calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

टिप्परको ठक्करबाट चौधरीको मृत्यु

दाङ,५ मंसिर । दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत लमही–६ बेलदमारमा टिप्परले मोटरसाईकलाई ठक्कर दिदा कृषि ज्ञान केन्द्र दाङमा कृषि प्रसार अधिकृत पदमा कार्यरत घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी बन्धुराम चौधरीको मृत्यु भएको हो ।

चौधरीले चलाएको रा १ ब ५८७ नम्वरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा रा १ ख १२७१ नम्बरको टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम प्यूठानको औलेनीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमबाट फर्कने क्रममा चौधरी सवार मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो ।