आफूले आफैलाई चिनौँ

गुरुप्रसाद शर्मा रेग्मी

हाम्रो सनातनी धार्मिक संस्कृति र संस्कारको के मान्यता रहेछ भने यो संसार विधि र विधानको परिधिभित्र सञ्चालित भइरहेको । यसको विधिलाई र गरेको कर्मको प्रतिफल भोग्न्बाट रामकृष्ण वृद्धलाई न बाध्य हुन परेको थियो भने सामान्य मानिसको के कुरा गर्ने ।

ऐन र चैनको नियम विधिको विधानमा हुँदैन । एउटा मानिसलाई विधिको विधानको अनुकुलता र प्रतिकुलताको अनुभव र अनुभूति उसको आफ्नै कर्मले गराउँछ । मानिसलाई आफ्नै कर्मको प्रतिफल भोग्नु पर्ने भएकाले नै मिठो बोल, सत्य बोल, अहित कसैको नगर, प्रेमको बगरमा सेवा सहयोगको विज खोप्दै जाऔँ, विधिको विधान कहिले प्रतिकुल हुँदैन भन्ने कुरा गीतामा भनिएको छ ।

यो संसारमा सबैको विचार र व्यवहार मिलाउन, कसैले त्यो मान्न नचाहेमा विपरित बाटो अपनाएर भए पनि सही र सत्यतालाई पूर्णता दिने कार्यमा अभिरुची राखेर सफलतामा उत्तीर्ण हुने सर्वोत्कृष्ट प्राणी मानिस नै हो । मानिसमा पनि मतमतान्तरको प्रतिभा देखाएर कसैल अनाधिकार र अमानवीयताको दुष्प्रयासको थालनी गर्ने पनि मानिस नै हुन्छ ।

यदाकदा मानिसमा देखिन आएका उचनिच, झैझगडा गलत व्यवहार भएमा निर्मित कानुनभित्र रहेर मानिसलाई कर्म गर्न गराउन सक्ने पनि मानिस नै हो । यदि मानिसले आफूलाई धार्मिक संस्कार संस्कृतिप्रति आस्था निष्ठा राख्दछ । आफ्नो कुल परम्परालाई आत्मसात गर्दछ भने त्यो मानिस कहिले पनि दानव बन्न सक्दैन । यही भावले मानिसमा मानवता वा दानवताको भाव जगाइदिने गर्दछ ।

एउटा मानिस मानव बनेर सबैको आस्थाको केन्द्र बन्न सकोस् भनेर हाम्रा पूर्खाका ऋषिमुनिहरुले आफ्नो अनुभव र अनुभूतिको संगालोलाई शास्त्रीय रचना गरेर छोडि जानु भएको छ । यो देख्दा कबोल कल्पिन जस्तो देखिए पनि आफ्नो जन्मथलो र कर्मथलोमा उलमलिएका मानिसलाई उसको गन्तव्यको बाटो देखाइदिएर सही यात्रा गर्ने एउटा दिव्य प्रकाश दिएको भए पनि हामीले त्यसको सही उपयोग गर्न नसक्दा जीवन भर सुख शान्ति र आनन्दको लागि सधै भौतारिरहनु परेको छ ।

आजको मानिसले आफ्नो अज्ञानता र शष्ठताले गर्दा सांस्कृतिक मूल्यमान्यता र आदर्श सबै बिर्सँदै जादा जताततै अस्थ व्यस्थ, अव्यवहारिक सोच विचारको बगमा भौतारिनु परेको छ । हाम्रा ऋषिहरुले पूर्खाको आफ्ना सन्तानहरुको विचलन हटोस्, राजनैतिक भ्रष्टाचार र अन्यौलताबाट परिस्कृत हुन नपरोस्, धार्मिक भ्रष्टाचारको कसैमा छायाँ नपरोस् भनेर नै धार्मिक संस्कार संस्कृतिको दर्शन बनाइदिएका थिए ।

