मेरो खुशी : मेरो खुसी समृद्ध नेपाल …

गोपनियताको एउटा सन्दर्भ सार्वजनिक सञ्चार माध्यमहरूले विर्षन हुदैन । बोल्ने अधिकार भएर पनि नाम नखोल्ने अधिकार पनि त संविधानले दिएको छ । बोल्दैमा पिठो बिक्ने होइन चामल बिक्नु पर्छ । चामललाई पिधेर बनाइएको पिठो त त्यसै पनि महङ्गो भइहाल्छ । हाम्रो समुदायले केही बुझेको छैन ।

उखान टुक्का पनि समय सुहाउँदा छैनन् । समयानुकुल डिजिटल युगमा पनि नेपाल प्रवेश गरिहाल्ने अवस्था छैन । त्यसैले बोलेर भन्दा अहिले नबोलेरै जित्ने योजनामा छँु म । सङ्घीय लोकतान्त्रिक पद्धतिबाट प्रधानमन्त्री बालेन शाह त नबोलेरै जितिरहेका छन् भने मलाई पनि नबोल्ने अधिकार छ ।

तर, मैले एक एक पानामा तपाईको पत्रिकालाई खुसी भर्न तयार छु । जुन समग्र नेपाल र नेपालीहरूका लागि होस् भन्ने पनि मैले चाहेको छु । समग्रमा मेरो खुसी मैले बोले भने त मेरो कर्मका फलोअरहरूले सिकाउने छन् । त्यसैले मेरो खुसी नेपाल, नेपालको समृद्ध लोकतन्त्र, समृद्ध आर्थिक विकास, अनि समृछ नेपाली नागरिक ।

नेपाल समृद्ध भइरहँदा मैले विद्यार्थी भिसामा कोरिया आउनु पर्थेन होला सायद तर नेपालका धेरै शासकहरूले हामीहरूको पीडा बुझ्न सकेनन् कि क्या हो । रोजगारीको भिसामा आएकाहरूलाई पनि तोकिएको श्रममाभन्दा अन्तै लगाइन्छ रे । शिक्षा उपयोगिता मात्र रहेछ, उपयोगितालाई ज्ञान र सिपमा कन्भर्ट गर्ने एउटा मार्गदर्शन मात्रै ।

हामी विदेशमा आएर सिकेको भनेको त एउटै मात्र छ, हामी परीवारबाट विमुख भएका छौँ, हामीले परिवारको सुखदुःखमा साथ दिन पाएका छैनौँ । कहिले काहित यस्तो पनि हुन्छ हामीलाई एक महिना काममा लगाएर भुक्तानी दिन पनि मालिक मान्दैनन् । मैले अग्रज दिदि र दाइहरूलाई पनि सोधेको थिएँ, यहाँ त यस्तै दलाली हुन्छ, दलाली गर्ने कोही नभएर नेपालीहरू नै हुने रहेछन् । मालिकसँग मिलेर कमिशन खाएर वेतलवी काम लगाउने ।’

यस्तो अप्ठेरोमा मैले नाम पत्रिकामा नाम लेखाएँ भने नेपालबाट विदेशमा स्टुढेण्ट भिसामा आएका धेरैले पासपोर्ट त्याग्नु पर्ने छ, घर फर्कनु पर्ने छ, अनि रोजगार विमुख हुनु पर्ने छ । हामी नेपाली भएर पनि जति नेपालका रोजगारी होस् भन्ने चिन्ता गरेका छौँ, अहिलेको सरकारले पलायन भएका जनशक्ति फर्काउने एउटा पनि कार्यक्रम ल्याउन सकेको हामीले पाएनौँ ।

दुईतिहाई बहुमत दिन हामीले पनि परिवारलाई निकै दबाब सिर्जना ग¥यौँ, तर दबाब होइन हामीहरूको श्रम चुस्ने नेपाली अग्रज दलालहरू नै छन् । मैले उनीहरूको नाम लेखे भने त मैले दुई दिन काम गरेको ज्याला आधा दिन मात्रै पाउन सक्नेछु । मलाई लाग्छ, नेपाल स्वतन्त्र छैन, दलाल संस्कृतिबाट गुज्रिरहेको छ । त्यहाँ स्वदेशी दलाल होलान्, यहाँ पनि विदेशी दलालहरू छन् ।

