गीताले के दिन्छ

गुरुप्रसाद शर्मा रेग्मी

विचार

यो संसारको सम्पता संस्कृतिको सनातनीय धरातलमा नै चेतनाको विकास र विस्तार हुने गर्दछ । चेतनाको संकुचनले सभ्यता, संस्कार, संस्कृतिलाई विकृतितर्फ घचेटिरहेको हुन्छ भने चेतनाको विकासको समुन्नती, समन्वयन, सहअस्तित्वलाई अगाडि बढाइरहेको हुन्छ ।

त्यसैले हाम्रा कुलका युगपुरुषहरुले विभिन्न माध्यमबाट हामीलाई सभ्य, मर्यादित बनाउनेतर्फ मात्र नलागेर रोग, भोक, शोकको भुमरीमा पिल्सिएका मानिसलाई अविरल बग्ने शीतल जल भएको गीता ज्ञान गंगाको धारामा नुहाएर आफू भित्र रहेको दीव्य उर्जालाई जागृत गराएर आफ्नो जीवन सफल र सहज बनाउन सकिन्छ ।

वास्तवमा पुराणभन्दा, दर्शनभन्दा, विद्धलाभन्दा, मापनभन्दा धेरै माथिको उच्चस्तरको ज्ञान दिने गीता नै हो । यो गीताले दिने ज्ञान केवल सैद्धान्तिक भाषण मात्र नभएर व्यवहारिक ज्ञान मात्र देख्न सकिन्छ । त्यसैले यसमा तर्क वितर्कको अन्तर द्वन्द्वमा नलागेर अनुमोदन र अनुकरण गर्नेतर्फ लाग्ने हो भने उसको लागि असम्भव भन्ने कुरा नै आउन सक्दैन ।

गीताले स्पष्ट रुपमा भनिदिएको छ कि अध्यात्मता र भौतिकताको अन्तर सम्बन्ध नै जीवनको सारतत्व हो । यो विषयको विषयवस्तुलाई लिएर तर्कवितर्कका चर्चा परिचर्चाको कुनै आवश्यकता नै देखिँदैन तर वर्तमानका केही मानिसले यही विषयलाई अन्तर द्वन्द्वको विषय बनाएर तर्कवितर्क गर्दा मानिसलाई विगतमाभन्दा बढी दुःखी, अशान्त, विचलित हुनुपरेको छ । हामीलाई थाहा छ हाम्रो यो शरीर भौतिक हो तर हाम्रो आत्मा र अन्तरमुखी क्रियाकलापहरु आध्यात्मिक हो ।

यदि मानिसहरुको आत्मारुपी आध्यात्मिकता र भौतिकरुपी शरीर अन्तरबिचको अन्तरसम्बन्ध सन्तुलित हुन सकेन भने आत्मा र शरीरको सम्बन्ध अस्तित्वहीन हुन्छ । यदि सन्तुलित भयो भने आत्मा र शरीर अस्तित्ववान हुन्छ । गीताले यही जानकारी दिँदा अपेक्षा गर्ने मानिसको जीवन असफल र अस्तित्वहीन भएर मृत्यु पर्खेर बस्नु पर्ने हुन्छ ।

मौरीले फूलको रस खोजेर बनाएको मह उसले खान पाउँदैन या त सुकेर जान्छ, या अरुले लगेर खान्छ । उसको श्रम नै उसको लागि अभिश्राप बन्दछ । त्यसैगरी मानिसले पसिना चुहाएर ठुलो त्याग श्रम गरेर सम्पत्ति संग्रह गर्दछ । आउने बेला रित्तो हात र नांगो शरीर लिएर आएको हो । जाने बेला पनि त्यसैगरी जाने हो । जानेबेला उसको साथमा जाने र इतिहासको पात्र कर्म र धर्म नै हो । यदि एउटा मानिससँग मानवता झिकिदिने हो भने उ पनि अरु प्रणाली झै प्राणी मात्र हुन्छ मानवतासँग जोडिएको केही पनि हुँदैन भन्ने ज्ञान गीताले नै दिन्छ ।

यो गीताले मानिसर्ला व्यवहारिक धरातलीय कुरा गर्दा गर्दै परमार्थिक सत्ताको कुरा पनि उठाउँदछ । अज्ञानतालाई उठ्ने नदिएर मोह मायालाई जलाएर नन्द पारिदिने ग्रन्थ हो भन्दा अन्युक्ति नहोला । यस पुस्तकमा विधि, विभेद, पूजा, आजा, क्रिया, कर्म, ददान दातव्य, तीर्थ, व्रत, भजन, कीर्तन, योग। समाधि जस्ता कुरालाई वैज्ञानिकताको परिधिमा राखेर देखाउने गरेको पाइन्छ । सही अर्थमा गीतालाई हेर्ने हो भने यो ज्ञाननै ज्ञानको सागर हो । ज्ञान नै साधना हो । यसले मानिसलाई विवेक र ज्ञानको ज्ञानकारी गराउँदछ । मनुष्य जीवन सार्थक र सफल बन्दछ ।

तिमीले पाएको यो शरीर न तिमीले जन्माएको हो, नबनाएको हो । न तिमीले यसको सुरक्षा नै गर्न सक्दछौँ । न तिमीले यो शरीरलाई सदा सुखी राख्न नै सक्दछौँ । यो शरीर तिम्रो भएको भए तिम्रो अनुकुल चालु पर्ने थियो चल्दैन । निरोगी होस् भन्यो रोग लाग्दछ ।

दुःखकष्ट नहोस् भन्यो, दुःखकष्टको पहाडले च्यापिनु पर्दछ यसलाई कसरी आफ्नो भन्नु यो शरीर केही समयको लागि भोग गर्न दिएको नासो हो । यो नासोको रुपमा पाएको शरीर हो । जसको हो, उसलाई बुझाउनै गर्दछ । यस्तो शरीरलाई मेरो भनेर दम्भ गर्नु चोरी वा डकैती गर्नु जस्तै हो । गीताको यो सारतत्व मानिसको अनुकुल नभएकाले प्रतिकार गर्नु नै सबैभन्दा ठुलो मुर्खता हो यही मुर्खताको उ सधै अतृप्त हुने गर्दछ ।