मानिसले जति यसको अवज्ञा र उपेक्षा गर्दै गएको कुराले के देखाइदिएको छ भने धर्म र कर्मको प्रतिफल नै जीवनमा भोग्नु पर्दछ । घरमा कुनै सदस्यको मृत्यु भएमा मृत शरीर मात्र हैन । उसले प्रयोग गरेका लुगा फाटो समेत बाहिर फालिन्छ । घाट लगेर मृत शरीरको दाह संस्कार गरिन्छ । परिवारका सदस्यले जुठो परेको भनेर अनेक कर्म गरेर शुद्ध हुने गर्दछ ।

त्यही मानिसले बली दिएर या काटेर पशुुपंक्षीको मृत शरीरलाई पोलेर पकाएर खाने गर्दछ । यस्तो अशुद्ध खाद्य खाने मानिसमा मानवता कसरी जाग्न सक्दछ यस्तै खानपानले गर्दा नै वर्तमानको समयमा मानवता अस्थाएर दानवता उदाएकाले जताततै यही दानवता देख्न पाइन्छ ।

यो संसारमा जन्म लिने मानिस जीवन पर्यन्त स्वस्थ्य, स्वच्छ भएर जीवन व्यतित गर्न सक्ने दर्शन देखाउने सिकाउने आन्हिक जस्ता मार्ग निर्देशक पुस्तकहरुमा जसरी स्पष्ट रुपमा व्याख्या विवेचना गरिएको छ ।

त्यसले हाम्रो धार्मिक संस्कृति र संस्कारको उच्चता, पारदर्शीता, वैज्ञाकितालाई के देखाउँदैन हाम्रो संस्कार संस्कृकिो परिधिमा रहेका अनेक प्रकारका नित्य, नैनित्य जो कर्म काण्डहरु विभिन्न पुराणादि शास्त्रहरुमा उल्लेख भएका कथाहरु उपकथाहरु, प्रसंगहरु ती सबै कपोल कल्पित मात्र नभएर मानिसको स्वास्थ्य र वातावरणमा आउन सक्ने प्रतिसोधात्मक शक्ति र मानिसको भविष्यमा आउन सक्ने घटनाहरुको शब्द चदचित्र पनि हो ।

यसले मानिसलाई परिस्कृत र परिमार्जित गराएर मानवीयताको उर्जा प्रदान गर्ने गर्दछ । यसको वास्तविकता, उपयोगिता देखेर नै विदेशीहरुले यज्ञका अनुशरण गर्ने सोच बनाएर स्कुल कलेजको पाठ्यक्रम बनाउन थालेका छन् तर हामी सनातन धार्मिक पूर्खाका सन्तानहरुले यसको उच्चता र वैज्ञानिकताको उपेक्षा गर्ने, तिरस्कार गर्ने कस्तो विडम्बना हो । हाम्रो यही गलत विडम्बनाले सांस्कृति उच्चतामा वितृष्णा जगाइदिएको छ ।

हामीबाट आफू र आफ्नो पना (पहिचान) नै हामीबाट लृप्त भयो भने हाम्रा सन्तानलाई के देखाउने र कुनमा गर्व गर्ने भन्ने जटिल प्रश्न उठिरहेको छ । यसमा कृष्णले गान्धारीलाई भनेको उल्लेख गर्नु उचित देखिन्छ । धृतराष्ट्रले त आँखा नदेख्ने थिए तर तपाईले छोराछोरीको कालो कतुर देखिन्छ भनेर आँखामा पहिबाधु भएको थियो ।

अहिले त्यसैको फल भोग्नु परेको छ भने झै संस्कृत विश्वविद्यालयको नेतृत्व त राजनीतिक नियुक्तिको चस्मा लगाएका थिए । अरु संस्कृत विश्वविद्यालयको परिवारले पनि गन्धारीको जस्तो आँखामा पट्टी बाँधेकाले धार्मिक संस्कार संस्कृतिको यस्तो दुरावस्था हुन गएको हो । संस्कृत विश्वविद्यालय परिवारले आँखाको पट्टी फाल्नु पर्ने नितान्त आवश्यकता भइसकेको छ । यसो भएन भने प्रतिफल भोग्न परिवार तयार हुनुपर्दछ ।