दम्पत्ति, सन्तती, सम्पत्ति नै बन्छ विपत्ति

गुरुप्रसाद शर्मा रेग्मी

यो संसारमा जन्म लिएको मानिसको जीवनमा भए पनि नभए पनि विशेष रुपमा दुःखकष्टका विपत्तिहरु आएर जीवनलाई विचलित र अस्तव्यस्त बनाउने दम्पत्ति सन्तती, सम्पत्ति नै रहेछ । जब मानिसले पढ्छ लेख्दछ । यौवनवस्थामा पुग्दछ ।

बाबुआमा दाजुभाइको संयुक्त परिवारमा हुने भएकाले परिवारका सदस्यहरुको आत्मिक निकटता, जिम्मेवारी र दायित्वबोधको संस्कारले गर्दा उसको सामु कुनै समस्या नै हुँदैन । समयको माग र जीवनको आवश्यकता परिपूर्ति गर्ने पारिवारिक अनुभूतिले श्रीमती खोजी दिन बाबुआमाको ध्यान केन्द्रित हुन्छ ।

घर घराना, चालचलन राम्रो भएको श्रीमती खोज्ने प्रयास भए पनि आफ्नै कर्म र धर्मको लेखाजोखा गरेर दैवले नै जोडी बनाएर पठाउने सत्यता भएकाले उसको विवाह देख्दा सुन्दर कदकाठीको, मिठो बोली वचनको श्रीमती भएकाले परिवारका सदस्यको आकर्षण पनि बढेकाले पारिवारिक वातावरण सुखद् र सुन्दर बन्न गएको थियो ।

यही सुन्दर वातावरण परिवार कै कुनै सदस्यलाई याच्य हुँदैन । अनि उसले पारिवारिक वातावरण धुमल्याउन खोज्ने प्रवृत्तिले गर्दा सानोसानो कुरामा बहस गर्ने अपमानित गर्न खोज्ने प्रदुषित वातावरणले श्रीमतीको श्रीमान् पनि दोषी अपराधी देखिँदा पनि नबोल्ने बन्ने नप्रतिकार गर्न बन्ने कस्तो विपत्तिमा बस्नु जीवनको कटु सत्य यत्रतत्र सर्वत्र देख्न पाइन्छ ।

प्रारम्भमा श्रीमती खोजी दिने काम परिवारका अग्रजहरुले गर्ने चलन थियो तर यतिबेला श्रीमती आफै खोज्ने गरेको देखिन्छ । यतिबेलाको श्रीमान्श्रीमतीको रोजाइको मापक हाइट, लाइट, राइट हुने भएकाले केही समय सुखद् भए पनि खचपच, किचकिच र रुखो बोलीले दम्पत्ति नै विपत्तिको जड बन्न गएको हुन्छ । जे जसरी श्रीमती खोजे बनेको दम्पत्तिले नै विपत्तिका मुनाहरु आभारी रहेको हुन्छ ।

परिवारको जे जस्तो अवस्था र व्यवस्था भए पनि भोग्नु पर्ने मानिसको बाध्यता भएकाले त्यही बाध्यतामा सन्तान थपिन थाल्दछन् । यिनै जन्म लिने सन्तती नै विपत्तिका शाखा बन्न थाल्दछन् । छोरा मात्र भए पनि छोरी मात्र भए पनि, ज्ञानीगुनी भएपनि भएपनि ।

यसो गरे उसो गरे खचपच हुने गर्दा परिवार नै विखण्डन हुने प्रवृत्तिको विकास तिव्र रुपमा बढ्न गएकाले नै संयुुक्त परिवार प्रणालीको अन्त्य भएकाले परिवार दायित्व जिम्मेवारी, आत्मिक प्रेम सद्भाव सहयोग जस्ता धार्मिक मर्यादाको अकाल पर्न गएको हो । यसैले गर्दा मानिसमा हाम्रो भन्ने प्रवृत्ति मेरो भन्नेमा रुपान्तरित हुन गएको छ ।

यसैले गर्दा जन्मदिने कर्मदिने बाबुआमा छोराछोरीको लागि बोझ बन्ने उपेक्षा गर्ने, अपमानित गर्ने मात्र हैन वृद्धाश्रममा छोडेर आउने प्रवृत्तिले प्रश्रप पाएको हो । कृष्णलाई कर्णले आफ्नो कथा र व्यथा जीवनको सुनाएपछि कृष्णले भने मेरो जीवनको कथाव्यथा पनि तिम्रो जस्तै छ । हेर जसले जस्तो कर्म र धर्म गरेको हुन्छ ।

त्यही धर्म र कर्मको आधारमा श्रीमती छोराछोरी र सम्पत्ति आउने र कर्मको प्रतिफल दिएर जाने विधिको विधान भएकाले परिवार सुखद् र दुःखद् हुने गर्दछ । वास्तवमा यो नै तितो सत्य हो ।

मानिस सम्पत्ति संकलन गर्न लागेको हुन्छ । रित्तै आएको हो, रित्तै जाने हो, साथमा जाने त उसले गरेको योगदान र कर्म नै हो भन्ने जान्दाजान्दै पनि यसैको आर्जन गर्नमा नै ध्यान केन्द्रित गर्ने गरेको हुन्छ । उसले जे गरिरहेको छ त्यो नै विपत्तिको कारण बनेको हुन्छ । यसले मानिसको बढाइदिने गर्दछ । भोक प्यास नीद सबै हराइदिने गर्दछ ।

कसरी कमाऔँ, कमाएको कसरी सुरक्षित राखौँ यही चिन्ताले उसको जीवन नरक बनाइदिएको हुन्छ । एक दिन कृष्णसँग अजुर्नले विष के हो भनेर सोधे ? त्यसको उत्तरमा कृष्णले भने आवश्यकताभन्दा जे पनि संकलन गर्दछ वा उपयोग गर्दछ त्यो नै विष हो । ध्यू पनि बढी खाने हो भने घाँट लैजान्छ । यही संकलनको लागि मानिसले विभिन्न गलत काम गर्दछ ।

पापको डरले पूजा, ब्रत, तीर्थ गर्दछ । यसले बाध्य तन शुद्ध हुने मात्रले पापबाट मुक्त हुन सक्दैन । मानिस प्रायः लोभी हुन्छ यही लोभको बाबु नै पाप भएकाले हाम्रो लागि सम्पत्तिको लोभ नै पापको कारण भएकाले विपत्ति माथि विपत्ति थपिएको हो ।