गोरक्ष समाचारदाता
दाङ, २२ जेठ । दाङ महिला जेसीजले जेसीज सप्ताह मनाउने भएको छ । जेठ २३ देखि ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन थालेको हो । महिला जेसीजले पत्रकार सम्मेलनको आयोजना गरेर जेसीज सप्ताह मनान लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा दाङ महिला जेसीजका अध्यक्ष अर्चना शर्माले जेठ २३ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको जानकारी दिएकी हुन् । कार्यक्रम सफल बनाउन आरधनासिंह ठकुरीलाई मूल संयोजक तोकिएको छ ।
अध्यक्ष शर्माका उनका अनुसार २३ गते एसइई परीक्षामा चार जिपिए ल्याउने विद्यार्थी सम्मान कार्यक्रमको संयोजक माया चौधरीलाई तोकिएको छ । २४ गते हुने खुल्ला रक्तदान कार्यक्रमका लागि अन्जु घर्तीलाइ संयोजक तोकिएको छ ।
भने २५ गते हुने आधुनिक जीवन शैली र मानसिक स्वास्थ्य विषय अन्तरक्रिया कार्यक्रमका लागि दीपा पुनलाई संयोजक तोकिएको छ । यसैगरी रेमन्ता पुन संयोजकत्वमा २६ गते युवाहरूसँग वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिने अध्यक्ष शर्माले जानकारी दिइन् ।
यसैगरी २७ गते स्लो स्कुटी रेस प्रतियोगिता आयोजना गरिने भएको छ भने प्रतियोगिताको संयोजकको जिम्मा पिया रोकालाई दिइएको छ । २८ गते उज्यालो भविष्यका लागि हातेमालो शैक्षिक सामग्री सहयोग कार्यक्रम गरिने भएको छ । जसको संयोजकको जिम्मेवारी संजिता सुनारलाई दिइएको छ । यसैगरी ३० गते जेसीज सप्ताहको समापन तथा साहित्यिक कार्यक्रम गरिने भएको छ ।
जसको संयोजकको जिम्मा सुलोचना शर्मालाई गरिएको छ । पत्रकार सम्मेलन दाङ महिला जेसीजका अध्यक्ष अर्चना सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण महासचिव वसन्ती सुवेदीले गरेकी थिइन् ।