मेरो खुसी नेपाल । जहाँ मैले खेलेको थिएँ, जहाँ मैले बाह्र कक्षासम्म पढेको थिए, जहाँ मैले दौतरी बनाएको थिएँ, जहाँ मैले सुन्दर भविष्यको कल्पना गरेको थिएँ, तर म विदेश आउनु अघिसम्म त मेरा सारका सपना नेपालमा साकार हुन नसक्ने देखिए ।

मेरो परिवारका अन्य खुपीवालहरू पनि विदेश ताक्दै गर्दा मैले पनि त स्वाभाविक रूपमा विदेश रोजेँ तर हामी फेरि नेपाल फर्केर स्वदेशमै हामीले यहाँ जस्तै पारिश्रमिक पाउने अवस्था होस् भन्ने चाहन्छु । तर, सय दिनको कार्य सूचीमा म परिन । तैपनि हामी यहाँ अधैर्य प्रतिक्षा परिरहेका छौँ नेपालमै पचास हजारको जागिरका लागि । बालेन सरकारले यो वातावरण बनाओस् भन्ने हाम्रो चाहना हो ।

देशको परिवर्तन हामीले यही सामाजिक सञ्जालहरूमा देखिरहेका छौँ, प्रधानमन्त्रीको संसदमा उपस्थित नभएको पनि सामाजिक सञ्जालहरूमा हेरिरहेका छौँ । संसदमा माइक कार्टिदा पनि एकजना सांसद बोलिरहेको लिप ल्याङग्वेज पनि हामीले नियालिरहेका छौँ ।

नेपाल स्वतन्त्र वा सार्वभौम सांसद वा बालेन तन्त्र ? हामीले अझै प्रश्न उठाउन खोजेका छैनौँ । अटोक्रेसी भए पनि हामी तयार छौँ तर त्यसमा नेपाल सहनुपर्छ नेपालीले त्यही श्रम बगाएर गुजारा चलाउनु पर्छ अनि नेपाललाई विश्व समुदायमा एउटा पर्यटनको एक्सक्लुसिभ गन्तव्य बनाउनु पर्दछ । त्यति भए म र मेरा साथीहरूले यो अखण्ड धुपमा परिश्रम खेर फाल्ने छैनौँ ।

हो, हामीले नेपाल नदेखेको होइन । पूर्व मेचीदेखि महाकालीसम्म घुम्दा प्रशस्तै पर्यटनको सम्भावना देखेका दियौँ, तर ती सम्भावनाहरूलाई तीनै तहका सरकारले गोष्ठि र सेमिनारमा खर्च गरे । भौतिक निर्माणमा ध्यान दिएनन् । जातीय सङ्ग्राहलयका नाममा राज्यको करोडौँको लगानी भयो, भ्यू–टावरको नाममा एउटा कोल्ड स्टोर खोलेको भए त हुन्थ्यो, जनकपुर चुरोट कारखानालाई चलायमान बनाए त हुन्थ्यो, भृकुटी कागज उद्योगमा पनि त हामी मैनाको तीस हजारमा बिक्ने थियौँ, हेटौडा कपडा उद्योगले पनि त हामी जस्ता विदेश पलायन भएकाहरूलाई स्वदेशमै रोजगारी दिन त सक्थ्यो ।

तर हामी भई नभई पनि केल्मी ब्राण्डमा किन गयौँ, नाइकलाई किन स्वीकादैर्नौँ, गो्ल्डस्टारलाई किन निर्यातमुखी बनाउन सक्दैनौँ । हामीले यही प्रश्न गरिरहेका छौँ राज्य संयन्त्रलाई तर हामीहरूलाई नेपालमा राख्ने र काम दिने सय दिने कार्यसूचीमा केही पनि सकारात्मक संकेत देखिएको छैन ।

त्यसैले त हामी अर्काको देशमा गुलाम बनिरहेका छौँ, न्यून पारिश्रमिका लागि । सर मेरो नाम नलेखिदिनु होला । हामीलाई विदेशमा काम गर्न धेरै कठिन छ । स्वदेशमा फर्कौ भने हामीले सत्र लाख यहाँ आउनकै लागि खर्च गरिसकेका छौँ । त्यसैले मेरो नाम हो भ्रम नेपाल । लेखिदिनु होला मेरो खुसी नेपाल ।