दाङ, १२ जेठ । आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट बिनियोजन गर्ने समयलाई मध्यनजर गर्दै जेसी संवेदनशीलत सम्बन्धी दाङका स्थानीय तहहरुसँग छलफल गरिएको छ ।
जिल्लाका ६ वटा स्थानीय तहहरुमा स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी स्थानीय सरकारसँग अन्तरक्रिया गरिएको हो । जिल्लाको ग्रामीण भेगका ६ वटा गाउँपालिकाहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । फेरमेड फाउण्डेशन नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा जिल्लामा सञ्चालित प्रेरणा परियोजना अन्तरगत जिल्लाको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा छलफल गरिएको थियो ।
कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा लगायत सम्बन्धीत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा फेरमेड फाउण्डेशन नेपालका समावेशीकरण तथा स्वास्थ्य प्रवद्र्धन विशषज्ञ तुलसीराम खनालले स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । उहाँले समावेशिकरणका आयामहरु, समावेशिकरण गर्नुपर्ने समूहहरु, सेवाग्राहीहरुले स्वास्थ्य सेवाको उपभोग गर्दा झेल्नुपर्ने बाधाहरु, लैंङ्गिक दृष्टीले हुने ढिलाई, सामाजिक समावेशिकरण किन ?, योजना र बजेट तयार गर्दा ध्यान दिनुपर्ने विषय, चरणहरु लगायतका विषयमा जानकारी गराएका थिए ।
योजना र बजेटमा जेसी संवेदनशीलता भएमा सबै नागरिकको समाज स्वास्य अधिकार सुनिश्चित हुने, महिला, दलित, जनजाति, आदिवासी, अपांगता भएका र पिछडिएका समुदायको पहुँच बढ्ने, स्वास्थ्य सेवमा रहेको असमानता र विभेद घट्ने, रोगको समयमा नै पहिचान उपचार र रोकथाम प्रभावकारी हुने बताए ।
साथै उनले उपेक्षित उष्टप्रदेशीया रोग भएका लाग्ने लाञ्छना र सामाजिक बहिष्कार कम हुने, सेवाको गुणस्तर स्वीकार्यता र प्रभावकारिता बढ्ने अपेक्षा व्यक्त गरे । कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले नागरिकहरुलाई कसरी सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा आँफूहरु चिन्तीत रहेको बताउदै यसलाई थप प्रभावकारी बनाएर अगाडी बढ्ने बताएका थिए ।
पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमको समापन शान्तिनगर गाउँपालिकामा गरिएको छ । गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले प्रेरणा परियोजनाले वेवास्ता गरिएका रोगहरुको निवारणका लागि काम गरिरहेको बताउदै जेसी संवेदनशीलताको विषयमा पालिका गम्भीर भएको बताए ।उनले आगामी दिनमा स्वास्थ्यमा पनि यस विषयलाई गम्भीरताका साथ अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका फोकल पर्सन संगीता राईले जानकारी गराएका थिए ।