दाङ,२ जेठ । बाँकेमा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका आठ जनालाई उपचारका लागि दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पनतालमा ल्याउन थालिएको छ।
बाँकेको नरैनापुर गाउँपालिकामा रहेका ८ जना संक्रमितलाई लिएर एम्बुलेन्स दाङतिर हिँडेको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिएका छन।
रोजगारीको लागि भारत गएका संक्रमितहरु १२ दिन पहिले भारतबाट लखेटिएपछि नरैनापुर गाउँपालिका– १ कटकुइँयास्थित दशगजामा अलपत्र परेका थिए। अलपत्र परेका २१ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। त्यी मध्य ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरुलाई उपचारका लागि दाङको बेलझुण्डी स्थीति कोरोना विशेष अस्पतालमा ल्याउन थालिएको हो ।
संक्रमित सबै नरैनापुर गाउँपालिकाका बासिन्दा हुन्। संक्रमित हुनेमा १८ देखि ३६ वर्ष उमेर समूहका पुरुष रहेको गाउँपालिका अध्यक्ष शाहले जानकारी दिए। उनीहरुलाई प्रहरीको स्कटीङमा बेलझुण्डी ल्याउन थालिएको छ ।