नागरिक अपेक्षा र कानुनको शासन

केपी सुवेदी

नेपाली समाज गम्भीर अनुशासनको सङ्कटबाट अगाडि बढिरहेको छ । घर परिवारमा, समाजमा, सडकमा, कार्यालयमा जहाँ पनि होस् अनुशासनको अभावमा उन्नत समाजको कल्पना गर्नु व्यर्थ हो । पहिले पहिले अनुशासन किताबी ज्ञानबाट पनि प्राप्त हुने पाठ्यक्रम तथा पाठ्य सामग्री निर्माण हुन्थे ।

जति–जति विज्ञान प्रविधिको प्रयोग हुन थाल्यो उत्तिकै मात्रामा अनुशासन र नैतिकताको खडेरी हुन थाल्यो । हाम्रो सामाजिक सम्बन्धमा यतिधेरै स्खलन त्यतिबेलादेखि सुरु भयो, जतिबेला शिक्षा प्रणाली परिमार्जन गरेर आधुनिक विज्ञान प्रविधिमैत्री बनाउन थालियो ।

प्रविधिले हरेक व्यक्तिलाई आफ्नो गुलाम बनायो । यसबाट मानिसलाई आफ्नो मौलिक स्वभावमा फर्केर फेरि सामाजिक सम्बन्धतिर डोरिन अत्यन्त आवश्यक भइसक्यो । शिक्षा र सूचनालाई प्रविधिले निल्यो ।

इन्टरनेटको प्रयोग अब चेतनबाट हुने भयो, यही क्रममा कृतिम वौद्धिकताले मानिस पनि यन्त्रमा नबुझै भइसक्यो । त्यसैले हामीले प्रविधि प्रयोग गरिरहेका छैनौँ प्रविधिले मानिसलाई प्रयोग गरिरहेको छ । मानिसलाई प्रविधिको दास बनाउँदै गर्दा हामी विस्तारै एक्लो बन्दै बन्दै छौँ । हाम्रा क्रियाकलापले अरुलाई दुःख दिन्छ कि भन्ने चेतनासम्म गुमाउँदै गइरहेको महसुस हुन्छ ।

सूचनाबाट टाढा हुँदासम्म सबैसँग नजिक हुनु पर्ने कल्पना गर्दै सम्बन्धका बहुआयामी अवसरहरुको खोजी गर्ने समय जतिबेला थियो त्यतिबेला प्रतिभाहरुको मूल्यमान्यता अधिक हुन्थ्यो तर जब संसारको सूचना मुठ्ठीमा भयो त्यसपछि मान्छेले मान्छेलाई आदर गर्ने संस्कार बिर्सिदै गयो ।

सानोतिनो सिप सिकेर काम गर्न थालेपछि उसमाथि अहंकाररुपी दानवीय चरित्रको उदय हुन्छ भन्दा पनि अनौठो लाग्ने के छ भने, धेरै कुरामा आफूलाई विज्ञ भएको दाबी गर्ने व्यक्ति सबैभन्दा अनुत्तरदायी र गैह्रजिम्मेवार हुनथाल्छ । त्यसलाई सम्झाउन कानुनकै डण्डा चलाउनुपर्छ ।

लोकतन्त्रको बहालीपछि यस्ता स्वेच्छाचारी चरित्रको विकास हुनु नै लोकतन्त्रको उपहास हो । स्वतन्त्रताको आडमा या कानुनद्वारा प्रत्याभूत गरिएको स्वतन्त्रताको उपभोगमा त्यसका सीमाहरु मिचिँदै जानेक्रम जारी रहेपछि एकदिन राज्यसंयन्त्र पंगु हुँदै असफल हुने अवस्थामा पु¥याइन्छ ।

पटक–पटक गरिएका स्वतस्फुर्त विद्रोहहरुले स्वतन्त्रताको सीमा नाघेको देखियो । हिंसात्मक विद्रोहको नायकत्वमा मानवीयता र राष्ट्रियता दबाबमा राख्ने व्यक्तिले नियन्त्रणाधीन गरिहाल्यो भने त्यसको असर दूरगामी पर्न सक्छ ।

