दाङ, २३ वैशाख । घोराही उप महानगरपालिका वडा नं ६ मा गुडिया बनाउने तालिम बुधवार बाट सुरु भएको छ । समाज कल्याण केन्द्र नेपालको आयोजना तथा पर्यटन विकास डिभिजन कार्यालय बाँकेको सहयोगमा तालिम सञ्चालन हुन थालेको हो ।
तालिम १५ दिन सम्म सञ्चालन हुने भएको छ । तालिम उद्घाटन कार्यक्रम केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य लोका विकको प्रमुख आतिथ्यता एवम घोराही ६ का वडा अध्यक्ष विष्णुराम आचार्यको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्नु पर्ने बताएका थिए ।
आत्मनिर्भर बन्नका लागि यस प्रकारको तालिमले सहयोग पुग्ने उनीहरुको भनाइ रहेको छ । तालिमको लागि प्रदेश सभा सदस्य विकले योग्दान पु¥याएको भन्दै थप सीप मुलक तालिमका लागि पहल गर्न आग्रह गरेका थिए । सो अवसरमा शरद बुढाथोकी शुभ लक्ष्मी टोल विकास संस्थका सदस्य शारदा भण्डारी, प्रशिक्षक इन्दिरा केसी लगाएतकाले भनाइ राखेका थिए ।
केन्द्रका पार्वती योगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव जानका केसीले गरेकी थिइन् । तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको छ ।