सडक सुरक्षाका लागि ट्राफिक नियम पालना गरौँ : प्रमुख भुसाल [अन्तर्वार्ता]

तुलसीपुरमा केही दिन पहिले घोराही तुलसीपुर सडकखण्डको जेव्रा क्रसिङमै दुर्घटना भयो । त्यस्तै अन्य सानातिना घटना दुर्घटना विभिन्न कारणले हुने गरेका छन् । साँघुरो सडक त्यसमा पनि यातायातका साधनहरु दिन प्रतिदिन बढ्दै जाँदा तुलसीपुरमा ट्राफिक व्यवस्थापनमा समस्या रहेको छ । त्यस्तै ट्राफिक नियमको पालना नगर्दा पनि धेरैजसो दुर्घटना हुने गर्छन् । पैदल यात्रुका लागि छुट्टै ल्यान र साना ठुला सवारीसाधन पनि एकै ठाउँबाट आगवन गर्ने हुँदा निकै समस्या उत्पन्न हुने गरेको छ ।

त्यस्तै समयमै सडकहरु निर्माण नहुँनु र ट्राफिक निमयको पालना नगर्नुले पनि अर्को समस्या उत्पन्न हुने गरकोे छ तर पछिल्लो समयमा सीमित साधन स्रोत हुँदा हुँदै पनि ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले विभिन्न यात्रु सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना गर्न गराउन दैनिक विभिन्न रचनात्मक कार्यक्रम गरिरहेको छ । यसै सन्दर्भमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख तीर्थ भुसालसँग गोरक्षकर्मी बालाराम खड्काले गरिएको कुराकानीको सारसङ्क्षेप ।

 

— यहाँलाई स्वागत छ सातावार्तामा ?

धन्यवाद यहाँलाई मेरा कुराहरू आम यात्रुवर्ग तथा नागरिकमा राख्न दिएकोमा ।
तुलसीपुर क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि के–के अभियान सञ्चालन गर्नुभएको छ ?

हामीहरूले तुलसीपुर क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि दैनिक विभिन्न कार्यहरू गरिरहेका छाँै । तपाईहरूले नि देखिराख्नु भएको छ । हामीले दैनिक विभिन्न कामहरू गरिरहेका छौँ । विभिन्न समयमा हामीले विभिन्न सचेतनादेखि अन्य चेकजाँच गरिरहेका छाँै । त्यसका साथै तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकासँग आवश्यक समन्वय गरेर १÷१ थान मा.प.से मेसिन प्राप्त गरेका छौँ ।

तुलसीपुर प्याब्सन अन्तर्गत विद्यालयका ८० जना स्कुल बस चालक र ज्ञानज्योति बोडिङ स्कुलका विद्याथीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ भने तुलसीपुर सिटी अस्पतालको प्राविधिक सहयोगमा सार्वजनिक सवारी साधनका चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण, सडक डिभिजन कार्यालय दाङसँगको आवश्यक समन्वयमा तुलसीपुरका विभिन्न क्षेत्रमा जेव्राक्रसिङ निर्माण गरेका छाँै ।

त्यस्तै विद्यालयमा विद्यार्थीसँग प्रहरी कार्यक्रम गर्नुका साथै स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी चलाउने ४० बढी मोटरसाइलकलाई कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको र आफू खुसी सिट जडान लाइट हर्न जडान गर्ने सवारी साधनका चालकलाई कडाईका साथ कारवाही गरेका छाँै ।

ओभरलोडको कहिले काही कुरा धेरै उठ्ने गर्छ त्यसमा पनि हामीले ओभर लोड, तिव्रगति, आरक्षण सिट, सार्वजनिक सवारी साधनमा हुन सक्ने यौनजन्य हिंसालाई नियन्त्रण गर्नका लागि यात्रुको समस्या र गुनासो सुनुवाइ गरेका छाँै भने सार्वजनिक सवारी साधनका चालकलाई नियमित प्रशिक्षण र फुटपाथ र जेव्राक्रसिङको प्रयोगको बारेमा विभिन्न समयमा प्रशिक्षण दिने काम भइहरेका छन् ।

— तुलसीपुर क्षेत्रमा ट्राफिक व्यवस्थापनको मुख्य चुनौती के–के छन् ?