दीर्घकालीन हिंसात्मक द्वन्द्वको कालरातृबाट मिर्मिरेको उषाकाल कुशल व्यवस्थापकको हातमा गयो कि गएन, त्यसको समीक्षा इतिहासले गर्नै सकेन वा त्यतातिर नजर लगाउन चाहेन पनि भनौँ तर यथार्थमा पाएपछि गरिएन वा केही गरेर देखाउनेले पर्खिने समय थिएन । जसले गर्न चाहेन उसले सक्थ्यो भन्ने धैर्यता कायम गर्न नसक्नेले गरेको विद्रोहको नतिजा आजको परिस्थितिको जन्म भएको हो ।

सरल भाषामा भन्ने हो भने विद्रोहको जगमा विध्वंस भयो एक पटक होइन दुईपटक पहिले लामोसमय लगाएर भयो, अहिले अाँधीबेह्रीको शैलीमा भयो । होस् कसले गुमायो तर परिचय झण्डै राष्ट्रले गुमायो । यो पीडा त्यसपछिका सरकारलाई सोध्नुपर्छ । जवाफ तिनिहरुसँग छैन किनभने उनी स्वयम् अनुशासनहीनताका प्रयाय हुन् ।

अनैतिकताका अनुपम उदाहरण हुन् । आफू अनैतिक र अनुशासनहिन भएपछि अरुलाई कानुनको डण्डा चलाउने नैतिक धरातल कसैको पनि बाँकी रहँदैन । नागरिक सुरक्षा र अपराध नियन्त्रणमा खट्ने सुरक्षा संयन्त्रमाथि गरिएको व्यवहारलाई यो सरकारको कारकसँग जाँचेर हेर्दा ती अपराधीलाई कारबाही गर्न रोकटोक छ कि छैन ?

सुरक्षायन्त्रले हेक्का राखेको हुनुपर्छ । हिजो भगाएकाले आज उन्मुक्ति खोज्ने हक दिनुपर्छ यदि नैतिकता छ भने तर परिवर्तित वातावरणमा बढिरहेका हिंसाका घटनामा अहिलेका सरकार पक्ष संवेदनशिल हुनसक्छन् कि सक्दैनन्, उनीहरुले जेलबाट उन्मुक्ति दिलाएका अपराधीबारे उनीहरुको अनुसन्धान रिपोर्टबारे नागरिकलाई सूचित गर्ने जिम्मेवारी निर्वाह हुनुपर्छ ।

विद्रोहले अपराधीलाई उन्मुक्ति पनि स्वीकार्छ भन्ने देखियो र त्यसले विकसित हुँदै जताततै अराजक शक्तिलाई राज्य सुम्पिने कुरा भोगियो । अब फेरि सधै यस्तै अवस्था नभइदिए हुन्छ भन्ने नागरिकको अपेक्षा हुने नै भो । त्यसैले जतासुकै हुने गरेका अनुशासनहिनता नियन्त्रण गरिनुपर्छ ।

अनैतिकबाट नैतिकतातर्फ उन्मुख हुने प्रशासनिक नियमनका लागि हस्तक्षेप गर्दै स्वच्छ प्रशासनिक निगरानीमा नागरिक स्वतन्त्रताको वातावरण निर्माण होस् । सडकमा गरिने अमर्यादित व्यवहार, यातायात क्षेत्रमा देखिने विकृति र छाडापनको अन्त्यको लागि प्रहरिप्शासन सक्रिय हुनु पर्ने देखिन्छ । ध्वनिरहित बाहन सञ्चालन शान्त सडक र सभ्य यात्राको लागि अनिवार्य आवश्यकता भएकोले यसतर्फ जनपद प्रहरीको भूमिका प्रभावकारी रहनुपर्छ, प्रभावकारी रहोस् ।

भीडभाड क्षेत्र, विद्यालय क्षेत्र, अस्पताल क्षेत्रलगायत बजार क्षेत्रमा पनि जथाभावी जहाँसुकैबाट सवारीसाधन चलाउने र हर्न बजाएर पैदल यात्रु तर्साउने गरेको देखिन्छ । यसतर्फ कहिले जाने हो ध्यान पर्खेर हेर्ने बाहेक नारिकसँग केही उपाय छैन ।