संक्रमित : दाङमा २, दाङका ३

दाङ जेठ ३ । स्वास्थ्य मन्त्रालयवाट जारी गरिएको बिज्ञप्तीमा दाङ ठेगाना भएका ३ जनामा संक्रमण भएको उल्लेख गरियो । त्यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हिजै सार्वजनिक गरेको परीक्षण नतिजामा दुई जनामा संक्रमण देखिएको भनियो ।

स्वाभाविकै थियो, प्रतिष्ठानले आफ्नो ल्यावमा भएको परीक्षणको आधारमा दुई जनाको संख्या सार्वजनिक ग¥यो र मन्त्रालयले देशभरको परीक्षणको नतिजा संकलन गरेर रिपोर्ट सार्वजनिक ग¥यो । दाङको गढवा गाउँपालिकाका दुई जनाको परीक्षण दाङमै गरिएको थियो । उनीहरु गढवा स्थित क्वारेन्टाइनमा थिए । केही दिन अघी भारतवाट आएका उनीहरुको परीक्षणको नतिजा पोजेटिभ आएपछि अब बेलुझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा उपचारका लागि पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयको बिज्ञप्तीमा उल्लेख भएका तेस्रो संक्रमित तुलसीपुर ७ निवासी भएको उल्लेख छ । उनी काठमाडौंको टिचिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा राखिएको छ ।

व्यक्ति जहाँ रहे पनि ठेगाना भने आफ्नो स्थायी ठेगाना दिने प्रचलन छ । उनले दाङ ठेगाना देखाउनु स्वभाविक हो र यो आधारमा दाङका ३ जनामा संक्रमण भन्न सकिन्छ । तर, दाङमा भने हालसम्म पुष्टि भएका दुई जना मात्र संक्रमित रहेका छन् ।