गुरुप्रसाद शर्मा रेग्मी
यो संसारमा मानिसको सामु आइ पर्ने जस्तोसुकै परिस्थिति र वातावरणसँग सामञ्जस्य गर्न सक्ने निकै गहिरो सतह भएको दार्शनिक, सैद्धान्तिक वैज्ञानिक तथो व्यवहारिक कार्यको जस्तोसुकै स्थितिमा सरल सामञ्जस्थ स्थापित गर्न सिकाउने र सिक्ने शैक्षिक पूर्णताको रुप गीतामा देख्न सकिन्छ ।
त्यसैले यसलाई वेदको सारतत्व भएको भन्ने र मान्ने गरिन्छ । नेपालका स्कुल कलेज विश्वविद्यालयको पठनपाठनको भाषा अङ्ग्रेजी भएकाले नेपालीहरु यही भाषाबाट नै शिक्षित र दक्षित बनेका हुन्छौँ । हाम्रो बोलीचालीके भाषा नेपाली भए पनि पदीय जिम्मेवारीको भाषा अङ्गेजी नै हुन्छ । जसले गर्दा हामीले हरेक संस्कृतको शब्दकको अङ्ग्रेजीमा अर्थ खोजेर पाउन सकिँदैन ।
तैपनि हामीले संस्कृत शब्दको त्यही अनुरुप बुझ्नु र व्यवहारमा प्रयोग गर्न खोज्नु नै जटिल समस्या बन्न गएको हुन्छ । हामीले धर्मको वास्तविक भाव, मर्म, अर्थ, अङ्ग्रेजी शब्दमा खोज्न थाल्यौँ भने त्यो अर्थको अनर्थ भएर धर्मलाई संकुचनको गलत बाटोमा लैजाने काम हुन्छ ।
धर्मको लागि प्रयोग हुने अङ्गेजी शब्द रिलिजनले न धर्मको भाव र मर्म बुझाउन सक्दछ । न वास्तविक अर्थ नै बुझाउन सक्दछ । यो सत्यतालाई बुझ्न र बुझाउनेतर्फ हाम्रँे कुनै प्रयास नहुनु र आयातित संस्कार संस्कृतितर्फ हाम्रो ध्यान बढी केन्द्रित हुँदै गएकाले हामीलाई सम्पन्नतामा पनि विपन्नताको बोध गर्नु परेको छ ।
सनातन धर्ममा शास्त्रहरुको विशाल भण्डार छ तर हामी सनातनी धर्मावलम्बीहरुले एउटा दुईवटा पनि देखेका हुँदैनौँ । यी ग्रन्थहरु पढ्ने र बुझ्ने कुरामा प्राथमिकता पनि दिन सकेका हुँदैनौँ । यिनै सनातन धर्मका शास्त्रहरु पढेर बुझेर अनुभव र अनुभूति गरेर त्यसैलाई आफ्नो देशको उन्नती र प्रगतिको बाटोमा धेरै अगाडि बढेको देखिन्छ ।
यही सनातन धर्मको मुल ग्रन्थ र सिद्धान्तको वैज्ञानिकतामा सामञ्जस्थ स्थापित गर्न विभिन्न तरिकाले तार्किक व्याख्या विश्लेषण भएको कुनै पनि अन्य धर्मको पाठक कुनै द्धिविधामा परेको देखिँदैन तर अङ्गेजी संस्कार संस्कृतिको नक्कल गरेर आफूलाई सभ्य र भव्य सम्झने नेपालीहरु मुखबाट छुवाछुत, जातपात, जातिप्रथा, धार्मिक आडम्बर, परम्परावादी जस्ता सतही कुराको अपव्याख्या गरेर यसैलाई मासलेदार बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न राजनीतिको बाटो समाएर हिडेकाले उनीहरुको राजनीति पनि सफल भयो न आफ्नो जीवन सफल र सार्थक बनाउन सकेका छन् ।
यस्तै असफल व्यक्तिहरुको थलो राजनीति बनेको हुन्छ र उनीहरुको धर्म हुन्छ ‘यनि हाउ पैसा कमाऔँ’ यसैमा उनीहरुको जीवनको सार्थकर्ता हराएको हुन्छ । गणतन्त्रको संविधान लेख्ने क्रममा त्यतिबेलाको नेपाली पत्रिकामा प्रकाशित भएको एउटा समाचारमा एउटा विहारका नेताले नेपाली कांग्रेसका नेतासँग भनेका थिए ।
तपाईहरुले कसैको दबाबमा परेर आफ्नो संविधानमा धर्म निरपेक्षता नराख्नु होला । भारतको एउटा प्राप्त जस्तो नेपालले सङ्घीयताको जाँतो घाँटीमा पनि नटुङ्ग्यानुहोला । यसले तपाईहरुको घाँटी दुख्ने मात्र हैन जीवनभर दुःखकष्ट मात्र भोग्नु पर्ने छ । विदेशीले नेपाललाई गरिब बनाएर पछि लगाउने मात्र हैन । यहाँको स्रोतसाधनको दोहन गरेर आफू सम्पन्न बन्ने गहिरो षड्यन्त्र हो ।
यसमा सचेत हुनु भनेका थिए तर विदेशीका झोले नेतृत्वहरुले जो नगर्नुपर्ने थियो, त्यही गरी छाडे । देशलाई भोग्नु परेको ३५ वर्षको लामो अवस्था र व्यवस्थाले देशलाई कुन अवस्थामा पु¥याएको छ । आज हामी नेपालीलाई त्यही घाँटीमा टङ्गिएको धर्मनिरपेक्षता र सङ्घीयताको जाँतो पन्छाउन कति ठुलो प्रयास गर्नु परेको छ ।
के धर्म विज्ञान हो भन्ने प्रश्नको हम कसैसँग ठुलै ठोस उत्तर छैन । कहीँ कतैबाट यस्तो प्रश्न आउँदा आफूलाई थाहा भएजस्तो लाग्ने तर शब्दमा प्रकट गर्न नसकेको अवस्था हुन्छ । हामीले न आफ्नो परिवेश के हो । त्यो जानेका छौँ । न बाबुआमा बाडो जस्ता पूर्खालाई केही नजाने जंगली अवस्थाका भन्न पनि सकेका छौँ ।
आफ्नो परिवेशलाई पनि आधुनिक भौतिक विज्ञानको दृष्टिकोणबाट बुझ्न र बुझाउन सक्दछौँ । हामी यस्तो दयनीय अवस्था बसेका छौँ कि पढेर पनि हामी मूर्ख बनेका छौँ । यतिबेलाको देशको राजनीतिक अवस्था र व्यवस्थाले मानिस भन्ने र मान्ने सबै आधारहरुलाई भ्रष्टाचार र लुटतन्त्रको आधिले सबै कुरा अस्तव्यस्त र ध्वस्त बनाइदिएको छ । दानवताबाट मानवतामा बसाल्ने धर्म नै हो ।
यसैले सबैलाई आ–आफ्नो संस्कृति र संस्कारमा बस्न सिकाउँछ भन्ने कुरा हामीलाई गीताको शब्द–शब्दले भन्दा पनि नसुन्ने नदेख्ने हामीले आफूलाई मान्छे भन्न पनि लाज मान्नु पर्ने अवस्था भएको छ । हामीले गीता पाठ गछौँ, पूजा गर्छौँ तर त्यसले हामीलाई भनेको कुरा नसुन्छौँ, न मान्छौँ भने त्यो पाठ गर्नु न कुनै प्रतिफल मिल्छ, न धर्म प्राप्ती हुन्छ भने किन गर्ने ?