दाङमा कोरोना संक्रमितसँगै एम्बुलेन्समा आएका व्यक्तिको पहिचान

दाङ,३ बैशाख । दाङमा कोरोना पोजेटिभ देखिएका दुई जना व्यक्तिसँगै एम्बुलेन्समा आएका व्यक्तिको पहिचान भएको छ।

कृष्णनगरबाट एम्बुलेन्समा चढेर देउखुरीको कालाकाटेसम्मसँगै आएका मध्य एक जनाको पहिचान भएको हो। उनी घोराही उपमहागरपालिका–१२निवासी पुरुष रहेको खुलेको छ । उनी कालाकाँटेमा झरेर ट्रकमार्फत घोराही आईपुगेका थिए ।

घोराही आउने क्रममा उनी घोराही उपमहानगरको कुइरेपानीस्थित क्वारेन्टाइनमा बसेका छन्। उनको पिसिआर जाँच गर्ने तयारी भइरहेको छ। उनी भारतको हरियाणबाट आएका थिए। गढवा गाउँपालिको क्वारेन्टाइनमा बसेका चार जनामध्य शुक्रवार दुई जनामा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनीसँगै आएका अन्य व्यक्तिहरुको खोजी गरिएको थियो।

सांकेतिक तस्वीर