स्वस्थ जीवन उन्नतिको स्वपान हो

एकराज शर्मा अधिकारी

हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो परम्परा, वेद पुराण ऋषिमहर्षि सबैले स्वस्थ भई बाच्न सिकाएको छ । स्वस्थ जीवनबाट नै मानिसको शारिरीक मानसिक वौद्धिक आध्यात्मिक क्षमताको वृद्धि हुन्छ । स्वस्थ जीवनयापन गर्न सर्वप्रथम दिन चर्यामा ध्यान दिनुपर्छ ।

दिनचर्या भनेको बिहान सबेरै उठ्नु, ईश्वरको स्मरण गर्नु, शुद्ध पानी पिउनु, व्यायाम गर्नु, स्नान गर्नु, शुद्ध सात्विक भोजन गर्नु, यी कर्म नियमति गर्नु नै दिनचर्या हो । दिनचर्याले आहारविहार व्यवहारमा शुद्ध राख्छ । हरेक मानिस सुखका लागि कार्य गर्छन् तर मानिस दुखी छन् । रोगी छन् किन ? सदाचारको अभाव छ दुःख भित्रनै सुख लुकेको हुन्छ । सदाचारको पालना गर्नु नै धर्म र कर्तव्य हो ।

आजकल मानिसको दिनचर्या नियमित छैन, सदाचारको पालना कसैले गर्दैन, सदाचार भनेको सज्जनको आचरणलाई पालना गर्नु हो । आजकल शिक्षित मानिसमा पनि सदाचारको कमी छ । वर्तमान शिक्षा प्रणालीले यो बाटो देखाएको छैन । पहिले स्वास्थ्य र शारिरीक शिक्षाको पढाइ हुन्थ्यो । वैद्धिक शिक्षाको पढाइ हुन्थ्यो ।

आजकल शिक्षित हुँ भन्ने व्यक्तिले पनि गुण दोषको वास्ता गर्दैनन् । यद्यपी अन्तरिक्षका ग्रह बाराहरुको गति पत्ता लगाउन जानेका छन् । तर आफूले आफैलाई बिर्सेका छन् । हाम्रो स्वास्थ्य र संस्कृति धर्मसँग सम्बन्धित छ । हाम्रो लापरवाहीले रोग उत्पन्न हुन्छ । जसले प्रकृतिको स्वभाव अनुसार ऋतु परिवर्तन हुन्छ, त्यस्तै हाम्रो शरीर पनि ऋतु अनुसार परिवर्तन हुन्छ ।

त्यसैले ऋतुअनुसार आहारमा ध्यान दिनुपर्छ । दिनचर्या पनि समय अनुसार परिवर्तन हुन्छ । उहिलेका मानिस र अहिलेका मानिसमा दिनचर्या फरक–फरक छन् । उहिलेका मानिस बिहान सबेरै उठ्थे, स्नान गर्थे, पूजा पाठ गर्थे, त्यसपछि काममा लाग्थे, महिलाहरुले ढिकी जाँतो गर्थे, घाँस दाउरा काट्न वन जान्थे, पुरुषहरु कुटो कोदाली लिएर खेतबारीमा जान्थे । बिहानको काम गरिसकेर ताजा खान खान्थे ।

पशुपालन सबैले गर्दथे । मही, दुध, दही, घिउ खान्थे । स्वच्छ हावा लिन्थे । स्वच्छ पानी पिउथे, बिमारी भए आयुवेदिक उपचार गर्दै रिष्टपुष्ट तेजिला र निरोगी थिए । कोही–कोही पढेका थिए, धेरै अपठित थिए, तर मासिन इमानदारी थिए । सानो खरको घरमा बस्थे, मानिससँग भन्दा प्रकृतिसँग सम्बन्ध राख्थे । खोलाको पानी पिउथे, माटोको भाडोमा पानी राख्थे, सबै जाति मिलेर बस्थे, मिलेर चाडपर्व मनाउथे ।

सबै सुखीसँग स्वस्थ थिए । आज त्यसको विपरित मानिस व्यस्त छन् । खाने, बस्ने, फुर्सद छैन, ठुला–ठुला महलमा बसेका छ्न, शारीरिक काम कसैले गर्दैन । जे पायो त्यही खाना खान्छन् । श्रम गर्ने ठाउँमा योग गर्दछन् ।सात्विक आहार गर्ने ठाउँमा तामसिक आहर गर्छन् । शुद्ध बोली र व्यवहार छैन । सर्वत्र छलकपड मात्र छ । मानिस व्यक्तिवादी बनेका छन्, सबैको हात–हातमा मोवाइल छ, दुनिया त्यसैमा भुलेको छ, स्वस्थ जीवनयापन कसरी गर्ने भन्ने थाहा नै छैन ।

स्वस्थ जीवन ईश्वरको बरदान हो । धर्मको तत्व नबुझेका, स्वस्थ जीवनको महत्व नबुझेका, कतिपय मानिसले धर्मलाई सदाचारलाई रुढीवादी भनेर आनादर गर्दछन् । यस्तो गर्नु हुँदैन, हामी कर्मलाई साथै लिएर जन्मिएका हाँै । कर्मलाई साधै लिएर जान्छौँ, शरीर नाश हुन्छ, जीवन नाश हुँदैन । जीवनले कर्म गर्दा जन्म लिइरहन्छ । त्यसैले हाम्रो शास्त्रले भोग मात्र होइन योग गर्न सिकाएको छ ।
स्वस्थ जीवन बिताउन आहारविहार व्यवहार शुद्ध गराई योगमा जोड दिनुपर्छ । दिनचर्यामा ध्यान दिनुपर्छ । कर्म गर्दा पाप पनि हुन्छ पुण्य पनि हुन्छ । पापात्मा नरकमा जान्छन्, धर्मात्मा स्वर्गमा जान्छन्, स्वर्ग गए पनि पुण्यको क्षय भएपछि पुनः पृथ्वीमा जन्म लिनुपर्छ । पुण्यले पापलाई समाप्त गर्न सक्दैन, पुण्य र पाप भोग नगरी समाप्त हुँदैनन् ।

नामुक्तम क्षियते कर्म कल्पकोटी सतैरपी गीता । प्रत्येक मनुष्यले बिहान उठेपछि नसुत्दासम्म शरीरलाई उपयोगी हुने कार्यमा लगाउनुपर्छ । पृथ्वीमा केही पनि मानिस अमर भएर जन्मेका हुँदैनन् तर रोगबाट टाढा बन्न सकिन्छ । बुद्धिमान मानिसले ब्रहाम मूर्तमा उठ्नुपर्छ । ब्राहमहरुले सुत्ने मानिसको पुण्य क्षय हुन्छ । ब्रहमा मूर्त भनेको बिहान चार चौविसदेखि पाँच बाह्रसम्मको समय हो । सूर्य उदाउनुभन्दा अगाडि उठ्नुपर्छ । नकारात्मक सोच कहिले गर्नु हुँदैन । दिनमा भोग गर्न हुँदैन । साँझ नपर्दै भोजन गर्नुपर्छ । दत्त धावन र स्नान नृत्य गर्नुपर्छ । मानिसको जीवनशैली अस्तव्यस्त छ । ऋतु परिवर्तन भएको बेला भोजनको परिवर्तन गर्ने सके स्वस्थ जीवनयापन गर्न सकिन्छ ।