तुलसीपुर, ९ जेठ । तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको जुरपनिया–मैनतारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयन भएको छ ।
शनिवार भएको समितिको अधिवेशवनबाट सर्वसहम शेषमणी कवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा बिशेषण वली, सचिवमा दामोदर बस्नेत, कोषाध्यक्षमा माधव वली चयन भएका छन् । संस्थाको कार्यसमिति सदस्यहरूमा पातली सार्की, हाँसीराम नेपाली, देवराज वली, वीरबहादुर नेपाली, दलजीत वली, छवि घर्ती र इन्द्रबहादुर बस्नेत चयन भएका छन् ।
नयाँ कार्यसमितिको पहिलो बैठकले निर्वाचन सफल बनाउन सहयोग गर्ने राजनीतिक दल, निर्वाचन समिति तथा सम्पूर्ण उपभोक्ताप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव दामोदर बस्नेतले जानकारी दिएका छन् । निर्वाचन समितिको संयोजकमा रामबहादुर ओली र सदस्यहरूमा सूर्यबहादुर बस्नेत र गीता कुमारी पौडेल रहेका थिए। नवनिर्वाचित कार्यसमितिले खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार गर्दै उपभोक्ताको हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।