तुलसीपुर क्षेत्रमा मुख्य ट्राफिक व्यवस्थापनको चुनौती पार्किङ नै हो । यहाँ सवारीसाधन पार्किङका लागि प्राप्त ठाउँ छैन । दिन प्रतिदिन साना ठुला सवारी साधनहरूको सङ्ख्या बढ्दो अवस्थामा छ । अन्डरग्राड पार्किङको पनि व्यवस्था नहुँदा सडकमै पार्किङ गर्नु पर्ने अर्को बाध्यता छ । तर, सडक तथा पार्किङ स्थलको व्यवस्थापनमा नगरपालिका हामीले व्यवस्थापन गरिरहेका छौँ ।

त्यस्तै प्रविधिमय सडक नहुनु सबै स्थानमा सुरक्षाका लागि सिसिटिभीको अभाव पनि छ । त्यस्तै जेब्राक्रसिङ र फिटप्याडको समस्या पनि छ । त्यसका साथ साथै चालक पैदल यात्रु र यात्रुलाई ट्राफिक नियमको पालना गराउनु र गर्नु पनि चुनौती छन् । तर, थुप्रै चुनौतीका बावजुत पनि हामीले दैनिक सहज ट्राफिक व्यवस्थापन र समस्याको समाधान कसरी हुन्छ भनेर लागेको कुरा यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु ।

— यस आर्थिक वर्षमा कतिजना कस्ता– कस्तालाई कुन कारवाही गर्नुभयो ?

हामीले दैनिकजसो चेकजाँचका क्रममा विभिन्न सवारी साधनहरूले ट्राफिक निमयको पालना नगरेको पाउने गरेका छौँ । सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका, मा.पा.से गरेका, सिटक्षमताभन्दा बढी यात्रु बोक्ने, लेन अनुशासन उल्घन, ओभर, भवरलोड नो पार्किङ लापरवाहीका साथ सवारी चलाउने चालक, स्वरुप परिवर्तन अवस्था ठिक नभएका सवारीसाधन चालकलाई ट्राफिक नियमानुसार कस्तो गल्ती गरेको छ सोही प्रकृति हेरेर सचेतका साथै कानुनी बमोजिम कारवाही गर्ने गरेका छाँै ।

— ट्राफिक नियम उलङ्घन गर्ने सबैभन्दा धेरै कुन सवारीसाधन छन् ?

समग्रमा भन्नु पर्दा दुई पाङ्ग्रे सवारीसाधन र तीन पाङ्ग्रे सवारी साधनहरूले ट्राफिक नियमको बढी उङल्घन गर्ने गरेको पाइन्छ ।

— सवारी दुर्घटनाका मुख्य कारण के–के हुन् ?

सवारी दुर्घटनाको मुख्य कारण त सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउनाले हुने गरेको छ । त्यसका साथै मा.पा.से गरी सवारी चलाउनु, तिव्रगतिमा सवारी चलाउनु, सवारी साधनको अवस्था ठिक नहुनु, हाम्रो देशमा भौगोलिक विकटता पनि अर्को कारण छ भने पुराना, साँघुरा र निर्माणधिन सडक संरचनाका कारण पनि दुर्घटना हुने गर्छन् । त्यस्तै सिकारु चालक, लापरवाही गरेर सवारी चलाउनु र कहिले काही प्राकृतिक विपद्का कारण पनि दुर्घटना हुने गर्छन् ।

— दुर्घटना न्यूनीकरणका लागि कसको के भूमिका छ ?

सवारी दुर्घटना न्यूनीकरणका लागि पहिलो कुरा त स्वयम् सवारी चालक, पैदल यात्रु र यात्रुहरू सजक हुन आवश्यक छ । त्यसका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको भूमिका रहन्छ । त्यसमा यातायात व्यवस्था कार्यालय, सडक डिभिजन कार्यालय, यातायात सञ्चालन गर्ने समिति प्रालिहरू, नेपाल प्रहरी, पैदलयात्रुका साथै नागरिक समाजको पनि उत्तिकै भूमिका हुन सक्छ ।

सबैले आफ्नो क्षे बाट आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न सकेमा पक्कै पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । कहिले काही सानो लापरवाहीले पनि ठुलो दुर्घटना हुनसक्छ त्यसैले सबै जिम्मेवार पूर्ण लागेमा दुर्घटनालाई न्यूनीकरण गर्न पक्कै पनि सकिन्छ भन्ने मलाई लाग्छ ।

— अन्तमा केही भन्न चाहनु हुन्छ ?

अन्तमा सर्वप्रथमत मेरा कुराहरू राख्ने अवसर दिनुभएको तपाईको पत्रिकालाई म धन्यवाद दिन चाहान्छु । त्यसका साथै ट्राफिक नियमको पालना गरौँ, दुर्घटनाबाट बचौँ मूल्यवान जिन्दगी सामान्य ट्राफिक नियमको उलङ्घनबाट नगुमाऔँ भन्न चाहान्छु ।