दुबै भारतवाट आएका थिए
दाङ, जेठ २ । दाङमा पहिलो पटक २ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान घोराही दाङमा शुक्रबार बेलुकी साढे ८ बजेपछि पत्रकार सम्मेलन गरेर कोरोना भेटिएको पुष्टि भएको बिवरण सार्वजनिक गरिएको हो ।
राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठानकी उपकुलपति प्रा डा संगीता भण्डारीले दुई जनामा कोराना संक्रमण परीक्षणको नतिजा पोजेटिभ देखिएको पुष्टि गरिन् । देउखुरी गढवा गाउँपालिकाका निवासी २३ बर्षीय र ३६ बर्षीय युवामा कोरोना पुष्टि भएको उनले जानकारी दिइन् ।
प्रतिस्ठानमा कोरोना भाइरस पोजेटिभ देखिएपछि क्रस चेकका लागि भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ नै देखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । संक्रमित दुबै केहिदिन पहिले भारतबाट फर्केका थिए । अहिलेअनीहरु दुबै लमहीको क्वारेन्टाइनमा रहेको जनाइएको छ ।