युवराज शर्मा
नेपालमा राजनीतिक सङ्गठनहरु विसं. १९९७ सालदेखि गठन हुँदै गए । पहिलो राजनीतिक सङ्गठनका नेता टंकप्रसाद आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् थियो । त्यो सङ्गन समय अनुसार बिलायो, सक्कियो र मासियो पनि ।
नयाँ रुपमा परिणत हुन सकेन । त्यस सङ्गठनको उद्देश्य नै राणा शासन विरोधी थियो । राजा त्रिभुवन शाह राणाहरुको नजरबन्द जस्तो भएका थिए । उनीहरुको इशाराबिना कतै जान र राजाले गर्ने आदेश पनि दिन पाउँदैनथे । आफूलाई अधिकार सम्पन्न गराउनका लागि राजदरबारका कर्मचारीहरुलाई प्रयोग गर्न लागे । जसमा कृष्णप्रसाद कोइराला प्रयोगकताए बनेका थिए ।
उनका दुई पत्नी थिए । पहिलो पत्नीबाट मातृकाप्रसाद कोइराला दोस्रो पत्नीबाटका विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला थिए ।
राणाहरुले सुराकी गरेको थाहा पाएपछि कृष्णप्रसाद कोइरालालाई दरबारबाट निस्काशन गरिदिए । त्यसपछि उनी भारतको कलकत्तामा बस्न गएका थिए । उनकै साथमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला पनि गएका थिए तर मातृकाप्रसाद गएनन् । उनी नेपालमा नै बसेका थिए ।
भारतमा निर्वाचित भएका विश्वेश्वरप्रसाद कोइरालाको सम्पर्क भारतीय विश्वेश्वर प्रसाद कोइरालाको सम्पर्क भारतीय नेता मनोहर लोहिवासँग भयो । भारतमा पनि ब्रिटिस सरकारको शासन विरुद्धमा संघर्ष चर्केको थियो । उनकै साथमा भारतको आन्दोलनमा विश्वेश्वरप्रसाद कोइराला पनि समावेश भएर आन्दोलनमा भाग लिएका थिए ।
उनको राजनीतिक यात्रा सुरु भएको थियो । उनलाई राजनीतिमा चासो बढ्यो । उनले विसं. २००६ सालमा नेपाली कांग्रेसको स्थापना गरेका थिए । यो स्थापना भारतको कलकत्तामा भयो । यसको उद्देश्य राजालाई शक्ति प्रदान गर्ने थियो । यही उद्देश्य पूरा गराउन भारतसँग सम्बन्ध स्थापना गरेर राजा त्रिभुवनलाई भारतीय दुतावासमा शरण लिन पठाएको र पछि भारतको दिल्ली ल्याएर भारतीय नेताहरुबाट राणाहरुलाई दबाब दिएको पाइन्छ ।
विसं. २००७ सालमा राजा त्रिभुवन हवाई जहाजबाट झर्दा नेपाली टोपीमा थिए हातमा प्रजातन्त्रको दस्तावेज थियो । त्यही दस्तावेजबाट संविधान बनाएका थिए । नेपाली कांग्रेसको स्थापनापछि २००६ साल भाद्र महिनामा नेता मनमोहन अधिकारीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । नेता विश्वेश्वरप्रसाद कोइराला र नेता मनमोहन अधिकारी भानदाई नाता पर्ने विश्वेश्वरप्रसाद कोइराला थिए ।
उनी पहिले कांग्रेसका थिए भनेपछि मामा भाइसँग कुरा नमिलेपछि नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए । उनी नेरबहादुरका साथ लागेर पार्टी खोलेको बुझिन्छ । यिनीहरुको पार्टी खोल्नुको उद्देश्य नेपालका गरिब वर्गको उत्थान गर्नु र देशको विकास गर्नु थियो । नेता मनमोहन अधिकारी आफू प्रधानमन्त्री २०५१ सालमा भएपछि आफ्ना भाइ भरतमोहन अधिकारी थिए ।
दुवै दाजुभाइ मिलेर सामाजिक सुरक्षा भत्ताको जग मासिक एक सय रुपैयाँबाट सुरु गरेका हुन् । अहिले एकल महिला, दलित वर्ग र उमेरका आधारमा सामाजिक सुरक्षा भत्ताको व्यवस्था छ । सैमा वृद्धवृद्धाहरुको मन शान्त भएको पाइन्छ । २०५२ सालमा कम्युनिष्ट नामको माओवादीको उदय भयो । यसको उद्देश्य के थियो भन्न सकिन्न तर जङ्गलमा बसेको माओवादीलाई घरमा ल्याउने काम तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।
नेपालमा राजनीतिक उथलपुथल एउटा उद्देश्यका लागि हुन्छ तर काम कुरो भन्ने एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने उदाहरण जनताले पाएका छन् । जब जेन–जी विद्रोह गर्ने वातावरण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बनाए, तब उनीले विद्रोहलाई दबाउन ७६ जना जेन–जी भाइबहिनीको रगत बगाए । उनी प्रधानमन्त्री पदबाट राजिनामा दिएर भागेका भगौडा प्रधानमन्त्री भए ।
२०८२ भाद्र २३ गतेको गोली काण्ड ऐतिहासिक भयो र २०८२ फागुन २१ गते निर्वाचन भयो । जनताको मतको परिणाम नेपालको विकासका लागि भयो । रास्वपाले १८२ सिट जित्यो । यो जित बालेन्द्र शाहको थियो । झापा–५ बाट केपी शर्मा ओलीलाई अत्यधिक मत ल्याएर बालेन्द्र शाहले जितेका थिए । उनको जित ऐतिहासिक थियो । सुशासनको सुधारको आधार नै बनेका थिए– बालेन्द्र शाह । रास्वपाका वरिष्ठनेता नै प्रधानमन्त्री बने र देशमा सुधारको आधार बनेका छन् । भन्छन्– जनता रवि, बालेन सुधार गर्छन् ।
नेपाललाई ३६ वर्षसम्म बन्धक बनाएका शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दहाल प्रचण्ड थिए । यिनीहरु यो देशको प्रधानम्नत्री बनेर गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएका थिए । कलङ्क बनेका छन् । शासन पद्धतिमा प्रणाली बसाल्ने, सुशासन बनाउने, कानुनी राज्यको स्थापना गर्ने भन्ने उद्देश्य लिएर रास्वामा अगाडि बढेको छ । यस पार्टीका अध्यक्ष वा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह छन् । यिनीहरुको उद्देश्य पूरा गर्न सुधारको आधार बनाएका छन् । पुराना दलहरुको विदाइ र नयाँ दलहरुको उदय नै देशको मुहार बदलिनु हो । इमानदार योग्य र दक्षमतावान नेताहरुको नेतृत्व भएमा मात्र देशले रुप बदल्ने छ र धेरै युवाहरुले स्वदेशमा रोजगार बन्ने थिए । रवि र बालेनले सुधारको ढोका उघार्ने आधार तय गर्ने छन् ।