दाङ, ३ जेठ । तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको जुपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सस्थागत ३, सार्बजनिक २२ र निजी छ सय ५५ गरि जम्मा ६८० उपभोक्तलाई न्युनतम महसुल छुट गरेको छ ।
विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरसले देशमा भैरहेको लकडाउनलाई मध्यनजर गर्दै २०७७ साल बैशाख महिना भरिको न्युनतम शुल्कमा छुट दिने र लकडाउन अबधिभरको विलम्ब शुल्क नलिने निर्णय गरेको हो । लकडाउनका कारण उपभोक्ता माथि पर्न गएको असरलाई ध्यानाकर्षण गर्दै बैशाख महिनाको शुल्कमा छुट दिने जुपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष रामबहादुर डागीले जानकारी दिएका छन ।
साथै झण्डै ५ हजार घरधुरी लाभान्वित हुने र यो रकम करिब १ लाख २ हजार छुट भएको बताइएको छ । कोरोना भाईरसका विरुद्ध सम्पूर्ण उपभोक्तहरुलाई सरसफाइमा ध्यान दिने, सामाजिक दुरी कायम गर्ने र कोरोना नियन्त्रणका निम्ति सचेतना अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको उपाध्यक्ष डागीले बताए ।