दाङ जेठ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ।
बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीय युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोनाभाइरस पुष्टि भएको मन्त्रालयको बिज्ञप्तीमा उल्लेख छ ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमै छन्।