गोरक्ष समाचारदाता
दाङ,२१ वैशाख । घोराही खोपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वको लागि ३२ जनाको उम्मेदवारी परेको छ । संस्थाको ११ सदस्यीय समितिका लागि ३२ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले जानकारी दिएका हुन् ।
उनका अनुसार अध्यक्ष पदमा सुमन शर्मा, किशोरकुमार आचार्य, ध्रुव केसी, सानुनारायण अधिकारीको उम्मेदवारी परेको छ । बरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, यसोदादेवी पाण्डे, केशव दीपक न्यौपानेको उम्मेदवारी परेको छ । यसैगरी महिला उपाध्यक्षमा खुमाकुमारी खड्का, निरजा पोख्रेल, कमला लम्साल र तारा पुरीको उम्मेदवारी परेको छ ।
सचिवमा धर्मेन्द्र श्रेष्ठ र दिनेश वलीको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा पहलमान थापा, टीकाराम वली, दिनेश आचार्य र परशुनारायण श्रेष्ठ (दिनेश)को उम्मेदवारी परेको छ । यसैगरी खुल्ला तीन पदका लागि सात जनाको उम्मेदवारी परेको छ । जसमा रामकुमार दाहाल, नवीन पोख्रेल, निरजकुमार कार्की, सुरेश केसी, चुर्णबहादुर वली, विजयकुमार गुप्ता, तुलसीराम दाहालको उम्मेदवारी परेको छ ।
यसैगरी सदस्य महिला तीन पदका लागि विन्दु पाण्डे, सम्झना शर्मा, उषादेवी सुवेदी, लक्ष्मीसिंह ठकुरी, आशा पुन घर्ती, रेखा न्यौपाने, किरण गौतम र आरती महरा क्षेत्रीको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत भट्टराईले जानकारी दिएका छन् ।
संस्थाका आठ हजार ४९ जना मतदाता रहेका छन् । नयाँ नेतृत्वका लागि वैशाख २६ गते शनिवार निर्वाचन हुँदैछ । सर्वसम्मतिमा नया नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन थालेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिएका छन् ।