त्रिभुवननगर जेसीजको खुल्ला रक्तदान कार्यक्रम, ५१ युनिट रगत संकलन

दाङ,३१ जेठ । विश्व रक्तदाता दिवसका अवसरमा घोराहीमा ५१ युनिट रगत संकलन भएको छ । ‘रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस’ भन्ने उद्देश्यका साथ त्रिभुवननगर जेसीज घोराहीको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्रविधिक सहयोगमा आइतवार घोराहीस्थीत जेसीज सचिवालयमा भएको खुला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको हो ।

विश्व रक्तदाता दिवसका अवसरमा रगत संकलनसँगै रक्तदान कार्यक्रममा सहभागी बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ५१ जनाले रक्तान गरेको त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाटले जानकारी दिएका छन् । त्रिभुवननगर जेसीज अध्यक्ष मिनराज भाटको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्ीय सचिव एवं ’घोराही बनाऔँ अभियान’का संयोजक सविन प्रियासनको प्रमुख आथ्यिता एवं रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले रक्तदान कार्यक्रममा सहभागी बढाउनका सचेतनामुलक कार्यक्रममा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्रियासनले रक्तदान सम्वन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेर रत्तःदानका कार्यक्रममा सहभागी बढाउनुपर्नेमा जोड दिएका थिए । रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपाने रगत संकलनमा कमी हुँदा कतिपय अवस्थामा बिरामीलाई रगत पु¥याउन समस्या हुने गरेको बताए । चाहिने रगत लिने तर दिनुपर्छ भन्ने भावनाको विकास नहुँदा दाङमा रगतको समस्या हुने गरेको बताए ।

त्रिुभवनगर जेसीज घोराीका अध्यक्ष भाटले मानव जीवनमा रगतको महत्त्वबारे प्रकाश पार्दै समयमै रगत नपाएर कसैको पनि अकालमै ज्यान नजाओस् भन्ने उद्देश्यले खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको बताएका थिए । कार्यक्रम संयोजक पुकार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा श्रीसन अधिकारीजेले जेसीज आस्था गराएका थिए । कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसीजका सचिव रणबहादुर खड्काले गरेका थिए । ‘परिवर्तनशील विश्वका लागि नेतृत्व विकास’ भन्ने मूल नारा र जेसीजको ‘प्रोजेक्ट संकल्प २०२६’ अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।