दाङ, ११ जेठ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा दाङ र प्यूठान जिल्लाका सञ्चालित विभन्नि महिला सामाजिक उद्यमी सहकारी संस्थाका प्रतिनिधिसँग व्यवसायिक योजनाका बारेमा छलफल भएको छ । महिला सामाजिक उद्यमी सहकारी सस्थाका अध्यक्ष र व्यवस्थापकसँगै प्रदेश तथा प्रदेश सरकारका प्रतिनिधि, बैंकिङ तथा बिमा क्षेत्रका प्रतिनिधिबीच घोराहीमा छलफल भएको हो ।
हेफरको क्लस्टर पिचिङ कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा सहभागी सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकले कार्यक्रममा आफ्नो संस्थाको वर्तमान अवस्था, गरेका उपलब्धि, सहकारी सञ्चालनका क्रममा भोग्नु परेका चुनौतीसँगै आगामी योजनाका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा सहकारीका अध्यक्ष र व्यवस्थापकसँग सरोकारवा निकायले सहकारी क्षेत्रको विकास, उद्यमशीलता प्रवद्र्धन, संस्थागत सहकार्य एवम् लगानीका अवसर र सम्भावनाका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्ण न्यौपाने र घोराही उपमहानगरपालिकाका सहकारी प्रवद्र्धन तथा रोजगार शाखा प्रमुख प्रेम केसीले सहकारी सञ्चालनका व्यावहारिक पक्ष, लगानी व्यवस्थापन र आगामी लगानीको योजनासँगै रोजगारीका सन्दर्भमा छलफल गरेका थिए ।
कार्यक्रमको अध्यक्षता हेफर इन्टरनेशनलका राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन शाखाका प्रवक्ता एवम् वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले सहकारी संस्थाहरू आफ्नो उद्देश्य अनुरूप सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । उनले उद्यमशीलता प्रवद्र्धनसँगै खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि व्यावहारिक र दीर्घकालीन व्यवसाय योजना तयार गर्नुपर्नेमा जोड दिएका थिए ।
हेफर इन्टरनेशनलका क्षेत्रीय वरिष्ठ कार्यक्रम संयोजक प्रकाश केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उद्देश्यबारे आशुतोष तिवारीले जानकारी गराए । कार्यक्रममा दाङ र प्युठानका विभिन्न क्षेत्रमा सञ्चालित आठ वटा सामाजिक महिला उद्यमी सहकारी सस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । हेफर इन्टरनेशनल नेपालले कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत विभिन्न सहकारी संस्थामार्फत महिलाहरूलाई उद्यमशीलताको क्षेत्रमा प्राविधिक, वित्तीय र व्यावसायिक सहयोग पु¥याउँदै आएको छ ।