दाङ, ९ जेठ । दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा बिबिएसको अध्ययन पूरा गरेका चौथो वर्षका विद्यार्थीको आज शनिबार बिदाई गरिएको छ । कलेजमा बिबिएस चौथो वर्ष–२०७९ को ब्याचले घोराहीको होटेल पौवामा एक कार्यक्रमको आयोजना गरि बिबिएस चौथो वर्ष( २०७८ को ब्याचलाई बिदाई गरेका हुन ।
बिबिएस चौथो वर्षका विद्यार्थी समिक्षा बन्जाडेको सभापतित्वमा एवं क्याम्पस प्रमुख लालमणी बसेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीलाई टीका, खादा,माला र मायाको चिनो प्रदान गरि बिदाइ गरिएको थियो। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बसेलले अध्ययन पूरा गरेका विद्यार्थीलाई आफ्नो ब्यक्तिगत बिकाससगै समाजमा सिर्जनात्मक कार्य गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रमका बिशिस्ट अतिथी कलेजका पूर्व प्रमुख बामदेव लम्सालले विद्यार्थीलाई कलेजमा सिकेको ज्ञान र सिपलाई समाजमा रुपान्तरण गर्न आग्रह गर्नुभयो । कार्यक्रमका बोल्दै रिसर्च कोर्डिनेटर प्राध्यापक नौलाबहादुर खड्काले विद्यार्थीलाई अन्य कलेजको तुलनामा मार्क कलेजमा शिक्षासगै सस्कार, अनुशासन, आत्मनिर्भरता र ब्यहारिक शिक्षा हासिल गरेको भन्दै हरेक क्षेत्रमा अब्बल भएर काम गर्न शुभकामना दिनुभयो ।
कार्यक्रममा कलेजका कोर्डिनेटर कृष्ण केसी, प्राध्यापकहरु नवराज सुवेदी, यज्ञ केसी, सन्दिप न्यौपाने, नवीन कुमार गौतम, सुरज गुप्ता, हेमराज शर्मा, शिशिर क्षेत्री, कमल रेग्मी विद्यार्थीहरु अनिल नेपाली मन्तव्य व्यक्त गर्नु भएको थियो । बिदाई कार्यक्रममा विद्यार्थीहरु गीत, कविता,गजल,नृत्य, खेल सहितका प्रस्तुति राखेका थिए ।
कार्यक्रमको सहजीकरण बिबिएस चौथो वर्षका विद्यार्थी लजिम चन्द ठकुरी, धनु नेपाली र तुल्सी कवरले गर्नु भएको थियो । बिबिएस र एमबिस कार्यक्रम संचालनमा रहेको मार्क इन्टरनेसनल कलेजले दाङकै पुरानो र लोकप्रिय कलेजका रुपमा आफूलाई स्थापित गरेको छ ।