तुलसीपुर, २० जेठ । नेपाल नेत्रज्योति संघ दाङ शाखाको बैठक सम्पन्न भएको छ । मंगलवार सम्पन्न बैठकले संघको विधान अनुसार विभिन्न रिक्त पदमा पदाधिकारी तथा सदस्यहरुलाई मनोनित गरेको छ ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल नेत्रज्योति संघको परिच्छेद ४ को (ञ) मा भएको निर्णयानुसार जिल्ला कार्यसमिति दाङको जिल्ला सदस्यको पद रिक्त रहेकोले उक्त रिक्त रहेको जिल्ला सदस्यमा जुनकुमारी बुढालाई नेपाल नेत्रज्योति संघ दाङको जिल्ला कार्यसमितिको बैठकबाट बाँकी अवधिका लागि मनोनित गर्ने निर्णय छ ।
त्यस्तै नेपाल नेत्रज्योति संघको विधान अनुसार जिल्ला कार्यसमितिको निर्वाचन पश्चात सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट पदाधिकारीको पदभार निर्धारण गनुपर्ने भए बमोजिम रिक्त रहेको सहसचिव पदमा जिल्ला कार्यसमिति दाङका सहकोषाध्यक्ष प्रणवकुमार खड्का, सहकोषाध्यक्षमा जिल्ला कार्यसमिति सदस्य छन्दबहादुर जिसीलाई मनोनित गर्ने निर्णय गरिको नेपाल नेत्रज्योति संघले जानकारी दिएको छ ।