मादलको परिचय, विकास र महत्व

राजेन्द्र दाहाल

पौराणिक भनाई अनुसार मादलको उत्पत्ति वैदिक काललाई नै मान्ने गरेको पाइन्छ । जब–जब ताल बाजा बिना संगीतको अधुरोपना शिवजीलाई ज्ञान प्राप्त भयो तब डमरुको सिर्जना गरे । त्यसपछि संगीतका लागि विभिन्न किसिमका बाजाहरू उत्पन्न हुँदै गए भन्ने दृष्टान्त धर्मशास्त्रमा भएको पाइन्छ ।

त्यसैको सिलसिलाबाट मृदंग र पखावाज देवयुगमा प्रसिद्ध हुन गएको पाइन्छ । त्यस युगमा पनि बाजाहरू भिरेर नाँचगाँन गर्दथे भन्ने कुरा शिवजीले मृदंग भिरेर नाचेका थिए भन्ने भनाई पुरानको कथनबाट थाहा पाउन सकिन्छ । युगान्तरमा मनुष्यको शक्ति साथै नयाँ–नयाँ रुप सिर्जना हुँदै गएर आज नेपालमा मृदंगको परिमार्जित तथा परिस्कृत रुप ‘मादल’ नामबाट प्रसिद्ध भएको पाइन्छ ।

मादल नेपालीहरूको प्यारो तथा लोकप्रिय बाजाको रुपमा चिरपरिचित रहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७७ वटै जिल्लाका प्रायः ठाउँहरूमा मादल नबजाउने कुनै स्थान छैन । तसर्थ मादललाई राष्ट्रिय बाजाका रुपमा मान्नु हुवै दुविधा छैन । मादल अवनद्ध वाद्य यन्त्र अन्तर्गत पर्दछ । अहिलेसम्म मादल बजाउने तरिका र बोलको सिद्धान्त लेखिएको किताब भने कही पाइँदैन । यसले हाम्रो पहिचान मादलका तालहरू समेत तवला शास्त्रको आधारमा मादल बजाउने हुँदा बिर्सदै जान लागिरहेको प्रष्ट देखिन्छ ।

बिसांैँ शताब्दीको आधुनिकताले गर्दा आजभोलि मादल बजाउने मादलेहरू नै हराउन लागिसकेको पाइन्छ । मादलबाट गर्रा बाध्ने, ठकल हान्ने, सोरेठी, यरित्र, ख्याली, झ्याउरे, काठे, मारुणी, देउडालगायत विभिन्न तालहरू ठिक–ठिक तरिकासँग बजाउने मादलेहरू पाउन असम्भव जस्तै हुँदै गइरहेको छ । यसरी मादल बजाउने मादलेहरू लोप हुँदै गयो भने लोकसंगीतको विकास र विस्तार कसरी होला भन्ने चिन्ता बढेको पाइन्छ ।

प्राचिन समयमा मादलको सिर्जना जसरी भए तापनि नेपालीहरूको जनजीवनमा आएपछि मादलको धार बनाउँदा बिचको भागमा गुर्वा भएको वा खाली भएको प्रयोग गर्दथे । जस्तै सिउँडी, चुवा, छतिस, बाँसबाट नै मादल बनाउँथे । समयको परिवर्तनसँगै चुनारारुले काठहरूलाई कुदेर बनाउँदछन् भन्ने खरी हाल्दे काम सार्की, वादीलगायत हाल अन्य जातिहरूले पनि गर्दछन् ।

हाल मादल नेपालमा मात्र नभई भारतका विभिन्न स्थानमा पनि गीतहरूमा प्रयोग भएको पाइन्छ । त्यति मात्र नभई विश्वका विभिन्न देशहरूमा मादल पुगेको पाइन्छ । हरेक स्वदेशी तथा विदेशी याज्ञीहरूले सोक तथा ज्ञानका लागि लैजाने हुँदा अझै मादलको लोकप्रियता बढेको पाइन्छ । यसरी विश्वव्यापी रुपमा फैलिएको हुँदा मादल सम्बन्धी कुनै योग्य औपचारिक पुस्तक हुन पर्ने देखिन्छ ।

१. मादलको महत्व

मादलले नेपाली लोक संस्कृतिको पहिचान बोको छ ।
गाउँघर मेलापात, विहाव, पर्व तथा विभिन्न उत्सवमा यसको विशेष प्रयोग हुन्छ ।
नेपाली कला र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्न मद्दत गर्दछ ।
विभिन्न जातजाति र समुदायबिच सांस्कृतिक एकता कायम गर्न मद्दत गर्दछ ।
२. साङ्गीतिक महत्व ः–
लोकगीतलाई ताल र लय प्रदान गर्ने मुख्य बाजा भएकोले
गायन र नृत्यलाई आकर्षक तथा रमाइलो बनाउन मद्दत गर्दछ ।
दोहोरी तथा सामुहिक गायनमा मादल बिना अपुरो रहने भएकोले ।
नेपाली मौलिक लोकसंगीतको स्वाद जगाइराख्नु ।

३. सामाजिक महŒव  :

गाउँघरमा मनोरञ्जनको प्रमुख माध्यमको रुपमा प्रयोग हुने भएकोले ।
सामुहिक कार्यक्रममार्फत् आपसी सम्बन्ध स्थापित गर्ने भएकोले ।
युवा पुस्तालाई नेपाली संस्कृति र परम्पराप्रति आकर्षित बनाउने भएकोले ।
सामाजिक उत्साह र उमंग फैलाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले ।

४. शैक्षिक महत्व :
विद्यालय तथा संगीत शिक्षामा लोकबाजाको अध्ययनका रुपमा सावेश गरिने भएकोले ।
विद्यार्थीलाई नेपाली मौलिक कला र संस्कृतिबारे ज्ञान दिन सहयोग पुग्ने भएकोले ।
ताल, लय र संगीत सम्बन्धी सिप विकास गर्न मद्दत हुने भएकाले ।

५. आर्थिक महत्व :
मादल निर्माण तथा बिक्रीबाट धेरै कलाकार र कारीगरले रोजगार पाउने भएकोले ।

लोकसंगीत कार्यक्रम तथा सांस्कृति पर्यटनमा यसको प्रयोगले आर्थिक गतिविधि बढाउने भएकोले ।
व्यवसायिक रुपमा मादल बादल गरेर कलाकारहरूले आयआर्जन गर्नसक्ने भएकोले ।

निष्कर्ष :

मादल नेपालको मौलिक लोक जीवन संस्कृत र संगीतको अभिन्न अंग हो । यसले नेपाली पहिचानलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको छ । जसकारण मादलको संरक्षण, संवद्र्धन, प्रचारप्रसार र नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।