Goraksha

National Daily

३९९जनाको आँख जाँच र ७८ जनाको निःशुल्क शल्यक्रिया

बालाराम खड्का
तुलसीपुर, ४ बैशाख । सल्यान नागरिकहरुले घरदैलोमानै निःशुल्क आँखाको शल्यक्रिया सेवा पाएका छन् । सल्यानको श्रीनगरमा दुई दिन सम्म सञ्चालन भएको निःशुल्क आँखाको शल्यक्रिया शिविरमा ७८ जना मोतियाविन्दुका विरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । सल्यान जिल्लाको पार्के निवासी शारदा शर्माले घर आगनमै निःशुल्क शल्यक्रिया सेवा पाएको भन्दै खुसी व्यक्तगरीन ।

उनी जस्तै स्थानीय अनविर रेउलेले पनि निःशुल्क शल्यक्रिया सेवा पाएको बताए । ‘आँखाको शल्यक्रियाका लागि टाढा जानुपरेन समय र पैसाको पनि बचत भयो’, रेउलेले भने । उनले निःशुल्क शल्यक्रिया गरि आफु जस्तै धेरैलाई उज्यालो पर्दान गर्ने अस्पताल र दातृनिकायलाई पनि धन्यवाद दिए । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग एन.ए.वी.पी नर्वेको आर्थिक सहयोग तथा शारदा नगरपालिका सल्यानको स्थानीय व्यवस्थापनमा सल्यान आँखा उपचार केन्द्र सितलपाटीमा भएको शल्यक्रिया शिविरमा सल्यानको शारदा नगरपालिका र अन्य गाउँपालिकाबाट आँखा चेकजाँच र शल्यक्रियाका लागि स्थानीयहरु आएका थिए ।

निःशुल्क आँखा शिविरको व्यवस्थापन गरेको शारदा नगरपालिकाका उपप्रमुख सुस्मीता सापकोटा सुनारले सल्यानका नागरिकले घरदैलोमै उपचारका साथै शल्यक्रिया सेवा पाएको भन्दै दातृनिकाय र अस्पतालको टोलिलाई धन्यवाद दिईन् । ‘विभिन्न समयमा हामीहरुले अस्पताल संगको सहकार्यमा आँखा शिविर गर्ने गरेका छौ शिक्षा स्वास्थ्यलाई प्राथमीक्ता हामीहरुले दिएका छा’, उनले भनिन् । उपप्रमुख सुनारले शिविर संगै यहाँ रहेको उपचार केन्द्रलाई आँखा सर्जिकल सेन्टरको रुपमा विकास गरि उपचार केन्द्रमानै शल्यक्रिया गर्नको लागि पहल भई रहेको बताइन् ।

उनले त्यसका लागि पालिकाले पहल गर्ने भन्दै आवश्यक सहयोगमा लागि सवैलाई अनुरोध समेत गरिन । त्यस्तै नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले विभिन्न दातृनिकायको सहयोगमा विभिन्न समयमा अस्पतालले निःशुल्क शल्यक्रिया शिविर आयोजना गरि उज्यालो प्रदान गदै आएको बताए । ‘नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका अस्पताल तथा उपचार केन्द्रले हुने संग लिने र नहुनेलाई निःशुल्क सेवा दिदै आएको छ यसमा स्थानीय सरकारको पनि सहकार्य गर्नु भएको छ’, उनले भने ।

आँखा शिविरमा दातृनिकाय एन.ए.वी.पी नर्वेका प्रोग्राम डाइरेक्टर लिकि ,एन.ए.बी.पी नेपालका प्रयोजना व्यवस्थापक सुरेखा गुरुङ, नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरी, शारदा नगरपालिकाका उपप्रमुख सुस्मीता सापकोटा सुनार, प्रमुख प्रशासक डाक्टर सम्शेर थापालगायतको टोलिले प्रत्यक्ष निरीक्षण समेत गरेको थियो । बैशाख ३ र ४ गते भएको शिविरमा साढे ३ सय ९९ जनाको आँखा चेकजाँच तथा ७८ जनाको निःशुल्क शल्यक्रिया भएको नेत्र अधिकृत ओपेन्द्र चन्दले जानकारी दिए । राप्ती आँखा अस्पतालका मेसु सहायक प्रा.डा रन्जितकुमार साहको नेतृत्वमा गएको टोलिले सेवा दिएको थियो ।

आर्थिक तथा विभिन्न कारणले उपचारका साथै शल्यक्रियाका लागि अस्पताल सम्म पुग्न नसकेका नागरिकहरुले निःशुल्क सेवा पाए संगै खुसी व्यक्तगरेका थिए । आँखा चेकजाँचका साथै शल्यक्रिया गरिएको विरामीहरुलाई निःशुल्क चश्माका साथै आवश्यक औषधी समेत वितरण गरिएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगनम तथा मूल्याङकन अधिकृत सालिकराम गौतमले जानकारी दिए ।