल–पलमा हीनताबोध गराउँछ । अपोन्नतीतर्फ घचेटिरहेको हुन्छ । मानिसको भाग्य कसैले लेखेको हुँदैन । जन्मेबेला कोरो कागजमा आफ्नो भाग्य आफै लेख्ने हो । कसैको भाग्य राम्रो नराम्रो बन्ने आफ्नै कर्म र धर्मले हो । त्यसैले आफ्नो धर्म र कर्मलाई सकारात्मक बनाउने प्रयास गर्नुपर्दछ ।